आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध ज्ञवाली अदालत जाने



राष्ट्रय पुनर्निर्माण प्राधिकरणबाट बर्खास्त गरिएका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफ्नो बर्खास्तविरुद्ध अदालत जाने भएका छन्। सरकारले ज्ञवालीलाई प्राधिकरणको सिइओबाट बिहीबार हटाई बर्खास्त गरिएको पत्र थमाएको थियो।

पत्र पाएपछि ज्ञवालीले आफूलाई अन्यायपूर्वक हटाइएको भन्दै विज्ञप्ति मार्फत कानुनी उपचार खोज्ने बताएका हुन्। उनले विज्ञप्तिमा भनेका छन्, पुनर्निर्माण तथा पुनःस्थापना सम्बन्धी कार्यहरुलाई अघि बढाउनुपर्नेमा प्रमुख कार्यकारी पदबाट हटाउने गरी भएको निर्णयले समग्र पुनर्निर्माण र पुनःस्थापनाका कार्यहरुलाई प्रभावित गर्ने अवस्था सिर्जना हुनु चिन्ताजनक छ।’

विज्ञप्तिमा भनिएको छ, ‘२०७२ साल पुस १० गतेको मन्त्रिपरिषद्को बैठकबाट पाँच वर्षका लागि नियुक्ति गरेकोमा पुनर्निर्माण र पुनस्र्थापनाका कार्यलाई दु्रत गतिमा अघि बढाई भूकम्प पीडित जनतालाई न्याय गर्नका लागि समेत मन्त्रिपरिषद्बाट २०७३ साल पुस २७ गते भएको उक्त अन्यायपूर्ण निर्णय उपर कानूनी उपचार खोज्नु पर्ने अवस्था सिर्जना भएको छ।’

सरकारले ज्ञवालीलाई बिहीबार बर्खास्त गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं प्राधिकरणका पूर्व सिईओ डा. गोविन्द पोखरेललाई पुनः प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 19:26:26

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • चुनाव जितेपछि बिन्दास मुडमा बाबुराम र हिसिला

    गोरखा–२ मा विजय हासिल गरेपछि चुनावी धपेडीबाट मुक्त हुन नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सुटुक्क काभ्रे पुगेका छन्।

  • देउवा र गच्छेदार

    देउवा र गच्छदारको ‘डबल ह्याट्रिक’

    राजनीतिमा उतीर्ण वा अनुत्तीर्ण हुने एउटा परीक्षा हो निर्वाचन। त्यो परीक्षामा कहिल्यै अनुत्तीर्ण नभएका दुई नेताहरु हुन् कांग्रेस सभापति तथा...

  • राठोर, श्रेष्ठ र राय

    जो टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए

    भक्तपुर–२ मा पराजयोन्मुख परिणाम आइरहँदा त्यस क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाले ट्वीट गर्दै भनेका थिए, ‘भूतले खाजा...