समय मिलाएर नेपाल आउँछु: राष्ट्रपति सी

राजदूत पौडेलेद्वारा चिनियाँ राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश



चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणका लागि आफू निकै इच्छुक रहेको बताएका छन्। चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सोमबार चिनियाँ राष्ट्रपति सी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त कुराकानीमा सीले नेपाल भ्रमणका लागि आफू तीव्र रूपमा इच्छुक रहेको बताएका हुन्।

ग्रेट हल अफ द पिपुल्समा सोमबार साँझ आयोजित एक समारोहका बीच पौडेलले राष्ट्रपति सी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन्। प्रमाणपत्र बुझेपछिको संक्षिप्त कुराकानीमा सीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘म नेपाल भ्रमण गर्न एकदमै इच्छुक छु। दुवैतिर उपयुक्त समय मिलाएर भ्रमण गर्ने हो।’

राष्ट्रपति सीसँगको भेटमा अफूले आपसी हित प्रवद्र्धन गर्ने हिसावले कुरा राखेको राजदूत पौडेलले बताए। उनले भने, ‘मैले दुर्इ मुलुकबीचको सम्बन्ध यस क्षेत्रमा शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्ण छ। सम्बन्धलाइ थप विस्तार गर्न, नयाँ उचाइमा पुर्याउन र बहुआयामिक अवसरहरूबाट दुवै मुलुकका जनतालार्इ फाइदा दिलाउन काम गर्ने बताएँ।’

राष्ट्रपति सीले नेपालसँग चीनको विश्वमै उदाहरणीय सम्बन्ध रहेको भन्दै चीनको क्षमता अनुसार नेपाललाई निरन्तर सहयोग गर्ने बताए। राष्ट्रपति सीले भारतको गोवामा दुई महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेट स्मरण गर्दै दुवै देशका लागि अनुकुल समयमा नेपाल भ्रमण गर्ने जानकारी दिए।

बेइजिङस्थित दूताबासले भनेको छ, ‘राष्ट्रपति सीले एक चीन नीतिलाई निरन्तरता दिएकोमा नेपाललाई धन्यवाद दिँदै वान बेल्ट वान रोडको अवधारणाले दुवै देशलाई फाइदा पुग्ने विश्वास दिलाए।’

राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश गरेपछि पौडेलले अब राष्ट्रपति सहभागि हुने कुनै पनि कार्यक्रमहरुमा सहभागिता जनाउन सक्नेछन्। यसअघि उनले गत मंसीर २ गते चिनियाँ परराष्ट्र मन्त्रालयका उप निर्देशक चाङ् यि मिङ्ग समक्ष ओहदाको प्रमाणपत्रको एक प्रति बुझाएर राजदूतको हैसियतमा आफ्नो अन्य जिम्मेवारी सम्हाल्ने बाटो खुलाएका थिए।

चीनमा राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाउने समय वर्षमा तीन पटक अर्थात् प्रत्येक चार चार महिनामा एकचोटी हुने गर्दछ। प्रमाणपत्र बुझाउने समय आउन बाँकी नै रहेको अवस्थामा तत्कालका लागि परराष्ट्रमा ओहदाको प्रमाणपत्रको एक प्रति बुझाएर कुनै पनि राजदूतले हैसियत बमोजिम काम गर्नसक्ने प्रचलन छ।

पूर्व राजदूत महेश मास्के नेपाल फर्किएको झण्डै ६ महिनापछि पौडेलले कार्यभार सम्हालेका हुन्। मंसीर १ गते मन्त्रीस्तरीय दर्जासहित नियुक्ति लिएर बेइजिङ आएका पूर्व मुख्यसचिव पौडेलले भोलिपल्ट दूताबासमा पुगी कार्यभार सम्हालेका थिए।

प्रकाशित ४ पुस २०७३, सोमबार | 2016-12-19 16:40:48
author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • ‘दोक्लमबाट भारतीय र चिनियाँ सेना फर्किनु पर्छ’

    दोक्लम क्षेत्रमा झैँ आफूखुसी त्रिदेशीय सीमाको तथ्य बदल्ने अनुमति हामी चीनलाई दिन सक्दैनौँ। चीनलाई डोको लाबाट भुटानी सेनाको क्याम्प रहेको...

  • देउवा र पौडेल ( फाइल तस्विर )

    देउवाले भनेः पार्टीभित्रका अन्तर्घातीहरुलाई निकालिन्छ

    देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउँदै भने, ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई...

  • निर्वाचन आयोग

    यस्तो छ प्रदेश नं. २ को निर्वाचन कार्यतालिका

    निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी असोज २ गते हुने...