ट्रम्पद्वारा सम्पत्ति र व्यवसाय छोराहरुलाई जिम्मा लगाउने घोषणा

पत्रकार सम्मेलनमै पत्रकारलाई भने: 'तिमी झुठो समाचार हौ'



.
.

जनवरी २० देखि कार्यभार सम्हाल्न लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको सम्पूर्ण सम्पत्ति र व्यवसायको सञ्चालन उनका दुई छोराहरुले गर्ने बताएका छन्। झण्डै ६ महिनामा गरेको पहिलो पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन्।

यद्यपि ट्रम्पकी छोरी इभान्का भने व्यापारमा संलग्न नहुने बताइएको छ। ट्रम्पकी वकिलका अनुसार ट्रम्प अर्गनाइजेसनले उनको कार्यकालभरी कुनै पनि विदेशी सम्झौता गर्ने छैन।

पत्रकार सम्मेलनको धेरैजसो समय ट्रम्पले हालै सञ्चारमाध्यममा आएको एक अपुष्ट समाचारको आलोचनामा खर्चिएका थिए। विगत पाँच वर्षदेखि ट्रम्पलाई रुसी गुप्तचर सँस्थाहरुले प्रयोग गरिरहेको र रुससँग ट्रम्पलाई ब्ल्याकमेल गर्नका लागि पर्याप्त यौन सामग्री रहेको दाबी गरिएको समाचार बजफिड र सिएनएनले प्रकाशन/प्रसारण गरेका थिए।

पत्रकार सम्मेलनअघि नै ट्रम्पले ट्वीटरमार्फत सो समाचारको खण्डन गरिसकेका थिए। पत्रकार सम्मेलनमा उनले यदि पुटिनले आफूलाई मन पराएमा त्यो दायित्व नभई सम्पत्ति भएको बताए।
उनले गुप्तचर निकायले यति झुटो समाचार चुहाएकोमा त्यसको आलोचना गरे।

पत्रकार सम्मेलनमै समाचार सँस्थाको आलोचना गर्न पनि उनले बाँकी राखेनन्। उनले भने, 'बजफिडको कुरा गर्ने हो भने त्यो फोहोरको थुप्रो हो। मलाई लाग्छ, उनीहरुले यसको परिणाम भोग्नेछन् र भोगिरहेका पनि छन्।'

त्यसैगरी ट्रम्पले सिएएनका पत्रकारलाई प्रश्न सोध्ने मौका दिएनन्। उनले तिमी झुठो समाचार हौ, भन्दै पत्रकारलाई प्रश्न गर्नबाट रोकेका थिए।

प‍त्रकार सम्मेलनमा पहिलोपटक ट्रम्पले डेमोक्र्याटिक इमेल ह्ययाक प्रकरणमा रुसको हात रहेको स्वीकार गरे। उनले भने, 'मलाई लाग्छ यसो गर्ने रुस नै थियो।' तर उनले चीनतिर लक्षित गर्दै अमेरिकामा साइबर आक्रमण गर्ने रुस एक्लो नभएको बताए।

त्यसैगरी मेक्सिकोको पर्खाल, ओबामाकेयरको उन्मुलन, अहिलेसम्मकै धेरै रोजगारी सिर्जना गर्ने काम भएरै छोड्ने प्रतिबद्धता पनि उनले जनाए।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 23:34:35

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • विकास र कामना

    बेलायतमा श्रीमतीको ज्यान लिनखोज्दा पूर्व गोर्खा पुगे जेल

    यो २९ डिसेम्बर २०१६ को घटना थियो। कामना दुई महिना अस्पताल बसेकी थिइन्। घटनाको दश महिनापछि पनि उनले आफू पूर्ण रुपमा स्वस्थ नभएको बताएकी छन्। हालै...

  • विलियार्ड हल, गोली लागेपछि राजा वीरेन्द ढलेको स्थान (रातो घेरामा)

    उस्तै बन्यो दरवार हत्याकाण्ड स्थल

    राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरवार हत्याकाण्डस्थल झण्डै उस्तै प्रारुपमा तयार भएको छ। पुनर्निर्माणसँगै राजा वीरेन्द्र ढलेको ठाउँपनि पहिचान...

  • उहियाको दुङ्ला गाउँका महिला।

    रोग लुकाउँदै पीडा खेप्दै दुर्गमका महिला

    गोरखाको धार्चे गाउँपालिका ३ उहिया गाउँका महिलाहरु रोग लुकाएर बस्ने गरेको पाइएको छ। गाउँमै स्वास्थ्य संस्था भए पनि उपचारका लागि नजाने र खर्च धेरै...

  • कांग्रेस बैठक

    कांग्रेस अग्रपंक्तिका नेता को प्रत्यक्षमा, को समानुपातिकमा?

    प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने कांग्रेसका शीर्ष र केन्द्रीय नेताको सिट सुरक्षित भएको छ। कांग्रेसको संसदीय समितिले...