प्रेसलाई नियन्त्रण गर्न खोजिएकोमा अधिकारकर्मीहरुको आपत्ति



राष्ट्रिय मानवअधिकार आयोग
राष्ट्रिय मानवअधिकार आयोग

अधिकारकर्मीहरुले प्रेस तथा राष्ट्रिय मानवअधिकार आयोगलाई नै नियन्त्रण गर्ने गरी सरकारले विधेयक ल्याएको उल्लेख गर्दै आपत्ति जनाएका छन्।

मानव अधिकारकर्मी गौरी प्रधान र अधिकारकर्मी केदार खड्काले प्रेस तथा मानव अधिकार आयोगलाई नियन्त्रण गर्नेगरी सरकारले सो सम्बन्धि विधेयक संसदमा पेश गरेकोमा आपत्ति जनाएका हुन्।

बुधबार काठमाडौंमा आयोजित ‘नागरिक बहस कार्यक्रम’मा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य समेत रहेका प्रधानले संविधानको भावना विपरित प्रेस तथा मानव अधिकार आयोगलाई समेत नियन्त्रणमा लिने गरी सरकारले विधेयक संसदमा पेश गरेकोमा आपत्ति जनाए। उनले नागरिकका अधिकार हनन् हुने गरी कुनै पनि कानुन नबनाउन सरकारलाई सचेत समेत गराए।

अधिकारकर्मी केदार खड्काले प्रेसलाई आतंकित बनाउने गरी सरकारले मिडिया काउन्सिलसम्बन्धि विधेयक ल्याएकोमा आक्रोश व्यक्त गरे। उनले सो विधेयक तत्काल फिर्ता नलिए सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए।

कार्यक्रममा संविधानको भावना विपरित गएर बनाउने कुनै पनि कानुन मान्य नहुने चेतावनी पनि सरकारलाई दिइएको छ।

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 21:36:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...