राजनीति

आयव्यय नबुझाउने दललाई १०० रुपैयाँ जरिवाना, ११ वटा दल खारेज

निर्वाचन आयोगले आयव्ययको वार्षिक प्रतिवेदन पेस नगर्ने ८२ दललाई एक सय रुपैयाँ जरिवाना गर्दै आगामी दिनमा निर्धारित ढाँचा र समयभित्र प्रतिवेदन पेस गराउन सचेत गराएको छ।

आयोगको प्रस्तावमा सहमति नभए इलाकालाई आधार बनाएर चुनाव गरौँः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको पुनःसंरचनामा आयोगले तोकेको संख्यामा सहमति हुन नसके हाल कायम रहेका इलाकालाई आधार मानेर स्थानीय तहको निर्वाचन गरिनुपर्ने बताएका छन्।

हत्याको छानबीन गर्न राष्ट्रसंघ र इयुलाई फिलिपिनी राष्ट्रपतिको चुनौती

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले बिहीबार लागुऔषध प्रकरणमा मारिएका व्यक्ति निर्दोष भए छानबिन गर्न संयुक्त राष्ट्रसङ्घ तथा युरोपेली युनियन (ईयू) का प्रतिनिधिलाई स्वागत गर्ने बताएका छन्।

चैतभित्र युरेनियमको परिमाण पत्ता लाग्छः उद्योगमन्त्री

उद्योगमन्त्री नविन्द्रराज जोशीले चैतभित्र मुस्ताङमा रहेको युरेनियमको परिमाण पत्ता लाग्ने बताएका छन्। व्यवस्थापिका–संसद्को उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा युरेनियमको परिमाण पत्ता लगाउन टोली पुगिसकेको बताए।

पत्रकार व्यावसायिक बन्नुपर्दछः मन्त्री थापा

स्वास्थ्यमन्त्री गगनकुमार थापाले पत्रकारका संस्था सक्षम भए आम पत्रकार सक्षम बन्न सहयोग पुग्ने बताएका छन्। नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधिन भवनको आज अवलोकन गर्दै उनले पत्रकार व्यावसायिक बन्नुपर्नेमा जोड दिए।

मेलम्ची पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अनुगमन गर्न मेलम्ची पुगेका छन्। प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले आयोजनाबारे जानकारी गराएका थिए।

नेपालको उर्जा विकासमा लगानी गर्न चीनको युनान उत्सुक

चीनको कान्सु प्रान्तको तुङ ह्वाङमा पहिलो पटक आयोजित रेशमी मार्ग अन्तर्राष्ट्रिय साँस्कृतिक एक्स्पोमा सहभागि हुन चीन आएकी सभामुख ओनसरी घर्ती युनान प्रान्तको खुन्मिङ्गस्थित विभिन्न कार्यक्रमहरुमा सहभागी भएकी छन्।

केपी ओली किन ठट्टा नगरी हसाउँदै छन्?

उपाध्यक्ष गौतम र बरिष्ठ नेता झलनाथ खनालको साथमा नेता नेपाल बलियो पोजिसनमा उभिएकाले ओली यसअघि जस्तो पेलेर जाने अवस्थामा छैनन्। भूसालको प्रतिवेदन बैठकमा पेश भएको भए ओलीको प्रतिवेदन अनुमोदन हुने सम्भावना थिएन।

नेपाल–भारतको संयुक्त वक्तव्यमाथि नयाँ शक्ति नेपालको गम्भीर आरोप

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा राष्ट्रिय हितविपरीतका केही गम्भीर विषय परेको नयाँ शक्ति नेपालले आरोप लगाएको छ।

उपेन्द्र यादव बेलायत प्रस्थान

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बिहीबार बेलायतका लागि उडेका छन्। नेप्लिज फेडरल सोसाइटीको दोस्रो महाधिवेशनको उद्घाटनका लागि यादव बेलायत प्रस्थान गरेका हुन्।

कांग्रेसमा गुट मौलायोः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू रहेसम्म पार्टी फुट्न नदिने बताएका छन्। वरिष्ठ पत्रकार हरिहर विरहीले लेखेको ‘आगो निभेको छैन’ पुस्तक विमोचनमा बिहिबार नेता पौडेलले पार्टीमा मौलाएको गुटबन्दीप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई फुट्न...

पुनर्निर्माण प्राधिकरणको सिइओ फेर्ने तयारी

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुख (सिइओ) बाट सुशील ज्ञवालीलाई हटाउने गृहकार्य थालेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा सिइओ ज्ञवालीलाई हटाउने विषयमा छलफल भएको थियो।

‘संविधान संशोधन अन्तर्राष्ट्रिय विषय बनाइयो’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणको क्रममा भारतसँग भएका तीन सम्झौता र २५ बुँदे संयुक्त विज्ञप्तीप्रति काठमाडौँका विज्ञहरू विभाजित देखिएका छन्। लामो समयदेखि नेपाल–भारत सम्बन्ध हेरिरहेका काठमाडौँका विज्ञहरू भारतसँग भएका सम्झौता–सहमतीको...

