माओवादी कसरी भताभुंग भयो? बाबुराम र उपेन्द्रको रोचक सवाल-जवाफ



डा भट्टराई र यादव
डा भट्टराई र यादव

अशोक राईः उपेन्द्रजी पनि पहिले एमालेमा हुनुहुन्थ्यो, म पनि एमाले छाडेर यहाँसम्म आइपुगेको हुँ। मैले छाडेपछि त्यो पार्टी झन् मौलाएर गयो।

तत्कालिन एमाले र एमाओवादी जस्ता ठूला कम्युनिष्ट पार्टी त्यागेका नेताहरुबाट गठन भएको हो २३ बैशाखमा बनेको डा बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपाल। त्यसमध्ये डा भट्टराई एमाओवादी, नयाँशक्ति हुँदै यो कान्छो पार्टीमा आइपुगेका हुन् भने यादव चाहिँ एमाले, माओवादी, मधेशी जनअधिकार फोरम र संघीय समाजवादी फोरमसम्म आइपुगेका हुन्।

समाजवादी पार्टीको संघीय परिषदको अध्यक्ष डा भट्टराई, केन्द्रीय कमिटीका अध्यक्ष यादवपछि बरिष्ठ नेताको हैसियतमा छन् अशोक राई, जो तत्कालिन एमाले परित्याग गरी संघीय समाजवादी पार्टी गठन गरेर संघीय समाजवादी फोरम हुँदै समाजवादी पार्टी, नेपालको नेतृत्वमा पुगेका हुन्।

पार्टी गठनपछि पार्टीभित्र पहिलो, दोस्रो र तेस्रो बरियतामा रहेका यी तीन नेताले बुधबार दिउसो लाजिम्पाटस्थित मूलधारका अनलाइन समाचार पोर्टन, दैनिक पत्रिका र टेलिभिजन च्यानलका सम्पादकहरुसँग अन्तरक्रिया गरे। सञ्चारमाध्यमहरुको तर्फबाट सुझावका लागि अन्तरक्रिया आयोजना गरिएको थियो।

सम्पादकहरुको प्रश्नको जवाफ दिने क्रममा यी तीन शीर्ष नेताहरुले एमाले र माओवादी परित्यागबारे रोचक ठट्टा चल्यो। यसको सुरुवात ‘इन्ट्रोभर्ट’ मानिने नेताद्वय यादव र डा भट्टराईले गरे।

‘मध्यमार्गी लोकतान्त्रिक–समाजवादी शक्तिका रुपमा अहिले पनि मधेशमा हाम्रो आधार बलियो छ, तर देशका लागि नयाँ राजनीतिक शक्ति निर्माण गर्न हामीले संघीय समाजवादी पार्टीसँग एकता गर्यौँ’ आफ्नो बोल्ने पालो आएपछि उपप्रधानमन्त्री समेत रहेका यादवले भने, ‘पछि डा भट्टराईले माओवादी छाड्नुभयो, त्यसपछि त्यो (माओवादी) पार्टी भताभुङ्ग हुन थाल्यो।’

आफूले छाडेकाले माओवादी भताभुङ्ग भएको भन्ने पार्टी अध्यक्ष एबं अध्यक्ष यादवको भनाईसँग डा भट्टराई ‘असहमत’ देखिए। ‘तपाईंले पनि छाड्नु भएकाले त्यस्तो (भताभुङ्ग) भएको हो’ डा भट्टराईले भने, ‘मैले मात्रै छाडेकाले त्यस्तो (भताभुङ्ग) भएको हो।’

०४८ को निर्वाचनमा सुनसरीबाट एमालेको उम्मेदवार रहेका यादवले विसं २०५० को दशकको सुरुवातमा एमाले परित्याग गरी मधेशी मुद्धामा पैरवी गर्ने गरी मधेशी जनअधिकार फोरमको स्थापना गरेका थिए। गैरसरकारी संस्थाको रुपमा गठन गरिएको त्यही फोरमलाई ०६२ मा यादवले राजनीतिक पार्टीको रुपमा परिणत गरेका थिए।

तर, त्यसअघि नै यादव माओवादी राजनीतिमा पनि केही समय सक्रिय रहे। तर, पूर्वदेखि पश्चिमसम्मको मधेश वा मिथिला र थारुवान प्रदेश सहितको मधेश भन्ने विषयमा पार्टीभित्र सुरु भएको विवादसँगै माओवादीबाट अलग भए। त्यही विषयमा प्रचण्डसँग नयाँदिल्लीमा छलफल गर्न जाँदा मातृका यादव र सुरेश आले मगरसँगै पक्राउ परेपछि पक्राउको दोष उनीमाथि लगाइएसँगै माओवादीसँगको उनको सम्बन्ध अन्त्य भएको थियो।

आफूले परित्याग गरेपछि माओवादी भताभुङ्ग हुन पुगेको यादवले बताएपछि त्यसप्रति असहमति जाहेर गर्दै डा भट्टराईले यादवलाई सो जवाफ फर्काएका हुन्।

