लोकतन्त्र जोगाउन संविधान मिचेको पूर्वराष्ट्रपति यादवको स्विकारोक्ति



रामवरण यादव
रामवरण यादव

प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र जोगाउन आफूले अन्तरिम संविधान मिचेको स्वीकार गरेका छन्। गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षका रूपमा सात वर्ष शीतल निवासमा बिताएका यादवले निवृत्त भएको झन्डै दुई वर्षपछि यस्तो स्वीकार गरे। यो खबर वसन्त बस्नेतले आजको अन्नपूर्णमा लेखेका छन्।

'लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि मैले संविधानलाई (इन्क्रोच) हस्तक्षेप गरेकै हुँ। मैले त्यो नगरेको भए देशको राजनीतिक कोर्स नै अलग बाटोमा जान्थ्यो', उनले दाबीका साथ भने, 'तर, त्यो बुझेर गरिएको निर्णय थियो। किनभने, देशमा दुईवटा सेना थिए। सेनालाई कार्यकारी प्रधानमन्त्रीले चलाउने संवैधानिक व्यवस्था भए पनि शिविरका माओवादी लडाकुको व्यवस्थापन भइसकेपछि मात्रै प्रधानमन्त्री प्रचण्डले फुल फङ्सन गर्न सक्नुहुन्थ्यो।'

आफूले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री रामबहादुर थापालाई सेनापति रुक्मांगद कटवाल प्रकरणमा हात हाल्नुपहिले दुईवटा सेनाको समस्या समाधान गर्न स्पष्ट भनेको यादवको भनाइ छ। आफूले त्यस बेला चारपटक प्रधानमन्त्री कार्यालयमा स्मरणपत्रसमेत पठाएको उनले सुनाए। तर, उनले भारतीय प्रभावमा परी निर्णय लिएको भनी लाग्दै आएको आरोप भने सकारेनन्। अनि, संविधान मिच्ने आफ्नो निर्णयप्रति कुनै पछुतो नभएको प्रस्ट पार्दै भने, 'माओवादीको कदम सफल भएको भए गणतन्त्र त रहन्थ्यो तर मुलुक एकदलीय जनवादी गणतन्त्रतिर जान्थ्यो।

मैले प्रचण्डलाई भनेको थिएँ- गणतन्त्रका लागि तपार्इं लड्नुभयो, राष्ट्रपति म भएँ। अब तपाईंभन्दा बढी गणतन्त्रवादी म भएँ। गिरिजाप्रसाद कोइराला र तपाईंको निर्णयपछि संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रसम्म आएको मलाई जनवादी गणतन्त्रतिर लैजाने हो भने तपाईं र मेरो बाटो अलग हुन्छ।'

दाहाल र तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईका पछिल्ला टिप्पणी सुनेपछि सेनाको विषयमा आवश्यक गृहकार्य भित्र-भित्रै गर्न थालेको उनले खुलासा गरे। आफूले कटवाललाई राजीनामा नगर्न निर्देशन दिएको पनि उनले सुनाए। २०६४ चैतको पहिलो संविधानसभा निर्वाचनमा पहिलो ठूलो दल बनेको माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले कटवाल हटाएर कुलबहादुर खड्कालाई सेनापति बनाउने निर्णय गर्दा यादवले थमौती गरेपछि दाहालले प्रधानमन्त्रीको कुर्सी त्यागेका थिए। त्यसपछि माओवादीले सेनाको विषयलाई लिएर नागरिक सर्वोच्चताको मुद्दा चर्काएको थियो। दाहालले भारतबाट यो सब गरिएको भन्दै 'नोकरसँग नभई मालिकसँग वार्ता गर्ने' चेतावनी दिएका थिए।

कांग्रेस र एमाले नेतृत्वले आफूलाई बुझ्न नसकेको दुखेसो गर्दै यादवले दुई पार्टीलाई 'भूराजनीतिको भूत'ले लखेटिरहेको आरोपसमेत लगाए। खिलराज रेग्मीलाई प्रधानन्यायाधीशमा कायमै राखेर कार्यकारी प्रमुख बनाउनु आफ्नो भूल रहेको उल्लेख गर्दै उनले सुनाए, 'खिलराज ल्याउने निर्णयले अहिले पनि मलाई घोचिरहन्छ।'

रेग्मीलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्ष बनाउने प्रस्ताव माओवादीको भए पनि त्यसमा 'अरू'को हात रहेको जिकिर गरे। 'ती अरू को हुन्' भन्ने प्रश्नमा भारतको नाम नलिई भने, 'त्यो भूराजनीतिको खेल थियो।'

