मेट्रो रेलको डिपिआर बनाउने लगानी बोर्डको निर्णय



लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको खबर टेकराज थामीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको डिपिआर भने लगानी बोर्ड आफैँले गर्नेछ। दुवै प्रतिवेदन सार्वजनिक–निजी साझेदारीअन्तर्गत बुट प्रणालीमा अघि बढाइनेछ।

बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय चाँडै कार्यान्वयनमा आउने बताए। ‘उपत्यकामा मेट्रो रेल कुदाउने सपना पुरानै हो। यसअघि केही अध्ययन भएका थिए। विविध कारण थन्किए पनि अब यसले फेरि ब्युँझिने मौका पाएको छ। चाँडोभन्दा चाँडो बोर्डको निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने।

सिइओ अधिकारीले डिएफएस र डिपिआर तयारी मात्र नभई मेट्रो रेल निर्माण कार्य नै अघि बढाइने जानकारी दिए। ‘अहिले सम्भाव्यता र डिपिआर अध्ययनको जिम्मेवारी आएको छ । तयारी भएलगत्तै निर्माणको चरणमा प्रवेश गर्छौँ। त्यसका लागि आवश्यक लगानी जुटाउन सरकारलाई भनिनेछ, सँगै निजी क्षेत्रलाई आह्वान गरिनेछ,’ उनले भने।

उपत्यकामा मेट्रो रेल चलाउने उद्देश्यले कोरियन कम्पनीले सन् २०१२ मै सम्भाव्यता अध्ययन गरेको थियो । कम्पनीले ‘इलेक्ट्रिक फायर मेट्रो रेल’ चलाउन रेल विभागको संयोजकत्वमा अध्ययन गरेको थियो । त्यसवेला चक्रपथभित्र मात्रै लक्षित गरी मेट्रो रेल निर्माणको अध्ययन भएको थियो ।

बोर्डका अनुसार रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डसम्मको लम्बाइ ४५ किमि छ। सो खण्ड निर्माण गर्न झन्डै एक खर्ब २९ अर्ब लागत लाग्ने अनुमान गरिएको छ। त्यस्तै, रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसनसम्मको लम्बाइ करिब २५ किमि छ। यस खण्डको निर्माण लागत ७५ अर्बभन्दा बढी लाग्ने अनुमान छ।

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 06:35:06


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पत्नी दुर्गा पौडेलका साथ मोहनबिक्रम सिंह

    दिल्लीले ओली र प्रचण्डलाई अलग्याउन खोजिरहेको छः मोहनबिक्रम सिंह

    दिल्लीले वामगठबन्धन फुटाउन प्रयास गरिरहेको चाल पाएपछि प्रचण्डजीलाई घरमै भेटेर भनेको छुः ‘तपाईंले जसरी एक भएर जुनाव जित्नुभयो यो खेर नजाओस्। देश...

  • सन्दीप लामिछाने

    आइपीएलको अक्सनमा सन्दीप लामिछाने

    नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग(आइपिएल)को अक्सनका लागि छनोटमा परेका छन्।

  • यी हुन् कफीबिनै निद्रा भगाउने दश उपाय

    निद्राबाट जोगिने सबैभन्दा सजिलो उपाय हो कफी। बिहान उठ्नेबित्तिकै ताजा महसुस गर्न सकिएन भने वा दिउँसो झुल्न मन लागिरह्यो भने हामी कफीको सहारा...

  • राज्याभिषेक गरेकै चौतारोमा ‘षड्यन्त्रकारी राजा’ द्रव्य शाहको शालिक

    गोरखामा धमाधम शाहवंशीय राजाहरुको सालिक ठड्याउन थालिएको छ। राजतन्त्रविरुद्ध चलेको आन्दोलनका क्रममाः ढालिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक...