काठमाडौंका भुस्याहा कुकुर विदेशमा !


Infocus



उपचारपछि विदेशमा पुगेका कुकुर
उपचारपछि विदेशमा पुगेका कुकुर
तस्बिर सौजन्य : ऋतु थापा

यमपञ्चकको दोस्रो दिन बुधबार कुकुर तिहार। यस दिन घरघरमा पालिएका कुकुरको पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ। सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन।

NIC ASIA

अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन। उनीहरू सबैका लागि आँखाको कसिंगरसरह हुन्छन्। तर, यस्तै केही कुकुर भने स्वस्थ भएर जेट विमान चढी विदेश पुग्ने गरेको खबर आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन्। नेपाली सडकमा रहेका केही कुकुर क्यानडा, अमेरिका, जर्मनीलगायतका देशमा पुगिसकेका छन्।

बेवारिसे कुकुरलाई युरोप, अमेरिका पु¥याउने काममा विदेशी र नेपाली महिलाको संयुक्त टोली खटिएको छ। टोलीमा तीनजना छन्। ‘अहिलेसम्म करिब दुई दर्जन कुकुर विदेश पुर्याइसकिएको छ भने डेढ दर्जनलाई पठाउने तयारी छ,’ टोलीकी सदस्य ऋतु थापाले जानकारी दिइन्।

अघिल्लो वर्ष जर्मन नागरिक डेनिला ड्रिस नेपाल घुम्न आएकी थिइन्। त्यही बेला उनले काठमाडौंका सडकमा कुकुरको बिजोग देखिन् अनि तिनका लागि केही गर्ने सोच बनाइन्। उनको भेट पोल्यान्डकी जुलिया क्रेप्स र नेपालकी ऋतु थापासँग भयो र कुकुरको उद्धार गर्ने योजना बन्यो। अनि उनीहरु सडकका कुकुरलाई विदेश पठाउने काममा लागे।

उनीहरूको टोलीले सुरुमा सडकका कुकुरको उपचार गरेर कुकुर पाल्न चाहने नेपाली परिवारलाई जिम्मा दिने अभियान थाल्यो । ‘हामीले जिम्मा लगायौं तर पाल्ने जिम्मा लिएका परिवारले राम्रोसँग कुकुरको हेरचाह गरेको पाइएन,’ जुलियाले  भनिन्, ‘त्यसपछि मात्र हामीले विदेश पठाउने विकल्प सोचेका हौं ।’

कुकुरको उपचारका लागि एनिमल नेपाल र कम्युनिटी डग वेलफेयर भन्ने संस्थाले साथ दिएका छन्। उनीहरुले कुुकुर स्वस्थ भएपछि तस्बिर र भिडियो फेसबुकमा राख्छन्। उनीहरुले ‘डन्ट प्यानिक नेपाली डग, वी विल फाइन्ड अ होम’ नामको फेसबुक समूह बनाएका छन्। सोही समूहमार्फत कुकुर पाल्न चाहने इच्छुक परिवार सम्पर्कमा आउँछन्।

प्रकाशित १ कार्तिक २०७४, बुधबार | 2017-10-18 08:33:09
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...