उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग



शिक्षा मन्त्रालय
शिक्षा मन्त्रालय

शिक्षाविद्हरुले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

शिक्षाविद् मनप्रसाद वाग्लेले सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्ने हो भने सरकारले तत्काल उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे। 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले कम्तिमा २० प्रतिशत बजेटको व्यवस्था नगरेसम्म मुलुकको विद्यालय तहको शिक्षामा सुधार नआउने पनि स्पष्ट पारे।

अर्का शिक्षाविद् केदारभक्त माथेमाले विद्यालय तहको शिक्षामा सुधार ल्याउन बजेटको उचित व्यवस्था गर्न सरकारसँग माग गरे। उनले शिक्षक नियुक्तीमा राजनीति नगर्न पनि सरकारलाई सचेत गराए। राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेका शिक्षकहरुको कारण पनि सार्वजनिक विद्यालयको शिक्षामा सुधार आउन नसकेको शिक्षाविद् माथेको भनाई छ।

शिक्षाविद्हरुले सार्वजनिक विद्यालयको सुधारका लागि स्थानीय तहमै अपनत्वको विकास गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएका छन। शिक्षाविद् माथेमाले स्थानीय तहमै अपनत्वको भावनाको विकास गरेर मात्रै विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउन सकिने दृष्टान्त पनि पेश गरे।

 

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 18:07:42
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।