रेग्मीलाई शपथग्रहण गराउनुअघिसम्म कार्यपालिका प्रमुख र न्यायपालिका प्रमुखमा एक व्यक्ति रहनु शक्ति पृथकीकरणको मान्यताविरुद्ध हुने भएकाले प्रधानन्यायाधीशबाट राजीनामा गर्न आफूले आग्रह गरे पनि रेग्मीले नमान्नुका पछाडि भारतकै हात रहेको उनले प्रस्ट संकेत गरे। संविधानसभाबाट संविधान बनाउने म्यान्डेट जनआन्दोलनको भएकाले आफू बाध्य भएर रेग्मीलाई नियुक्त गरेको उनको स्विकारोक्ति थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई ल्याउनमा पनि तिनै 'अरू'को हात रहेको उनले खुलाए। कार्कीलाई ल्याउने प्रस्ताव रेग्मीको भए पनि कांग्रेसबाट पनि सोही चाहना आएको उनले खुलासा गरे। आफूले राजनीतिक जीवन बिताएको कांग्रेसले नै आफूलाई कमजोर पार्न भूमिका खेलेको उनको आरोप छ।

यादवले चुरे संरक्षणमा पर्याप्त ध्यान नदिँदा तराई डुबानमा परेको भन्दै चिन्ता व्यक्त गरे। उनले नेपाल-भारत सीमा क्षेत्रका बाँधहरूले नेपालमा पारेको असरबारे दुई देशले तत्काल संवादको पहल गर्नुपर्ने बताए। प्रोस्ट्रेट क्यान्सरको उपचारपछि एकान्तवासमा रहेका प्रथम राष्ट्रपति यादवले संविधान जारी गर्ने बेला दलहरूले गल्ती गरेको उल्लेख गर्दै त्यसमा आफ्नो चित्त नबुझेको बताए।

चरणबद्ध निर्वाचनले संविधान कार्यान्वयन हुने दिशामा अघि बढेकोमा भने उनमा सन्तोष देखिन्थ्यो। 'मधेसको समस्या समाधान नभई संविधान ल्याएको मलाई चित्त बुझेको थिएन। प्राविधिक ढंगले ९० प्रतिशतले समस्या समाधान भएको देखिन्छ तर राजनीतिक रूपमा समाधान भइरहेको थिएन', उनले भने, 'चित्त नबुझे पनि म संवैधानिक प्रक्रियाबाट अघि बढें। किनकि, तीन ठूला दल एक ठाउँमा आइसकेका थिए। सत्ताको दौडले उनीहरू चुके।'

प्रकाशित २ भदौ २०७४, शुक्रबार | 2017-08-18 09:02:12

प्रतिकृया दिनुहोस

Loading...
  • विप्लवका खोज्न खटियो प्रहरी

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भाँड्न दैनिक बम विस्फोट गराउँदा पनि सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका...

  • घट्दैछन् महिला मतदाता

    जनसंख्या बढी भए पनि पछिल्ला निर्वाचनमा महिला मतदाताको संख्या घट्दै गएको छ। ०७० सालको संविधानसभा निर्वाचनको तुलनामा स्थानीय निर्वाचन र आसन्न...

  • चुनाव बिथोल्न खोज्नेलाई जेल हालिन्छः प्रधानमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएर संविधान कार्यान्वयन गर्नु सरकारको प्रमुख दायित्व रहेको औंल्याउँदै सुरक्षाका सबै उपाय अवलम्बन गरी...

  • शीर्ष नेताका स्थानीय एजेन्डा

    देशको नेतृत्व गर्ने शीर्ष नेताहरुको प्राथमिकतामा आफ्नो निर्वाचन क्षेत्रका स्थानीय एजेन्डा पनि परेका छन्।

  • मतदाता अझै अन्योलमा

    सही तरिकाले मतदान कसरी गर्ने भन्ने विषयमा आम मतदाताको चासो वढी देखिएको छ। निर्वाचन आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा सबैभन्दा बढी जिज्ञासा...

  • शान्तिसम्झौताको ११ वर्षः प्रतिवद्धता अनुसार काम भएन

    सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको मंगलबार ११ वर्ष पूरा भएको छ। ५ मंसिर ०६३ मा मा दुई पक्षबीच सम्झौता भएको थियो।...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रत्यक्षतर्फ ९० सिट जित्ने लोकतान्त्रिक गठबन्धनको दावी

    मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आफूले जित्ने सिट संख्याबारे दाबी गर्न थालेका छन्। कांग्रेसको नेतृत्वमा...

  • रोहित, अनिल र अासिफ

    यी हुन् राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने युवा खेलाडीहरु

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत डिसेम्बरमा हुने युएई विरुद्धको खेलको तयारीका लागि यसअघि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुकाे नाम...

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...