पूर्वसैनिकलाई थुनेर प्रहरीले घुस मागे पछि...


Infocus



बर्दीको आडमा सजिलै पैसा कमाउन खोज्ने प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह यतिबेला अख्तियारको हिरासतमा छन्।

NIC ASIA

आर्थिक लेनदेनको झूटो व्यहोरा देखाएर जबर्जस्ती पीडित खडा गरी एक पूर्वसैनिक हवल्दारबाट पाँच लाख घुस लिएको प्रमाणसहित उनीहरू पक्राउ परेको खबर आजको अन्नपूर्ण पोष्टमा सुवास गोतामेले लेखेका छन्। धनकुटा घर भई हाल काठमाडौं टोखा बस्दै आएका नेपाली सेनाका अवकाशप्राप्त हवल्दार गंगा देवानलाई झूटो मुद्दा खडा गरेर १५ देखि २० लाख रुपैयाँ असुल्ने दाउमा थिए भाट र शाह।

देवानकी पत्नी विनिताले आफूसँग घुस मागेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएपछि भाट र शाहको योजना चकनाचुर मात्रै भएन उनीहरू सेवाबाट बर्खास्तीको मुखमा पुगेका छन्। अख्तियारले भाट, शाह, बालुवा डिपो प्रमुख थापा र बालाजु वृत्तका प्रमुख नवीनकृष्ण भण्डारीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ।

प्रकाशित १ कार्तिक २०७४, बुधबार | 2017-10-18 07:21:33
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...