अहंकार छोडि जनताकाे मन जित्न ओलीलाई नेपालकाे सुझाव



माधव कुमार नेपाल
माधव कुमार नेपाल

सत्तारुढ दलका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अंहकार छोडि जनताको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिएका छन्।

युवा संघ नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतन तर्फ डोहाेर्याउने भन्दै कम्युनिष्ट आन्दोलनलाई बचाई लोकप्रिय बनाउने तर्फ गम्भीर बन्न सुझाव दिएका हुन्।

उनले बहुमतको अंहकारमा नपर्न पनि सरकारलाई सचेत गराए। उनले भने, ‘हाम्रो काम र व्यवहारले नै जनताको मन जित्न सक्दछ। जनताका पीर,मर्कामा सहयोगी भयौँ भने, जनताको दुख कष्टमा साथ दियौँ भने अनि जनताको सुखमा पनि रमायौँ भने अनि जनताले हामीलाई मन पराउनेछन्। नभए त्यतिकै जनताले मन पराउँछन् भनेर त्यसको ग्यारेण्टी गरेर बस्न सक्दैनौँ। ख्याल गर्नुहोस्। ख्याल गर्नुहोस्। यस अर्थमा पनि जनताका समस्याहरु के हुन्? जनताका चाहानाहरु के हुन्? जनता के भनिरहेका छन्? त्यो सुन्नुहोस्। म जोड दिन चाहन्छु। हाम्रो बानी के भएको छ भने भन्ने बोल्ने। सुन्ने कम।’

अहिले सम्पुर्ण कम्युनिष्ट नेताहरुको आचरण र व्यवहारमाथि नै परिक्षण भईरहेको भन्दै उनले आचरण र व्यवहारका कारण नै विकृति फैलिएको त छैन भन्ने तर्फ विचार पु्याउन नेतृत्वको ध्यानाकर्षण गराए। सिद्धान्तको अध्ययन र विचारलाई ग्रहण गर्दे संस्थागत नियम र विधिको पालना गरि संगठनात्मक जिम्मेवारी अघि बढाउन पनि उनले आग्रह गराए।

उनले भने, ‘हाम्रो आचरण र व्यवहारमा कतै ठुला समस्या त खडा भएका छैनन्? अनौठो खालका विकृतिहरु झांगीएका त छैनन्? भ्रष्टाचार, जनसम्बन्ध, व्यवहारसँग जोडिएको होस्। पारदर्शीता छ कि छैन? कमिटीभित्र सबै कुराहरु छलफल हुन्छ कि हुँदैन? कामको बाँडफाँड गरिन्छ कि गरिँदैन? योग्यता क्षमताको मुल्यांकन गरिन्छ कि गरिँदैन? यी जम्मै कुराहरुलाई हेर्नुहोस्। किनभने अन्त्यमा तपाईको व्यवहारले नै मान्छेको मन जित्छ।’

भाषणको प्रतिष्पर्धामा जान चाहन्न भन्दै आफ्नो सम्बोधन सुरु गरेका पुर्वप्रधानमन्त्री नेपालले सामाजिक न्याय सहितको सम्मृद्धि मुठ्ठी भरको जमातका लागि नभएको भन्दै शिक्षा, रोजगारी तथा जनतासँग जोडिएको गास बासका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए।

समाजवादको कुरा गर्दा सोभियत संघ विघटन भएर पतन भएको, चीन ठुलो संकटमा पुगेर पनि नयाँ गतिका साथ अघि बढेको प्रस‌ंग उल्लेख गर्दै उनले कमजोरी खोज्ने र हटाउने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले चुनावदेखी नै प्रगति गरेको भएपनि यथेष्ट प्रगति नभएको भन्दै दुई तिहाईको दंम्भमा बस्ने अवस्था नरहेको तर्फ सरकारको ध्यानाकर्षण गरनए। उनले भने, ‘प्रगति यथेष्ट छैन। अझै पनि हामीले ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौ। ख्याल गर्नुहोस् दुई तिहाई होइन। धेरै जनताको विश्वास जित्न बाँकी छ। धेरै जनताको माझमा पुग्न बाँकी छ। धेरैलाई हामीले आफ्नो पक्षमा ल्याउनु जरुरी छ। त्यो के बाट गर्न सक्छौ? राम्रो कामबाट।’

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 19:58:59
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...