चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन सुरु




चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (कांग्रेस) बुधबार बिहान सुरु भएको छ। उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु हुने तय भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ।

चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार सो सम्मेलनको सबै तयारीहरु पूरा भएको छ। ग्रेट हल अफ दि पिपुल विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको छ।

अाज बिहान हुने उक्त सम्मेलनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गर्ने भएका छन्।

उक्त प्रशारणहरु रेडियो टेलिभिजनहरुका अतिरिक्त विभिन्न वेभसाइट र अनलाइन पोर्टलहरुमा पनि हेर्न सकिने बताइएको छ।

उक्त कांग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि छानिएका छन्। उनीहरुमध्ये अधिकांश आज नै बेइजिङ आइपुग्दैछन्।

चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच बर्षमा बस्नेगर्छ। नेशनल कांग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय हो। यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ।

यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ। रासस/सिन्ह्वा

प्रकाशित १ कार्तिक २०७४, बुधबार | 2017-10-18 09:04:30



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • गृहमन्त्री रामबहादुर थापा

    सुन तस्करीमा संलग्न पाइए प्रहरी अधिकारी नै पक्राउ पर्छन्ः गृहमन्त्री (भिडियो)

    गृहमन्त्री रामबहादुर थापाले एउटा घटनाबाट सुरु भएको सुन तस्करीको अनुसन्धानमा ठूलो तह र अधिकारीहरुको संलग्नता पुष्टि हुँदै गएको बताएका छन्।

  • सीताराम यचुरी

    यचुरी महासचिव बन्दा मोदीलाई थप दबाब

    अर्को वर्ष हुन लागेको लोकसभा निर्वाचन भारतीय राष्ट्रिय कांग्रेसका लागि मात्र होइन, कम्युनिस्टका लागि पनि जीवन मरणको सवाल भएको छ। भलै उनीहरुले सत्ता...

  • ओली र प्रचण्ड मुस्कुराउँदै आए, एकताको आशंका मेटाएर गए

    त्यो हल्ला एकैछिनमा नारावाजीमा परिणत भयो। नारा लगाउनेहरु कराउन थाले, ‘मार्क्स र लेनिनबिनाको तस्वीर हटाउनु पर्छ, त्यस्तो ब्यानर हामी मान्दैनौं।’

  • नेपाली माैलिक परिकार

    नेपालका ३० परिकार हुँदैछन् विश्वव्यापी

    नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न ३० वटा मौलिक परिकार छनौट गरिएको छ।