यादवपछि बोल्ने पालो थियो, बरिष्ठ नेता अशोक राईको। आफ्नो बोल्ने पालो आउँदा राईले पनि पार्टी परित्यागको प्रसंग निकाले। संघीयतासम्बन्धी तत्कालिन एमालेको अनुदार नीतिप्रति असहमति प्रकट गर्दै पार्टी परित्याग गरेर संघीय समाजवादी पार्टी स्थापना गरेका थिए, जो पछि यादव नेतृत्वको फोरमसँग एकता गरेपछि संघीय समाजवादी फोरम बन्न पुगेको थियो।

‘उपेन्द्रजी पनि पहिले एमालेमा हुनुहुन्थ्यो, म पनि एमाले छाडेर यहाँसम्म आइपुगेको हुँ’ बोल्ने पालो आएपछि राईले भने, ‘मैले पार्टी छाडेँ, मैले छाडेपछि त्यो पार्टी (तत्कालिन एमाले, हाल नेकपा) झन् मौलाएर गयो।’

 उनले एमाले–माओवादी केन्द्रबीच चुनावी गठबन्धन र पार्टी एकता भएपछि बनेको नेकपाको सफलताप्रति संकेत गरेका थिए। आफ्नो परित्यागले एमाले कमजोर हुन्छ भन्ने सोचेपनि त्यस्तो नदेखिएको संकेत गर्दै उनले थपे, ‘परिणाम हेर्दा अहिले त्यस्तै देखिन्छ।’

झण्डै दर्जनको संख्यामा रहेका सम्पादकहरुले डा भट्टराई र यादवलाई त्यति विभिन्न प्रश्न गरेका थिए।

प्रश्नको जवाफ दिँदै डा भट्टराईले ‘समाजवादी पार्टी नेपाल’ बैकल्पिक राजनीति गर्ने पार्टी नै भएको दावी गरे, अनि पुराना पार्टीहरुको विकल्पको रुपमा आफ्नो पार्टी उदाउने दावीपनि गरे। नयाँ पार्टीले राज्य पुनरसंरचना आयोगको प्रतिवेदन अनुसार ११ प्रदेशको माग किन गरेको हो, त्यसको जवाफ दिने कोशिष पनि गरे।

उनको सबैभन्दा रोचक जवाफ चाहिँ ‘पार्टीमा किन दुई अध्यक्षको व्यवस्था गरियो?’ भन्ने प्रश्नको थियो। ‘नेतृत्वको हानथापका कारण दुई अध्यक्ष बनाइएको होइन’ उनले भने, ‘सम्भावित आरोपको खण्डनका लागि हामीले यो व्यवस्था गरेका हौँ।’

उनले थपे, ‘पोलिटिक्स भनेको सैद्धान्तिक पाटो त हुँदै हो, तर व्यावहारिक र अन्य पार्टी पनि हुन्छ। अन्तरिम अवस्थाका लागि यो (द्विअध्यक्षीय) प्रणाली अपनाएका हौँ, हामी कसैले कसैलाई पनि नेता मान्न तयार छौँ। कुनै पार्टी (राजपा) मा ६ अध्यक्ष छन्, सबै एउटै समुदायका। कुनै पार्टी (नेकपा) मा दुई अध्यक्ष छन्, त्यहाँपनि एउटै समुदायका। तर, हाम्रोमा उपेन्द्र यादवजी मधेश राजनीतिबाट आउनुभयो, त्यहाँ मधेशका सेन्टिमेन्ट छ। उहाँ अध्यक्ष नहुँदा ‘ल, अहिलेसम्म पहाडले मधेशमाथि शासन गर्यो, फेरि उपेन्द्रले पार्टी लगेर पहाडेलाई बुझाइदियो, आत्मसमर्पण गर्यो भनेर उहाँको घाँटी समात्ने। यतातिर पहाडे मानसिकता कस्तो छ भने फेरि, मधेशी भनेको भारतीय हुन्। अलिकति श्याम (कालो) बर्णका मान्छे नेपाली होइनन्। बाबुरामले हिजो संविधान जारी भएपछि मधेशमा जाने बित्तिकै भारतले उचाल्यो भनेर तपाईंहरुले नै परोक्ष रुपमा उठाइराख्नु भएको छ नि–बाह्यशक्ति आदि इत्यादि भनेर। उपेन्द्रजी अध्यक्ष बनेपछि त केही भन्नै परेन– यो त भारतको दलाल हो भनिदिए भइहाल्यो। बाबुरामले उपेन्द्रलाई अध्यक्ष बनाएपछि, ‘ल, छोड्यो बाबुरामले भारतको आदेशमा, पुरै लगेर बुझाइदियो’ भनेर फेरि यहाँ बसिखानु हुँदैन। हाम्रै भाई–खलक जुन खसआर्य समुदाय छ, त्यसको एकपक्षीय राष्ट्रवाद जागिहाल्छ। त्यसैले, अन्तरिम व्यवस्थाको रुपमा दुई वटा अध्यक्षको व्यवस्था गरिएको हो।’

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 20:24:12
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...