यी हुन् नेकपाको जनवर्गीय संगठनका संयोजक र सहसंयोजक



नेकपाका नेताहरू
नेकपाका नेताहरू
प्रविन कोइराला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनवर्गीय संगठनको नेतृत्व टुंग्याएको छ।

बिहीबार बसेको नेकपाको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंग्याएको हो।

नेकपा एकता घोषणा भएको एक वर्ष पुगेको अवसर पारेर शुक्रबार आयोजना गरिने कार्यक्रममा जनवर्गीय संगठनको नेतृत्वको घोषणा गर्ने नेकपाले जनाएको छ।

नेकपा स्रोतका अनुसार तत्कालिन एमालेले विद्यार्थी, मजदुर र बुद्धिजिवि संगठनको नेतृत्व पाएको छ भने तत्कालिन माओवादी केन्द्रले युवा, महिला र पत्रकारको नेतृत्व पाएको छ।

विद्यार्थीको ऐन महर, मजदुरको विनोद श्रेष्ठ र बुद्धिजिविको दिनेशचन्द्र देवकोटा संयोजक भएका छन्। त्यस्तै तत्कालिन नेकपा माओवादी केन्द्रले युवामा रामप्रसाद सापकोटा दीपशिखा, महिलामा अमृता थापामगर र पत्रकारको संयोजकमा महेश्वर दाहाललाई संयोजक बनाउने निर्णय भएको स्रोतले जनायो।

त्यस्तै सहसंयोजकहरुमा विद्यार्थीमा माओवादीका रञ्जित तामाङ, युवामा एमालेका रमेश पौडेल, महिलामा एमालेकी सीता पौडेल, मजदुरमा माओवादीका जगत सिंखडा, प्रेस संगठनमा एमालेका गणेश बस्नेत र बद्धिजिवीमा माओवादीका कृष्ण केसी रहेका छन्।

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 18:54:22
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।