सांसदले 'घडी चोरेको' विषयमा घडीधनीले मुख खोले



प्रवलमानसिंह गुरुङले घडीकाण्डले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडामाथि चोट पुगेको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्। घडीका मालिक पूर्वसेनापति छत्रमान गुरुङका पुत्र प्रबलले बिहिबार एक विज्ञप्तीमार्फत दुख् व्यक्त गरेका हुन्।

उनले घडी हराएको विषयमा सांसद खतिवडाको नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। विज्ञप्तीमा उनले आफ्ना बाबुलाई ०६६ सालमा नै सम्धी भेटका क्रममा भाटभटेनीका मालिक मीनबहादुर गुरुङले दिएको घडी आफूले लगाएको र २० गते हेल्थ क्लबमा हराएको बताएका छन्।

‘माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै सकारात्मकम सहयोगका लागि सादर सबैमा सादर अनुरोध गर्दछु’, विज्ञप्तीमा भनिएको छ।

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 16:51:46

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...