वाढीले ६१ अर्ब नोक्सान



तराईमा यस वर्ष गएको वाढीले ६१ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। क्षतिग्रस्त संरचना निर्माण गर्न ७३ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार वाढीले १८ जिल्ला अति प्रभावित र ३५ जिल्ला कुनै न कुनै रुपमा प्रभावित भएका छन्। वाढीले सवैभन्दा ठूलो क्षति आबासमा परेको योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले बताएको खबर निरु अर्यालले आजको कारोबार दैनिकमा लेखेकी छन्।

संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (यूएनडिपी) र विश्व बैंकको प्राविधिक सहयोगमा अध्ययन गरिएको थियो। अध्ययन अनुसार १८ जिल्लामा मात्रै १७ लाख जनसंख्या वाढीबाट प्रभावित भएका छन्।

वाढीले आवासमा १९ अर्ब ५१ करोड, सिंचाईमा १७ अर्ब, पशु चौपायामा १० अर्ब, कृषिमा ७ अर्ब २१ करोड, यातायातमा २ अर्ब ९३ करोड, शिक्षामा १ अर्ब ९२ करोड, स्वास्थ्यमा ६ करोड, खानेपानीमा ८८ करोड, उर्जामा २२ करोड रुपैयाँ बराबरको क्षति भएको आयोगले जनाएको छ।

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 06:52:41

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...