सिचाइँमन्त्री गिरीको नर्भिकमा उपचार हुँदै

सिचाईंमन्त्री दीपक गिरीको एक्कासी स्वास्थ्य अवस्था खराब भएपछि थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। बुधबार राति मन्त्री गिरीलाई अकस्मात् रक्ता सञ्चारमा समस्या आएको थियो। गिरीलाई बिहीबार बिहान २ बजे नर्भिक अस्पताल पुर्‍याइएको थियो।

एमालेमा अध्यक्षको प्रतिवेदनमाथि ९ वटा समूहले छलफल थाल्यो

नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा बिहीबारदेखि अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ।

एमालेले सम्झ्यो साहनालाई

वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी साहना प्रधानको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित स्मृति सभामा एमाले नेता तथा समकक्षीले उनको योगदानको चर्चा गरेका छन्।

कर्मचारीलाई काम गर्ने शैली फेर्न मन्त्री पाण्डेको निर्देशन

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पुरानो शैलीको काम गर्ने तरिकामा परिवर्तन गरी कर्मचारीहरुलाई जनतालाई अनुभूत हुनेखालको काम गर्न निर्देशन दिएका छन्।

गैससको नाराअनुसार काम भएन–प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गैरसरकारी संस्थाले पछाडि पारिएका वर्गको उत्थान गर्ने नारा बोक्ने गरे पनि यथार्थमा त्यस्तो नपाइने गरेको बताएका छन्। समाज कल्याण परिषद्ले बिहीबार आयोजना गरेको ३७औँ सामाजिक सेवा दिवस समारोहलाई बोल्दै...

संविधान संशोधनबारे मन्त्रीपरिषद्‌मा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने भ्रमणपछि आज सिंहदरबारमा दोस्रो मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठकमा मधेसी मोर्चाका मागहरु सम्बधोन गर्न संविधान संसोधनबारे छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री दाहाल र नर्वेली राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नर्वेका राजदूत क्याजेल टोर्मोड पेटेर्सनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय सिंहदरबारमा उक्त भेट भएको हो।

परराष्ट्रमन्त्री डा महत र अमेरिकी राष्ट्रपति ओबामाबीच संक्षिप्त भेट

संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग संक्षिप्त भेट गरेका छन्।

सरकारले खोस्यो जमिनदारको जमिन

बर्दियामा हालसम्म हदबन्दीभन्दा बढी भएको जग्गा करिब २५ हजार २६० बिघा जफत गरिएको छ। भूमिसुधार कार्यालयका अनुसार जफत गरिएको जग्गा भूमिहीन, सुकुम्वासी, जोताहा किसान र मोहीलाई न्यूनतम राजस्व लिई बिक्रीवितरण गरिसकिएको छ।

सार्कको प्रभावकारिता बढाउन थप पहल आवश्यक: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिएका छन्।

डा महत र सर्वियाली विदेशमन्त्रीबीच भेट

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र सर्वियाका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री इभिका ड्यासिकबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।

नेपाल आउन चाहन्छन्, अमेरिकी विदेशमन्त्री जोन केरी

अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहेका नेपाली प्रतिनिधिमण्डलका नेता एवं परराष्ट्रमन्त्री डा प्रकाशरण महतसँग मंगलबार भएको भेटवार्तामा अमेरिकी...

सर्वोच्चद्वारा उच्च अदालतसम्बन्धी नियमावली पारित

सर्वोच्च अदालतको पूर्ण बैठकले उच्च अदालतसम्बन्धी नियमावली पारित गरेको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले सात प्रदेशमा गठन भएका उच्च अदालतसम्बन्धी नियमावली पारित गर्ने निर्णय गरेको हो।

सिरियाको द्वन्द्व रोक, जलवायु सम्झौता व्यवहारमा ल्याऊः मुन

संयुक्त राष्ट्र संघका महासचवि वान की मुनले सिरियाको द्वन्द्व अन्त्य गर्न र पेरिस जलवायु सम्झौता कार्यान्वयन गर्न विश्वभरका नेतालाई आह्वान गरेका छन्।

संविधान संशोधन प्रस्ताव छिटै दर्ता हुन्छः निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेशवादी दलहरुसँग गरेको सहमति अनुसार सरकार जतिसक्दो चाँडो संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने पक्षमा रहेको बताएका छन्।

एमाले बैठकः आठ एजेण्डा, नौ समूह

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सातौं केन्द्रीय कमिटी बैठक बुधवारबाट केन्द्रीय कार्यालय धुम्वाराहीमा शुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरु भएको बैठकमा विभिन्न आठ वटा एजेण्डामाथि छलफल हुने प्रचार विभाग प्रमुख योगेश...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...