संसदमा कुरा उठ्यो : आँधी आए तराईमा पहाडले छेक्नुपर्छ



‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ। आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’ गीतको पंक्तिजस्तै संसद्मा सबै दलका सांसदहरूले तराई–मधेसमा बाढीपहिरोबाट आक्रान्तको समस्या मिलेर सामना गर्नुपर्नेमा जोड दिएका छन्।

बाढी–पहिरो र डुबानले देशभरि पुर्‍याएको धनजनको क्षति, पीडितको उद्धार, राहत र पुनस्स्थापनाबारे संसद्मा बुधबार दिनभरजसो भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा सहभागी सांसदले २०७२ मा उपत्यकासहित पहाडी क्षेत्रलाई हल्लाएको विनाशकारी भूकम्पपछिको राहतमा तराईवासी नेपालीले देखाएको सक्रियता र तराई डुबानमा पर्दा पहाड–हिमालले देखाएको ऐक्यबद्धताको मुक्तकण्ठले प्रशंसा गरे। यो खबर आजको कान्तिपुर दैनिकमा छ।

ज्ञानु गैरेलगायत सांसदहरूले भने नाकाबन्दी र सिमानाका घेराउ र आन्दोलनका बेला सीमापारि मासुभात खुवाउने मित्रहरूको पनि स्मरण गरे । ‘यो विपत्तिमा उनीहरू कता गए ?’ उनले भनिन्। छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा बुधबार गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय विपत्तिको मिलेर सामना गर्नुको विकल्प नभएको बताए। ‘मानव समाजले आफ्नो स्वार्थमा प्रकृतिका विरुद्ध काम गरेको छ। यसले विपत्ति निम्त्याउन मद्दत पुगेको छ,’ उनले भने, ‘पूर्वाधार निर्माणमा भएका कमीकमजोरी, अन्तर्राष्ट्रिय सन्धिसम्झौता गर्दा ध्यान नपुग्नु, योजनाबद्ध विकास हुन नसक्नु, खोलानाला अतिक्रमणजस्ता कारणले यो विपत्ति वृद्धि गरेको छ।’

दक्षिण सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएका बाँध, तटबन्ध, सडकजस्ता संरचनाका कारण तराईको भूभाग डुबानमा परेको उल्लेख गर्दै प्रस्तावका प्रस्तावक एमाले उपाध्यक्ष भीम रावलसहितका सांसदले समस्याको दीर्घकालीन समाधानका लागि सरकारको कूटनीतिक प्रयास आवश्यक रहेको बताएका थिए। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, माओवादी नेता अग्नि सापकोटालगायत सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला तराईको डुबान समस्यालाई मुख्य एजेन्डा बनाउन सुझाव दिए। ‘यो प्राकृतिक मात्र होइन, राजनीतिक र कूटनीतिक विपत्ति पनि हो,’ माओवादी केन्द्रका नेता सापकोटाले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणमा यसलाई महत्त्वपूर्ण एजेन्डाका रूपमा राख्नुपर्छ ।’ कूटनीतिक कौशलको कमीका कारण सधैं यस्तो विपत्ति सह्य नहुने उल्लेख गर्दै दलहरूबीचको सहमति र एकताको तागतसहित प्रधानमन्त्रीले भारतसँग कुरा गर्नुपर्ने बताए।

राष्ट्रिय विपत्तिको सामना सबै दल मिलेर गर्नुपर्छ भन्नेमा एक मत सुनिएका सत्तापक्ष र प्रतिपक्षका सांसदहरू जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफल प्रक्रियामा भने विभाजित थिए। छलफलमा सहभागी कांग्रेस–माओवादी केन्द्रका सांसदले प्रमुख प्रतिपक्षी एक्लैले प्रस्ताव दर्ता गरी बाढी–डुबान समस्यालाई राजनीतिक रङ दिएको टिप्पणी गरे। ‘

प्रतिपक्षी एमाले सांसदहरूले भने अघिल्लो दिन (मंगलबार) प्रस्तावमाथिको छलफल सुरु गर्ने विषयमा सत्तापक्षले नै सदन अवरुद्ध गरी राष्ट्रिय समस्यामा संसद् विभाजित रहेको जबरजस्त सन्देश प्रवाहित गरेको आरोप लगाए । एमालेकी ममता गिरीले ‘बाँदरको जस्तो आफू पनि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रवृत्ति संसद्को देखिएको’ टिप्पणी गर्दा कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरेका थिए।

 

 

प्रकाशित १ भदौ २०७४, बिहिबार | 2017-08-17 07:54:07

प्रतिकृया दिनुहोस

Loading...
  • विप्लवका खोज्न खटियो प्रहरी

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भाँड्न दैनिक बम विस्फोट गराउँदा पनि सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका...

  • घट्दैछन् महिला मतदाता

    जनसंख्या बढी भए पनि पछिल्ला निर्वाचनमा महिला मतदाताको संख्या घट्दै गएको छ। ०७० सालको संविधानसभा निर्वाचनको तुलनामा स्थानीय निर्वाचन र आसन्न...

  • चुनाव बिथोल्न खोज्नेलाई जेल हालिन्छः प्रधानमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएर संविधान कार्यान्वयन गर्नु सरकारको प्रमुख दायित्व रहेको औंल्याउँदै सुरक्षाका सबै उपाय अवलम्बन गरी...

  • शीर्ष नेताका स्थानीय एजेन्डा

    देशको नेतृत्व गर्ने शीर्ष नेताहरुको प्राथमिकतामा आफ्नो निर्वाचन क्षेत्रका स्थानीय एजेन्डा पनि परेका छन्।

  • मतदाता अझै अन्योलमा

    सही तरिकाले मतदान कसरी गर्ने भन्ने विषयमा आम मतदाताको चासो वढी देखिएको छ। निर्वाचन आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा सबैभन्दा बढी जिज्ञासा...

  • शान्तिसम्झौताको ११ वर्षः प्रतिवद्धता अनुसार काम भएन

    सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको मंगलबार ११ वर्ष पूरा भएको छ। ५ मंसिर ०६३ मा मा दुई पक्षबीच सम्झौता भएको थियो।...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रत्यक्षतर्फ ९० सिट जित्ने लोकतान्त्रिक गठबन्धनको दावी

    मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आफूले जित्ने सिट संख्याबारे दाबी गर्न थालेका छन्। कांग्रेसको नेतृत्वमा...

  • रोहित, अनिल र अासिफ

    यी हुन् राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने युवा खेलाडीहरु

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत डिसेम्बरमा हुने युएई विरुद्धको खेलको तयारीका लागि यसअघि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुकाे नाम...

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...