लेनदेनमा बलात्कार ढाकछोप, मयेर नै पीडक उम्काउने प्रयासमा



बलात्कार
बलात्कार

भोजपुरको षडानन्द नगरपालिका, केउरानीपानीकी एक बालिकामाथि भएको बलात्कार घट्ना आर्थिक लेनदेनमा मिलाउने प्रयास गरिएको पाईएको छ।

स्थानीय तहको जनप्रतिनिधिले नै घट्ना ढाकछोप गर्न सघाएका छन्। १२ बर्षीया बालिकामाथि भएको बलात्कार साता दिनपछि बाहिर आएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा छ।

साउन ९ गते घरनजिकै बाख्रा चराउन गएकी बालिकालाई दाजु साईनो पर्ने ३२ बर्षीय मेघराज श्रेष्ठले बलात्कार गरेका थिए।

एक्कासी विरामी परेपछि खाँदवारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनीमाथि बलात्कार भएको खुलेको हो।

घट्ना बाहिर आएपछि मेघराज पीडित परिवारसहित जनप्रतिििधहरु दिङ्ला बजारमा बैठक बसे। टोलीले घटना गाउँमै मिलाउने गरी ६० हजार रुपैयाँ लेनदेन गराएको खुलेको छ।

श्रोतको अनुसार छलफलमा षडानन्द नगरपालिकाका मेयर वीरलाल राई, उपमेयर मेरिका राई, ८ नम्बरका वडाध्यक्ष किशोर राई र ७ नम्बरका वडाध्यक्ष बुद्धसिंह राइको उपस्थिती थियो।

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 08:31:29


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।