को बन्ला नयाँ मुख्यसचिव ?




आगामी साताभित्रै नयाँ मुख्यसचिवको नियुक्ति हुने भएको छ। साढे तीन महिनाको कार्यकाल सकेर मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त हुँदै छन्। २९ असारमा मुख्यसचिव नियुक्त क्षेत्री सेवानिवृत्त हुनुअगावै सरकारले तिहारलगत्तै ३ वर्षका लागि नयाँ मुख्यसचिव नियुक्तिको गृहकार्य थालेको छ।

NIC ASIA

३ जना वरिष्ठ सचिव मुख्यसचिवको दौडमा छन्। कार्यरत ५० जनाभन्दा धेरै सचिवमध्ये ज्येष्ठता र कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, गृहसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै सचिव ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिव बन्ने दौडमा छन्।यो खबर आजको अन्नपूर्ण पोष्टमा सागर पण्डितले लेखेका छन्।

प्रतिस्पर्धामा रहेका सचिवले मुख्यसचिवमा आफ्नो दाबी प्रस्तुत गर्दै योग्यता र दक्षता प्रदर्शन हुने गरी कार्ययोजनासमेत बनाउन थालेका छन्। उनीहरू एकअर्कामाथि आरोप/प्रत्यारोप नगरी दाबी मात्रै प्रस्तुत गरिरहेकोलाई सकारात्मक रूपमा लिइएको छ। मुख्यसचिव सरकारको कर्मचारीतन्त्रको सबैभन्दा माथिल्लो पद हो। मुख्यसचिवका प्रमुख दावेदार मानिएका तीनै जना सचिव विभिन्न राजनीतिक नेतृत्वमार्फत आफूअनुकूल स्थिति सिर्जना गर्न दबाब दिइरहेको स्रोतले जानकारी दिएको छ।

गृहसचिव रेग्मी मुख्यसचिवको दौडमा अरूभन्दा अगाडि देखिएका छन्। उनी प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिएकाले सम्भवतः प्रधानमन्त्रीले उनलाई नै मुख्यसचिव नियुक्त गर्ने अन्तिम तयारी गरेको उच्च स्रोतको दाबी छ। प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणासँग सिधा सम्पर्क रहेकाले पनि रेग्मी नै मुख्यसचिव हुने सम्भावना बढेको बताइन्छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय अधिकारी र उपाध्याय पनि दौडमा रेग्मीको पछाडि छन्। दुवैले मुख्यसचिव भए गर्ने कामका स्पष्ट योजना र कार्यक्रम तयार पारेर मुख्यसचिवको दौडमा आफूलाई कायमै राखेका छन्। प्रधानमन्त्री देउवासँग दुवै सचिवको सिधा सम्पर्क भने छैन। तर, दुवै जनाले विभिन्न स्रोत र विभिन्न मन्त्रीमार्फत मुख्यसचिवका लागि लबिङ जारी राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।


मुख्यसचिवको दौडमा अगाडि देखिएका गृहसचिव रेग्मीले आफूलाई दिइने सबै जिम्मेवारी र काम प्रतिबद्ध भई इमानदारीपूर्वक सम्पन्न गर्नु नै आफ्नो मुख्य कार्ययोजना रहेको बताए।

प्रकाशित १ कार्तिक २०७४, बुधबार | 2017-10-18 08:08:31
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...