किन रोकिए माओवादी मन्त्री ?




सामूहिक राजिनामा दिने मुड बनाएका माओवादी केन्द्रका मन्त्रीहरु किन एकाएक रोकिए ? मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासामू राजिनामाको टुंगो लगाएका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीचैमा निर्णय फेरबदल गरेपछि सबैको मनमा जिज्ञासा उठेको छ।

NIC ASIA

त्यसको मुख्य कारक वाम गठबन्धनले चुनावको अनिश्चयलाई बनाएको छ। सर्वोच्च अदालतमा विचाराधिन मतपत्रसम्बन्धी एक मुद्दामा चुनावको प्रतिकुल निर्णय आए चुनाव सार्न देउवा सरकारलाई सहज हुने निष्कर्ष गठबन्धनको छ। यो खबर आजको कान्तिपुर दैनिकमा बालकृष्ण बस्नेतले लेखेका छन्।

देउवा–दाहाल भेटमा माओवादीका तर्फबाट सरकारमा सहभागी ९ मन्त्री र ८ राज्यमन्त्रीलाई राजिनामा दिलाउने समझदारी बनेको थियो। ‘निकै खुशी मुडमै दाहाल देखिन्थे। तर, २ घण्टा नबित्दै उनले देउवालाई फोन गरेर आफ्ना मन्त्रीहरुले राजिनामा नदिने जानकारी दिएपछि प्रधानमन्त्री ज्यू स्वयं अचम्म पर्नुभएको थियो’, देउवा सचिवालयका एक सदस्यले दिउसभरको राजनीतिक फेरबदल सुनाउँदै भने ।

दाहाल बालुवाटारबाट सिंहदरबार फर्किइ संसदीय दलको बैठकमा मन्त्रीहरुको राजिनामा गराउने निर्णय गराउदै थिए। त्यहीबीचमा सर्वोच्चबाट मतपत्र सम्बन्धी विवादमा टेकेर चुनाव प्रभावित हुन सक्ने निर्णय आउने सूचना पुग्यो। त्यस्तो निर्णय भए निर्वाचन आयोगले समेत तोकिएको मितिमा चुनाव गर्न नसक्ने अवस्था आउने उक्त बैठकमा सांसदहरुले उठाएका थिए। केही सांसदहरु भने पार्टीले गठबन्धन फेरेपछि सरकारमा बस्न नहुने तर्क गरिरहेका थिए। उता सर्वोच्चको सम्भावित निर्णयबारे उस्तै सूचना प्रमुख दल एमालेका नेताहरुलाई पनि पुगेको थियो।

‘सर्वोच्चको आदेशमा टेकेर चुनाव सार्ने खेल हुन सक्ने भनेपछि हामीले निर्णय परिवर्तन गर्‍र्यौं’, माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले कान्तिपुरसँग भनिन्। उनका अनुसार यो विषयमा गठबन्धनको प्रमुख साझेदार दल एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरुसँग दाहालको छलफल चलेको थियो। दुवै दलको निष्कर्ष कुनै पनि बहानामा मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अनिश्चय हुन नदिने भन्ने थियो। त्यसका लागि मन्त्रिपरिषदमा भएका मन्त्रीहरुलाई राजिनामा दिलाउनु प्रत्युत्पादक निर्णय हुन सक्थ्यो।

मंगलबार दिउसो नै एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहालसहित वाम गठबन्धनका मुख्य नेताहरुको बैठक बसेको थियो। त्यसमा मुख्य छलफल सरकारमा रहेका मन्त्रीहरुकै विषयमा भएको एमालेका एक नेताले जानकारी दिए । ‘मन्त्री फिर्ता गर्ने निर्णय गर्नु उपर्युक्त नहुने सुझाव हाम्रो पार्टीको तर्फबाट माओवादी केन्द्रलाई गएको थियो। सोही कारण बालुवाटारमा विहान हतारमा भएको निर्णय पछि पुनर्विचार भएको हो’, ती नेताले भने।

राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र बेग्लाबेग्लै हुनुपर्नेतर्क सहित सर्वोच्चमा रिट हालेका थिए । उक्त रिटमाथि मंगलबार सर्वोच्चमा सुनुवाई भएको थियो । सम्भवतस् बुधवार सुनुवाई पूरा भई निर्णय हुनेछ।

यी कारणले माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुलाई तत्काल राजिनामाबाट रोकि आउदो कात्तिक ५ गतेसम्म सरकारमा राख्ने रणनीति लिएको छ। प्रत्यक्ष निर्वाचन तर्फ उम्मेदवारको मनोनयन हुने दिन भएकाले त्यतिबेला सम्म सरकारमै बस्ने माओवादी स्रोतको दावी छ।

 

प्रकाशित १ कार्तिक २०७४, बुधबार | 2017-10-18 07:37:08
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...