बाढी-पहिरोले ८ अर्ब ११ करोडको बालीनाली क्षति



बाढीपहिरोका कारण ३१ जिल्लामा ८ अर्ब ११ करोड रकम बराबरको बालीनालीे क्षति भएको छ। प्राकृतिक प्रकोपले मुलुकभरका २ लाख ७२ हजार ६३० हेक्टरमा लगाइएको कृषि उपज प्रभावित भएको छ भने ७८ हजार ५ सय हेक्टरको बालीनाली क्षति भएको कृषि विकास मन्त्रालयको प्रारम्भिक तथ्यांक छ। विस्तृत अध्ययन भइरहेकाले क्षतिको विवरण अझै बढ्नसक्ने अनुमान मन्त्रालयको छ।

अार्थिक पत्रिका कारोबारमा पत्रकार किरण आचार्यले लेखेका छन्ः

मन्त्रालयका अनुसार ४७ हजार २ सय २६ हेक्टरको धानबाली नष्ट हुँदा ३ अर्ब १८ करोड ३० लाख रूपैयाँ बराबरको क्षति भएको छ। “सबैभन्दा बढी क्षति धानबालीमा भएको छ, तर यो क्षति कुल धानबालीको २० प्रतिशत मात्र हो,” मन्त्रालयका प्रवक्ता डा. योगेन्द्रकुमार कार्कीले भने, “अहिलेकै क्षतिलाई हेर्ने हो भने पनि हामीले लिएको लक्ष्यअनुसार ५४ लाख टन धान उत्पादन नभए पनि हालको उत्पादनमा थोरै वृद्धि भइ साढे ५२ लाख टनसम्म पुग्नसक्नेछ।” उनले धान उत्पादनको क्षेत्रफल घटे पनि बीउ, मल र प्रविधिसमेतको उचित व्यवस्थापनले उत्पादकत्व वृद्धि गर्नतर्फ मन्त्रालयको कार्यक्रम केन्द्रित गरिएको बताए। 

धान बालीपछि सबैभन्दा धेरै नोक्सानी तरकारी बालीमा भएको छ । तथ्यांकअनुसार प्रभावित जिल्लामा लगाइएको ८० प्रतिशत तरकारी बाली नष्ट हुँदा २ अर्ब ९६ करोड मूल्य बराबरको क्षति भएको छ । करिब २० हजार ५ सय हेक्टरमा लगाइएको तरकारीमध्ये १९ हजार ७ सय हेक्टरको बाली नष्ट भएको मन्त्रालयले जनाएको छ।

न्त्रालयका अनुसार मकै, दलहन, कोदो, तेलहन, बदामलगायतका बाली भने शतप्रतिशत नष्ट भएका छन्। यी बाली डुबानमा परेपछि पुरै नष्ट हुने प्रकृतिका भएकाले पूरै क्षति भएको आकलन गरिएको हो । धानबालीको हकमा डुबानमा परेको धान बालुवाले नपुरेको खण्डमा पानीको सतह घटेपछि पुनः पुरानै अवस्थामा उत्पादन हुनसक्ने भएकाले धानको तथ्यांकमा थप सुधार हुनसक्ने अपेक्षा मन्त्रालयको छ।  

मन्त्रालयले सम्बन्धित कृषि उपजको हालको उत्पादकत्वको आधारमा क्षति भएको बालीको हेक्टर अनुसार क्षतिको रकम आकलन गरिएको कृषिसचिव डा. सुरोज पोखरेलले बताए। प्रभावित क्षेत्रको ७० प्रतिशत बेसार बाली र ६० प्रतिशत माछापालन नष्ट भएको छ ।  डुबानका कारण ८० करोड मूल्य बराबरका माछा, ३४ करोड मूल्य बराबरको बेसार, ५३ करोड मूल्य बराबरको दलहन बाली र २४ करोड मूल्य बराबरको मकैबाली नष्ट भएको छ।

अन्य बालीमा ३ करोड ६१ लाख रकम बराबरको केराबारी, ९२ लाख रकम बराबरको तेलहन र २९ लाख रकम बराबरको बदाम खेतिसमेत वर्षाका कारण नष्ट भएको मन्त्रालयले जनाएको छ। कृषि विकास मन्त्रालयको तथ्यांकमा पशुपंक्षीको क्षेत्रमा भएको क्षति भने समेटिएको छैन । पशुपंक्षी विकास मन्त्रालयले यससम्बन्धी क्षतिको विवरण संकलन भइरहेको जनाएको छ। 

यसैबीच, कृृषि विकासमन्त्री रामकृष्ण यादवले प्रारम्भिक तथ्यांकको आधारमा थप अध्ययन गर्ने र प्रभावित कृषकलाई राहत प्याकेज उपलब्ध गराउने बताएका छन्। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषकको लागि राहतको प्याकेज तयार भइरहेको जानकारी दिए । “कृषकको निकै ठूलो क्षति भएको छ, क्षतिको अवस्थाअनुसार राहत प्याकेज घोषणा गर्नेछौं,” उनले भने। 

कृषकले ऋण लिएर मत्यपालन, तरकारी खेती लगायतमा लगानी गरेको पाइएकाले ऋण मिनाह वा अन्य विकल्पको राहत प्याकेज ल्याउनसकिने मन्त्री यादवले बताए। उनले भने, “सकेसम्म आन्तरिक स्रोतबाट र आन्तरिक स्रोतबाट सम्भव नभए थप बजेट माग गरेर भए पनि कृषकलाई राहत वितरण गर्नेछौं ।” प्रभावित कृषकको पूर्ण विवरणअनुसार क्षतिको मात्राअनुसार राहतको प्याकेज तयार गर्न दातृ निकाय र सरोकारवाला निकायसँग वैठक चलिरहेको उनले बताए। 

मन्त्रालयले तत्काललाई सहुलियत वा सित्तैमा बीउ, मल, माछाका भुरा, मेसिनरी उपकरणलगायत उपकरण उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ। यसका लागि उपयुक्त विधि र स्रोतको पहिचान गरी राहत प्याकेज घोषणा गरी कृषकको घरसम्म पु-याइने मन्त्री यादवको प्रतिवद्धता छ। मन्त्रालयको तर्फबाट १ करोड २० लाख रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जानकारी गराउँदै उनले राहतका कार्यक्रम सबै निकायसँगको समन्वयमा घोषणा गर्ने बताए। 

प्रकाशित १ भदौ २०७४, बिहिबार | 2017-08-17 09:55:03

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...