रानीपोखरीको नक्सा नै गलत



रानीपोखरी
रानीपोखरी

साढे दुई वर्षअघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेला परेको छ। काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर रानीपोखरीको नक्सा ‘ड्रइङ एन्ड डिजाइन’ तयार गरेको थियो।

पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषयमा अन्योल भएपछि रानीपोखरी निर्माण वर्ष दिनदेखि अलपत्र बन्न पुगेको छ।यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नक्सामा त्रुटि देखिएपछि निर्माण कार्य अलपत्र बनेको बताए। ‘रानीपोखरीको नक्सा हामीले नै बनाएका हौँ। तर, पछि त्रुटिपूर्ण देखियो। पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषय अझै टुंगो लागेको छैन, यही कारण निर्माण कार्य रोकिएको हो,’ उनले भने।

महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीको नेतृत्वमा रानीपोखरीको नक्सा तयार गरिएको थियो। तयार नक्सा त्रुुटिपूर्ण रहेको तथ्य त्यतिवेला पत्ता लाग्यो, जतिवेला पानी सुकाएर रानीपोखरी पूर्णरूपमा भत्काइसकिएको थियो। महानगरपालिकाका अनुसार इन्जिनियरले रानीपोखरीको आकर्षक नक्सा निर्माण गर्यो।

पोखरीवरिपरि मनोरम गार्डेन रहेन भनी नक्सामा उतारियो। पोखरीभित्र म्युजिकल फाउन्टेनसमेत बनाउने भनियो। तर, पोखरीमा पानी अड्याउने विषयतर्फ इन्जिनियरको ध्यान नै गएन। पोखरीमा पानी अड्याउने विषय नै समावेश नभएपछि रानीपोखरीको नक्सामा त्रुटि भेटिएको हो। ‘नक्सा ठीक नभएको पछि मात्रै थाहा भयो। प्राविधिकले पहिले नै यति विषय त सोच्नुपर्ने हो, तर सोचेको देखिएन। गल्ती यहीँ भएको छ,’ उनले भने।

 

प्रकाशित १ कार्तिक २०७४, बुधबार | 2017-10-18 07:12:35


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पत्नी दुर्गा पौडेलका साथ मोहनबिक्रम सिंह

    दिल्लीले ओली र प्रचण्डलाई अलग्याउन खोजिरहेको छः मोहनबिक्रम सिंह

    दिल्लीले वामगठबन्धन फुटाउन प्रयास गरिरहेको चाल पाएपछि प्रचण्डजीलाई घरमै भेटेर भनेको छुः ‘तपाईंले जसरी एक भएर जुनाव जित्नुभयो यो खेर नजाओस्। देश...

  • सन्दीप लामिछाने

    आइपीएलको अक्सनमा सन्दीप लामिछाने

    नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग(आइपिएल)को अक्सनका लागि छनोटमा परेका छन्।

  • यी हुन् कफीबिनै निद्रा भगाउने दश उपाय

    निद्राबाट जोगिने सबैभन्दा सजिलो उपाय हो कफी। बिहान उठ्नेबित्तिकै ताजा महसुस गर्न सकिएन भने वा दिउँसो झुल्न मन लागिरह्यो भने हामी कफीको सहारा...

  • राज्याभिषेक गरेकै चौतारोमा ‘षड्यन्त्रकारी राजा’ द्रव्य शाहको शालिक

    गोरखामा धमाधम शाहवंशीय राजाहरुको सालिक ठड्याउन थालिएको छ। राजतन्त्रविरुद्ध चलेको आन्दोलनका क्रममाः ढालिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक...