प्रधानमन्त्रीको तीन प्रस्ताव, ओलीको एउटै जवाफ

सोमबारको संसद बैठकअघि तीन दलका शीर्ष नेता छलफलमा जुट्ने



फाइल फोटो
फाइल फोटो
तस्विरः प्रदीपराज वन्त

संविधान संशोधन प्रस्तावविरुद्ध साना ८ दल साथमा लिएर आन्दोलनको नेतृत्व गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यक्तिगत भेटघाटका लागि भनेर निजी निवास बालकोटबाट निस्किए। ‘प्रधानमन्त्रीसँग एक्लै भेट्दिन’ भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका ओली बालकोटबाट सरासर बालुवाटार पुगे र प्रधानमन्त्री पुष्पकमल दाहालसँग झन्डै एक घण्टा बिताए।

उनले यो भेटबारे आफू नजिकका सीमित नेताहरुलाई मात्रै जानकारी दिएका थिए। 'एक्लै भेट्दा प्रधानमन्त्री दाहालले नभएको कुरा पनि भयो भनेर हल्ला गर्छन्' भन्दै ओलीले यसअघि भेट्न इन्कार गर्दै आएका थिए। तर, सोमबारको संसद् बैठकमा विपक्षीको विरोधबीच पनि संशोधन प्रस्ताव टेवल गरेरै छाड्ने सत्तारुढ नेताहरुको अभिव्यक्ति आइरहँदा ओलीले संवादका लागि समय दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तर, प्रधानमन्त्रीसँग भएको यो छलफल कुनै निष्कर्षमा नपुगेको एमालेका सचिव प्रदिप ज्ञवाली बताउँछन्। प्रधानमन्त्री दाहालले वर्तमान गतिरोध हटाउनेबारे लगातार तीन वटा प्रस्ताव राखे पनि ओलीको एउटै जवाफ थियो।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले ओलीलाई संशोधन प्रस्तावका एजेन्डामा मनाउने प्रयत्न गरेका थिए। तर, ओलीले सरकारले दर्ता गराएको संशोधन प्रस्तावबारे कुनै छलफल नगर्ने अडान लिए। ओलीको जवाफ थियो, 'चर्चाका लागि ल्याउनुभयो। चर्चा भइगयो। अब फिर्ता लिनुहोस्।'

मधेसी मोर्चालाई समेत मनाउनुपर्ने भएकाले संशोधन प्रस्तावको 'कन्टेन्टमा कम्प्रोमाइज'को विकल्प प्रधानमन्त्रीले ओलीसँग मागेका थिए। यसमा ओली सहमत नभएपछि प्रधानमन्त्रीले प्रक्रियाका लागि प्रस्ताव राखे। यसमा भने ओली विकल्पसहित प्रस्तुत भए पनि अडान भने संशोधन प्रस्ताव फिर्ता वा स्थगन हुनुपर्ने थियो। उनले संशोधन प्रस्ताव फिर्ता भए बाँकी अन्य एजेन्डाका लागि संसद खुल्ने प्रतिक्रिया दिएका थिए।

यी दुवै प्रस्तावमा सहमत नहुने हो भने सरकारले संशोधन प्रस्ताव संसदमा टेवल गर्ने निर्णय प्रधानमन्त्रीले सुनाए। यसमा पनि ओली सहमत भएनन्। नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल यो भेटवार्ताले सकारात्मक वातावरण भने तय गरेको बताउँछिन्। भन्छिन्, ‘पार्टी र सरकारको निर्णयअनुसार नै प्रधानमन्त्रीले ओलीसँग प्रस्ताव गर्नु भएको छ। यसैअनुसार सरकार अघि बढ्छ।’

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली सोमबारको संसद बैठकअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित वार्तामा बस्न भने सहमत भएका छन्। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला दलहरुबीच सहमतिको विकल्प नभएकाले सहमति जुट्न सक्ने अनुमान गर्छन्।

तर, संशोधन प्रस्तावमाथि संसदमा भोटिङ हुँदा समेत विफल बनाउन पुग्ने सांसद संख्यासहित आन्दोलन गरिरहेको एमालेका नेताहरु भने तत्काल सहमतिको सम्भावना देख्दैनन्। एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल भन्छन्, ‘सरकार संशोधन प्रस्ताव फिर्ता लिएर चुनाव घोषणा गर्न तयार भए सहमति हुन्छ। तर, त्यस्तो लक्षण देखिएको छैन।’

सभामुख ओनसरी घर्तीमगरले ३ दिन दलहरुलाई सहमतिका लागि दिएको समय सोमबार सकिँदैछ। तर, १४ मंसिरदेखि संसद अवरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरु र सरकारबीच कुनै सहमति जुट्न सकेको छैन।

प्रकाशित १७ पुस २०७३, आइतबार | 2017-01-01 23:06:15

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...