चिकित्सा शिक्षा विधेयक पारित हुनेमा शंका



गोविन्द केसी (फाइल तस्विर)
गोविन्द केसी (फाइल तस्विर)
-

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले उठाएका विषय समेट्न प्रमुख प्रतिपक्षी एमाले र सत्ता साझेदार दल माओवादी केन्द्र तयार नभएपछि विधेयक पारित हुनेमा शंका उब्जिएको छ।

पटकपटक कार्यसूचिमा परेर पनि डा. केसीसँग भएको सम्झौता र केदारभक्त माथेमा कार्यदलको सिफारिस विधेयकमा समेट्न अन्ततः कांग्रेस तयार भए पनि अन्य प्रमुख दुई दल तयार नभएको खबर दिपक दहालले आजको नागरिक दैनिकमा लेखेका छन्।

विगतमा सत्ता साझेदार माओवादी दबाबलाई मिलाएर जाने पक्षमा देखिएको कांग्रेस पछिल्लोपटक कम्युनिष्ट गठबन्धन बनेसँगै केसीको माग समेट्ने पक्षमा उभिएको हो। शिक्षामन्त्री गोपालमान श्रेष्ठले बुधबार केसीका माग समेट्ने गरी आएका संशोधन स्वीकार गर्न सरकार तयार भएको जानकारी संसदमा गराएका छन्।

माथेमा प्रतिवेदन र आफूसँग भएका सम्झौतासमेट समेटेर तत्काल चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने प्रमुख माग सहित डा. गोविन्द केसी १३ औं पटक छैटौं अनसनमा छन।

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 08:47:07

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सी जिनफिङ र शेरबहादुर देउवा

    सीलाई देउवाको सन्देशः चीनलाई अझै समृद्धिको उचाईमा पुर्‍याउनु

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासचिव सी जिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नयाँ...

  • मोहनविक्रम पत्नी दुर्गा प्यूठानमा साझा वाम उम्मेदवार, राष्ट्रिय जनमोर्चा मिसियो गठबन्धनमा

    एमाले र माओवादी केन्द्र एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान राष्ट्रिय जनमोर्चालाई छाड्न सहमत भएका छन्। यो सहमतिसँगै सोही जिल्लाबाट नेकपा (मसाल)...

  • चिनियाँ विद्यार्थीलाई सँस्कृत पढाउँदै काशीनाथ न्यौपाने

    चिनियाँ विश्वविद्यालयमा सँस्कृत पढाउँदै नेपाली गुरू

    पश्चिम चीनको कान्सु प्रान्तमा सँस्कृत भाषा पढाई सुरू भएको छ। कान्सु प्रान्तको सदरमुकाम लाञ्चौस्थित नर्थवेष्ट जातीय विश्वविद्यालयमा करीब २०० जना...

  • सी जिनपिङका सम्भावित उत्तराधिकारी हु चुनहुवा

    ‘हु चुनहुआ तोकिन सक्छन् सीको उत्तराधिकारी’

    यही महाधिवेसनमा सीले आफ्नो उत्तराधिकारी नतोक्न पनि सक्छन्। ५०–५० सम्भावना छ। मलाई लाग्छ, सीको उत्तराधिकारी हुने सबैभन्दा बढी सम्भावना भएका व्यक्ति...