प्रदेश राजधानी मुख्य चुनावी मुद्धा



सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ।

मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कांग्रेस तथा वाम गठबन्धन दुवै पक्षका उम्मेदवारले दिपायललाई प्रदेशको राजधानी बनाएरै छाड्ने एजेन्डा अघि सारेका हुन्। यति गर्न नसके प्रतिनिधिसभा र प्रदेशसभाबाटै राजीनामा दिने उद्घोषसमेत उम्मेदवारहरूले गरिरहेका खबर आजको कान्तिपुर दैनिकले लेखेको छ।

दिपायल सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम हो। यहाँ सबैजसो सरकारी निकायका क्षेत्रीय कार्यालय छन्। कांग्रेस र वाम गठबन्धनले मात्र होइन, यहाँका अरू दलका उम्मेदवारले समेत दिपायललाई प्रदेशको राजधानी बनाउने मुद्दा चर्काइरहेका छन्।

त्यसैगरी प्रमुख दलहरू प्रदेश नं. ६ को नाम कर्णाली राख्न र राजधानी सुर्खेत बनाउन तयार छन्। वर्षौंदेखि मध्यपश्चिम क्षेत्रीय सदरमुकाम रहेको सुर्खेतलाई नै राजधानी मान्न भने कर्णालीका जुम्ला, कालिकोट र मुगु सहमत छैनन्। विकल्पका रूपमा जुम्लालाई मौसमी राजधानी बनाउन उनीहरूको माग छ।

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 07:08:39


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पत्नी दुर्गा पौडेलका साथ मोहनबिक्रम सिंह

    दिल्लीले ओली र प्रचण्डलाई अलग्याउन खोजिरहेको छः मोहनबिक्रम सिंह

    दिल्लीले वामगठबन्धन फुटाउन प्रयास गरिरहेको चाल पाएपछि प्रचण्डजीलाई घरमै भेटेर भनेको छुः ‘तपाईंले जसरी एक भएर जुनाव जित्नुभयो यो खेर नजाओस्। देश...

  • सन्दीप लामिछाने

    आइपीएलको अक्सनमा सन्दीप लामिछाने

    नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग(आइपिएल)को अक्सनका लागि छनोटमा परेका छन्।

  • यी हुन् कफीबिनै निद्रा भगाउने दश उपाय

    निद्राबाट जोगिने सबैभन्दा सजिलो उपाय हो कफी। बिहान उठ्नेबित्तिकै ताजा महसुस गर्न सकिएन भने वा दिउँसो झुल्न मन लागिरह्यो भने हामी कफीको सहारा...

  • राज्याभिषेक गरेकै चौतारोमा ‘षड्यन्त्रकारी राजा’ द्रव्य शाहको शालिक

    गोरखामा धमाधम शाहवंशीय राजाहरुको सालिक ठड्याउन थालिएको छ। राजतन्त्रविरुद्ध चलेको आन्दोलनका क्रममाः ढालिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक...