निर्माण व्यवसायीलाई लगातार आउँछन गुण्डाका धम्की




नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिनेगरी तारन्तार फोन आयो। महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाए र सोधे, ‘हलो, को बोल्नुभयो ?’

NIC ASIA

उताबाट भनेको उनले पुरै बुझ्न सकेनन्। ‘तेरो अध्यक्ष’ भन्ने शब्दमात्रै सुने। फोन काटियो। बेलुका ७ बजे घर पुग्दा उनको मोबाइलमा नम्बर नदेखिएको दुईटा मिस कल थियो। ‘बारम्बार फोन आइरहेको थियो, एक कलमात्र उठाउन सकें,’ देउजाले भने, ‘लबज मंगोलियन भए पनि त्यत्ति प्रस्ट सुनिएन।’

सोमबार दिउँसो बानेश्वर खरीबोटनजिकै घरबाट अनामनगरमा रहेको महासंघको कार्यालय हिँडेका गौचनको गोली हानेर हत्या भएपछि निर्माण व्यवसायीलाई तारन्तार फोन कल आइरहेको छ। बुधबारसम्म महासंघमा १० जना व्यवसायीले आफूलाई धम्की आएको जानकारी गराइसकेको खबर आजको नागरिक दैनिकमा केपी ढुंगानाले लेखेका छन्।

महासंघका प्रवक्ता विष्णु बुढाथोकीका अनुसार महासंघका पूर्वअध्यक्ष जिपछिरिङ लामा, महासचिव देउजा, कोषाध्यक्ष रोशन दाहाललगायतलाई तारन्तार धम्की आएपछि जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार सबैले सुरक्षाका लागि प्रहरी लिएका छन्।

महासचिव देउजाले महासंघमा १० जनाले जानकारी गराए पनि २० भन्दा बढी निर्माण व्यवसायीलाई धम्क्याउँदै फोन आएको बताए। ‘हामीले भनेको मानिनस् भने तेरो अध्यक्षको हालत जे भएको छ तेरो हालत पनि त्यही हुन्छ, पैसा लिएर हामीले भनेको ठाउँमा आउनू’ भन्दै फोन आउने गरेको उनले जानकारी दिए।

व्यवसायीले महासंघमा दिएको जानकारीअनुसार फोन गर्नेले एक करोड रुपैयाँसम्म माग्ने गरेका छन्। फोन गरेको विषय कसैलाई जानकारी गराए गौचनकै हालत बनाइदिने भन्दै धम्क्याउने गरेका छन्। लबजका आधारमा अधिकांश व्यवसायीलाई फोन गर्ने व्यक्ति एउटै छ।

गौचनको हत्या भएको दिन आफूलाई लोप्साङ लामा बताउने व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकसहित केही सञ्चारकर्मीलाई समेत फोन गरेर गौचनको हत्या आफूले गराएको दाबी गरेका थिए ।
फोनकर्ताले वैशाखमा गौरीघाटमा गोली लागेर घाइते ‘गुन्डा’ दावा लामालाई समेत आफैंले गोली हानेको दाबी गर्ने गरेका छन्। दावामाथी गोली प्रहार भएपछि पनि लोप्साङ नाम गरेका व्यक्तिले फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए ।

व्यवसायी, प्रहरी र सञ्चारकर्मीलाई आएको फोनको आधारमा स्थान पहिल्याउँदा सबै कल भारतबाट आएको देखिएको अनुसन्धान सम्बद्ध स्रोतले बतायो।

सबै कल इन्टरनेटमार्फत आएको थियो। सबै फोन नेपाल टेलिकमको मोबाइलमा आएको र फोनको आइपी पहिल्याउँदा भारतको टाटा टेलिकमको देखिएको स्रोतले बतायो।

जानकार अधिकारीका अनुसार नेपाल टेलिकमले टाटा कम्पनीसँग सम्झौता गरेकाले इन्टरनेट फोन आउँदा उसको गेटवे प्रयोग भएको देखिएको हो।

फोन प्रयोगकर्ताले अन्य इन्टरनेट सेवा प्रदायक र टेलिफोन सेवा प्रदायकको सिम प्रयोग गरे पनि नेपाल टेलिकमको ग्राहककोमा आउँदा टाटाकै देखिने जानकार अधिकारीले बताए।

भारतीय सेवा प्रदायककोमा भने सो फोन कुन इन्टरनेट सेवा प्रदायक वा कुन सिमबाट आएको हो, सो खुलाउनसक्ने भएकाले अनुसन्धानका लागि गठित समितिका अधिकारीले विवरण संकलन गर्न भारतीय सुरक्षा अधिकारीको सहयोग मागेका छन्।

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 08:30:39
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...

  • छिङ्हाइ–तिब्बत रेल

    अझै कति टाढा छ चिनियाँ रेल?

    चिनियाँ रेल नेपालमा गुडाउनका लागि नेपालले एउटा काम चाहिं हतारोमा गर्नुपर्छ, त्यो हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः अर्का हुण्डी कारोबारी इम्तियाज अली पक्राउ

    तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन्।

  • नेपालमा वर्षिक १० लाख मेट्रिकटन धान आयात, सरकार भन्छ: भात मात्र खाना होइन

    नेपालको प्रमुख बाली धानको रोपार्इ सुरु भएसँगै नेपालमा धानसँग सम्बन्धित तितो तथ्यांक सार्वजनिक भएको छ। ९० प्रतिशतले नेपाली किसानले धान खेती गर्ने...