शर्मासहित तीनविरुद्ध १० अर्बको भ्रष्टाचार मुद्दा



आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा
आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन पदाधिकारीविरुद्ध १० अर्बभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कर निर्धारणमा अनियमितता गरेको आरोपमा शर्मासँगै कर  फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य विमल ढकालविरुद्ध आइतबार १० अर्ब दुई करोड १९ लाख एक हजार आठ सय ४२ रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भ्रष्टाचार निवारण ऐनको दफा ७ अनुसार राजस्व चुहावटसम्बन्धी आरोप पुष्टि भए उनीहरूलाई बिगो र त्यसको दोब्बर बराबर जरिवाना हुनेछ । अख्तियारका अनुसार बिगो र जरिवाना मागदाबी गरेको कुल रकम जोड्ने हो भने त्यसको आकार झन्डै ३३ अर्बको हाराहारीमा पुग्नेछ । शर्मा अहिले अख्तियारको हिरासतमा छन् भने महत र ढकाल फरार छन्। नयाँ पत्रिकामा निराजन पौडेलको रिपोर्ट प्रकाशित छ।

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 07:58:52

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फेरि वार्ता होला बाबुराम र उपेन्द्रबीच?

    नयाँ शक्तिले वार्ताका क्रममा राष्ट्रिय अध्यक्ष र संगठनात्मक अध्यक्षको प्रस्ताव पनि अघि सारेको छ। नयाँ शक्तिले राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई...

  • गोरखाका जनप्रतिनिधि र कार्यालय प्रमुखबीच जुहारी

    जिल्ला समन्वय समिति गोरखाको सभाहलमा सोमबार दिउँसो विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि र एघार वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच विकास, निर्माण...

  • तस्वीरमा एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप

    राजधानीमा आइतबारदेखि एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा...

  • मलेसियालार्इ नेपालले ५ विकेटले हरायो, सन्दिपले लिए ७ विकेट

    आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालले खेलेका पाँच खेलमध्ये चारमा विजयी हात पारेको छ। चौथो खेलमा जित निकाल्ने क्रममा सोमबारको खेलमा नेपालले मलेसियालाई...