विमानस्थलमा सुन तस्करी रोक्न सशस्त्रको नयाँ टोली




त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सइ) संजीव मानन्धर सुन तस्करीमा संलग्न भएको खुलेपछि सशस्त्र मुख्यालयले विमानस्थलमा डीएसपीको कमान्डमा नयाँ टोली पठाएको छ।

NIC ASIA

सशस्त्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका इन्स्पेक्टर दामोदर धोडारीको टोलीलाई फिर्ता बोलाई डीएसपी कृष्ण कर्माचार्यलाई खटाएको खबर आजको अन्नपूर्णमा शम्भु कट्टेलले लेखेका छन्।

कर्माचार्य सशस्त्र प्रहरी सुरक्षा महाशाखाअन्तर्गत खटिएका हुन्। गलत काम गर्ने व्यक्ति र निकायको सुराकी गर्ने जिम्मेवारी पाएका मानन्धर स्वयं सुन तस्करीमा मुछिएपछि अन्य सुरक्षाकर्मीमाथि पनि प्रश्न उठ्न थालेको छ।

विगतमा त्रिभुवन विमानस्थलमा सेटिङमा काम गरेको आरोपमा तत्कालीन डीआईजी गोपाल भण्डारी, एसएसपीद्वय रविराज श्रेष्ठ र श्याम खत्रीसमेत निलम्बनमा परेका थिए। सुन तस्करीमा संलग्न भएको भनिएका सशस्त्रका सई मानन्धरविरुद्ध मुद्दा चलिरहेको छ।

 

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 09:21:20
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...

  • अर्थ मन्त्रालय

    अाज आर्थिक वर्षको अन्तिम दिन, सरकारको कमाइ कति?

    सधैँजस्तै साउन १ देखि याे वर्ष पनि सरकारकाे क्यालेन्डर फेरिँदैछ।

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...