बाबुराम भट्टराईले भनेः क्रान्तिको हावा सधैं एकै दिशामा बहँदैन



नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक समस्या समाधानका लागि सबैभन्दा उपयुक्त विकल्प संविधान संशोधन नै भएकोमा जोड दिएका छन्। सोमबार काठमाडौंमा नेपाल बौद्धिक पेशाकर्मी महासंघले संविधान संशोधनको आवश्यकता विषयमा आयोजना गरेको राष्ट्रिय गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले संविधान पुर्नलेखनको कुरा गर्नु सान्दर्भिक नहुने बताउँदै अगाडि भने, ‘तागत हुन्थ्यो भने त अहिलेको संविधानलाई पुरै उल्ट्याएर पुर्नलेखन गर्न सकिन्थ्यो, तर त्यो स्थिति अहिले छैन। क्रान्ति र परिवर्तनको हावा सधैं एकैदिशातर्फ बहँदैन, त्यसैले तत्काल आन्दोलनको आँधीबेहरी सिर्जना गरेर संविधान पुर्नलेखनको संभावना छैन’

यो संविधान जनताले जारी गरेको पहिलो संविधान भएकै कारण आफूले कतिपय विषयमा असहमति रहँदारहँदै पनि संविधानमा हस्ताक्षर गरेको बताउँदै उनले आफैंले जारी गरेको संविधानको विरोध गर्यो भनेर भ्रम फैलाउनुपर्ने कुनै आवश्यकता नरहेको प्रस्ट पारे।

‘जनताको सार्वभौमसत्ता स्थापना गर्नका लागि पहिलोपटक जनताको बलमा संविधान जारी गरिएको हो,’ उनले भने–‘मुख्यगरी आदिवासी, जनजाति, मधेशवादी दलहरुसमेतको मागलाई सम्बोधन गरेर लैजानको लागि सिद्धान्ततः संविधानको पुर्नलेखन ठीक हुँदाहुँदै अहिले व्यवहारतः पुर्नलेखन ठीक छैन।’

अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्दै देशलाई विकास र समृद्धिको मार्गमा लैजानका लागि संविधानमा अपुग भएका विषयलाई संशोधन गरेर थप्दै लैजानुको विकल्प नरहेको उनको भनाइ थियो ।

भट्टराईले प्रस्तावित संविधान संशोधनमा शासकीय स्वरुपसमेतमा परिवर्तन गरेर अहिले नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रतीय प्रणालीमा जाने संभावना नदेखिएकोले यसलाई नयाँ शक्ति पार्टीले आन्दोलनको विषय बनाएर लैजाने बताए। 

अहिलेको संविधानमा संघीयता र राज्यको पुनःसंरचनाको विषय नै मुख्य भएको र यो विषय नेपालका नितान्त आन्तरिक मामिला भएकोले यसलाई अनावश्यक ढंगले बाह्य हस्तक्षेप भनेर पन्छिन नहुनेमा उनको जोड थियो। ‘पुनःसंरचना नितान्त हाम्रो आन्तरिक विषय हो। यसर्थ, मुख्यगरी तीन क्लस्टर हाम्रो आफ्नै हो’ उनले जोड दिए–‘ती क्लस्टरहरुको समावेशी र समानुपातिक प्रतिनिधित्व हुनेगरी राज्यको पुनःसंरचना गर्नुपर्छ । यो कुनै विदेशीले बनाइदिएको कुरा होइन। यो हाम्रो आफ्नै उपज हो’

संघीयताको मुद्दा हल गर्नका लागि राज्य पुनःसंरचना आयोग र संविधानसभाको पुनःसंरचना समितिले तयार गरेको पहिचान र सामथ्र्यको सिद्धान्तकै आधारमा संघीय प्रदेशहरु बनाउनु बढी वस्तुवादी र वैज्ञानिक हुने उनको जोड थियो। त्यही प्रतिवेदनमा औंल्याइएको १० प्रदेशको मोडेल नै समस्या समाधानको विकल्प भएको उनले बताए। 

नेपालजस्तो बहुभाषिक, बहुजातीय मुलुकमा कुनै एकल भाषा वा जातीय अहंकारवादलाई राष्ट्रवाद ठान्ने गलत बुझाई नै समस्याको जड कारण रहेको उनको ठम्याइ थियो।

कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, समाजवादी फोरमकै सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद रमेशनाथ पाण्डे, राजनीतिक विश्लेषक सीके लाल, विश्लेषक विजयलाल कर्णलगायत कानून व्यवसायी, बुद्धिजीवि तथा संविधानका विज्ञहरुले संविधान संशोधनको आवश्यकताको बारेमा चर्चा गरेका थिए।

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 18:35:21

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...