राजनीति

अनसनस्थल पुगेर प्रचण्डले भने, ‘तपाईँहरुको अजेण्डा आफ्नै जस्तो लागेको छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय गठबन्धनलाई आफ्नो नेतृत्वमा बन्ने सरकारमा सहभागी बन्न आग्रह गरेका छन्।

कार्यसूची पेश गर्न सभामुखलाई आग्रह, सभामुख परामर्शमा

नेकपा माओवादी केन्द्र बाहेकका सत्तारुढ दलका सचेतकहरुले सभामुख ओनसरी घर्तीमगरलाई आजको संसद् बैठकमा बजेट सम्बन्धी विधेयकहरु कार्यसूचीमा राख्न आग्रह गरेका छन्।

फ्रान्समा भयंकर हत्याकाण्ड

फ्रान्सेली सहर निसमा एक आतंकवादीले भीडमाथि ट्रक चलाउँदा कम्तीमा ८४ जना मारिएका छन् भने अन्य कैयौँ घाइते भएका छन्।

अविश्वास प्रस्तावमा छलफल नभएसम्म माओवादीले आर्थिक विधेयक पास हुन नदिने

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिनु पर्ने पूर्व अडानलाई कायमै राख्ने निर्णय गरेको छ। प्रचण्ड निवास लाजिम्पाटमा बसेको हेडक्वाटर बैठकले आजको संसद् बैठकमा पार्टीको पूर्व अडान कायम नै...

मोर्चा अन्योलमा, मधेस झर्ने कि मन्त्री हुने?

मधेसकेन्द्रीत आन्दोलनको तयारी गर्ने कि सिंहदरबार छिर्ने भन्ने विषयमा मधेसी दलहरुमा अन्योल देखिएको छ । केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मधेसी दलहरुमा द्विविधा उत्पन्न भएको हो।

सिरियामा ५० भन्दा बढी हवाई आक्रमण

पूर्वी सिरियाली सहर पलमाइरामा इस्लामिक स्टेट (आईएस) जिहादीविरुद्ध रसियाले ५० भन्दा बढी हवाई आक्रमण गरेको समाचार छ।

माओवादीले हेडक्वाटर बैठक डाक्यो

ओली सरकारबाट बाहिरिएलगत्तै माओवादी केन्द्रले शुक्रबार बिहान पार्टी हेडक्वाटर बैठक डाकेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बोलाइएको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्ने हेडक्वाटर सदस्य वर्षमान पुनले बताए।

मन्त्री बनाएर महाधिवेशनको गुन तिर्ने दाउमा देउवा

नयाँ सरकारका लागि माओवादी केन्द्रको नेतृत्वलाई समर्थन गर्ने काँग्रेसको निर्णयपछि पार्टीका दुई खेमाका नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलले सम्भावित मन्त्रीहरुको सूची तयार पारेका छन् ।

विदेशी चलखेलका कारण गठबन्धन जोगाउन नसकिएको ओलीको भनाइ

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिको चलखेलका कारण सत्ता गठबन्धन जोगाउँन नसकेको बताएका छन् ।

दीर्घकालीन निर्णय नगर्न सरकारलाई माओवादी र कांग्रेसको संयुक्त ध्यानकर्षण

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सरकारको ध्यानाकर्षण गरेको छ।

प्रधानमन्त्रीले भने– माओवादी हिंडेपछि भारतीय राजदूतले भोज खाए

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिनुमा भारतको हात भएको दाबी गरेका छन्।

अफगानिस्तानमा आइएसका उच्चस्तरीय कमाण्डर मारिए

मुस्लिम अतिवादीहरुको सञ्जाल इस्लामिक स्टेट्स, आइएसले अफगानिस्तानको पूर्वी प्रान्त नान्गारमा सञ्चालन गरिरहेको एक रेडियो स्टेशन हवाई आक्रमणमा परी ध्वस्त भएको समाचारमा जनाइएको छ।

एमालेले डाक्यो संसदीय दलको बैठक

नेकपा एमालेले संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको परिस्थितिबारे छलफल गर्न संसदीय दलको बैठक डाकेको छ।

‘मेरा लागि राजनीति, राष्ट्रिय स्वार्थमा सधैँ जनताको सेवा गर्नु हो’

पछिल्ला ६ वर्ष प्रधानमन्त्रीको रुपमा हाम्रो देशको सेवा गर्न पाउनु र ११ वर्षदेखि पार्टीको नेतृत्वमा सेवा गर्न पाउनु मेरो जीवनको सबभन्दा ठूलो सम्मान हो। अन्तिम पटक यो ठाउँ छोड्दै गर्दा मेरो एउटै इच्छा यो छ कि मैले यति धेरै माया गर्ने यस महान देशले...

