श्रीलंकाली राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्ने



श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले छिट्टै नेपाल भ्रमण गर्ने नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस पेरेराले बताएका छन्। नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध स्थापनाको ६०वर्ष पुगेको अवसरमा श्रीलंकाली राष्ट्रपति सिरिसेनाले नेपाल भ्रमण गर्ने भएका हुन्।

नेपाल र श्रीलंकाबीच दैत्य सम्बन्ध स्थापना भएको अर्को वर्ष ६०औँ वर्ष पुग्दैछ। मंगलबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा श्रीलंकाका राजदूत पेरेराले राष्ट्रपति सिरिसेनाले छिटै नेपाल भ्रमण गर्न चाहेको जनाएका हुन्।

गृह मन्त्रालयमा मंगलबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।

भेटका क्रममा राजदूत पेरेराले गत वर्षको भूकम्पबाट क्षति भएको आनन्दकुटी विहार र रातो मच्छेन्द्रनाथको मन्दिर श्रीलंका सरकारले पुनःनिर्माण गर्ने जानकारीसमेत गराएका थिए।

सो अवसरमा उपप्रधानमन्त्री निधिले भगवना गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउने श्रीलंकाली पर्यटकको सङ्ख्या वृद्धि गर्न राजदूतावासबाट आवश्यक समन्वय गरिदिन आग्रह गरेका थिए। त्यस्ता भ्रमणले दुई देशबीच जनस्तरसम्ममा सम्बन्ध प्रगाढ बन्दै गएको निधिले बताएका थिए। उपप्रधानमन्त्री निधिले भूकम्पपछिको पुनःनिर्माणलगायत विभिन्न क्षेत्रमा श्रीलंकाले गरेको सहयोगको सराहना गर्दै विकासमा श्रीलंकाको साझेदारीका लागि आग्रह गरेका थिए। रासस

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 20:23:41

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...