विभाजनको राजनीति कांग्रेसले स्वीकार्दैनः डा. महत



नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले भौगोलिक, धार्मिक, सामाजिक तथा जातीय ढंगले विभाजित गर्ने विकृतिपूर्ण राजनीति नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बिचार व्यक्त गरेका छन्।

सुदूरपश्चिमी जिल्लाहरुको भ्रमणको क्रममा कञ्चरपुर पुगेका नेता डा महतले भने, ‘बर्षौदेखि एकजुट भै मिलेर बसिरहेका नेपालीलाई अहिले विभाजित गर्ने काम हुँदैछ। यो विकृतिपूर्ण राजनीति हो र यसलाई हामीले बढावा दिनु हुँदैन, बन्द गर्नुपर्छ।

संसारमा सबैले मानेको राजनीतिक व्यवस्था भनेको लोकतान्त्रिक व्यवस्था नै हो र यस व्यवस्थामा अहिले सबै राजनीतिक दलहरु उभिएको उनको भनाइ छ। पछिल्ला बर्षहरुमा नेपालमा भौगोलिक, सामाजिक, धार्मिक र जातीय ढंगले नेपालीलाई विभाजित गर्ने राजनीति सुरु भएको छ। यसले जनतामा निराशा ल्याउनेछ। अहिले नै सुधार हुनु आवश्यक छ। 

उनले नेपालका सबै राजनीतिक शक्तिहरु अहिले लोकतान्त्रिक राजनीतिक प्रणालीमा आइसकेको र उनीहरुले कांग्रेसले अंगालेको आर्थिक नीति नै अगाल्न थालेकोले पार्टीका सबैले गौरव गर्नुपर्ने बताए। २०४६ को परिवर्तनपछि नेपालको अर्थतन्त्रको आधुनिकीकरण गरेको र पूर्वाधारको जग बसाएको कांग्रेसले हो।

आज गाउँ गाउँमा सडक पुग्नु, शैक्षिक र स्वास्थ्य संस्थाको विकास, खानेपानीमा पहुँच, सञ्चार तथा उड्डयान क्षेत्रको विकास कांग्रेसको आर्थिक नीतिका कारणले भएको हो। नेता डा महतले आगामी दिनमा आर्थिक एजेण्डालाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिदै भने, ‘स्वदेशमै प्रशस्त रोजगारी सिर्जना हुनुपर्छ, स्वदेशी तथा विदेशी लगानीलाई कसैले पनि रोक्ने चेष्टा गर्नुहुँदैन। लगानी परिचालित नभै मुलुक र मुलुकबासीको उन्नति संभव छैन।’

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 16:47:33

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...