कुन सरकार कसरी ढले, कुन प्रधानमन्त्रीले किन राजीनामा दिए?

वर्तमान प्रधानमन्त्री केपी ओली ०४६ सालको परिवर्तन पछिका २४ औं प्रधानमन्त्री हुन् । अल्पमतमा परेर विश्वास गुमाइसकेको भन्दै नयाँ गठबन्धनका दलहरुले उनको राजीनामा मागिरहेका बेला वितेको २६ बर्षमा कुन प्रधानमन्त्रीले कसरी राजीनामा दिनुपर्यो भन्ने...

जापानी राजाको गद्दी त्याग्ने चाहना

जापानका वयोवृद्ध सम्राट अकिहितोले आफ्नो जिम्मेवारी ५६ वर्षीय जेठा छोरा राजकुमार नारुहितोलाई सुम्पिने इच्छा प्रकट गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

जनताको तराजुमा ‘देउदाहा’ जोडी

‘यो दुःखी मुलुकमा जो पीएम स्वयंले हल्का ‘थेरापी’ दिइरहेथे । ती रोमाञ्चक दिन बिलकुल गए।’ सरकारबाट माओवादी केन्द्रले हात झिकेपछि कवि स्वप्निल स्मृतिले फेसबुक स्टाटसमार्फत् प्रधानमन्त्री केपी ओलीको हालत परिलक्षण गरे। जनतालाई बाडुली लगाउने काम...

प्रधानमन्त्री ओली विरुद्ध अविश्वास प्रस्ताव

प्रधानमन्त्री केपी ओलीको विपक्षमा संसदमा बुधबार दिउँसो अविश्वास प्रस्ताव दर्ता भएको छ। एमालेसँग सत्ता गठबन्धन गरेको माओवादी केन्द्र मंगलबार सरकारबाट फिर्ता भएपछि काँग्रेस, माओवादी र नेकपा संयुक्तले संयुक्त रुपमा अविश्वास प्रस्ताव राखेका हुन्।

राप्रपा नेपालको साथ प्रम ओलीलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने कदमको समर्थन गर्ने निर्णय गरेको छ ।

अमेरिकामा गोलीकाण्ड

अमेरिकाको टेक्सास राज्यस्थित डल्लासमा भएको गोलीकाण्डमा पाँच प्रहरी अधिकृत मारिएका छन्। ६ प्रहरी र एक सर्वसाधरण गोली लागेर घाइते भएका छन्।

अमेरिकाको डालस सहरमा पाँच प्रहरीको हत्या

दुई फरकफरक राज्य मिनेसेटा र लुजियानामा दुई जना अश्वेत नागरिकलाई प्रहरीले हत्या गरेपछि अमेरिकामा हिंसा भड्किएको छ।

अमेरिकामा श्वेतभन्दा १२ गुणा बढी मारिन्छन् अश्वेतहरु

अमेरिकाका राष्ट्रपति छन् बाराक ओबामा, अश्वेत समुदायका। तर, त्यही देशमा अश्वेतहरुकै सबैभन्दा धेरै हत्या हुने गरेको एक अध्ययनले देखाएको छ। अन्य विकसित देशहरुको तुलनामा अमेरिकामा अश्वेतहरु नै १२ गुणा बढीको दरले मारिने अध्ययनले देखाएको हो।

दक्षिण सुडान झडपमा एक सय पचास जनाको मृत्यु

दक्षिण सुडानको राजधानी जुवास्थित राष्ट्रिपति भवन वरपर शुक्रबार साँझ भएको झडपमा कम्तिमा १५० जनाको मृत्यु भएको बताइएको छ।

अफगानिस्तान र पाकिस्तानबीचको सीमा खुल्यो

केही महिनाअघिदेखि अवरुद्ध हुँदै आएको अफगानिस्तान र पाकिस्तानबीचको सीमाना शनिबारदेखि फेरि सुरु भएको छ। सीमानामा रहेको उक्त सीमामार्ग शानिबार पुनः खुलेको समाचारमा जनाइएको छ।

माओवादीका आठ मन्त्रीले दिए सामूहिक राजीनामा

केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी मन्त्रीले प्रधानमन्त्रीसमक्ष सामूहिक राजीनामा बुझाएका छन्।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...