ओली सरकारमा बस्ने वा छाड्ने भन्ने विषयमा उपेन्द्र अझै धरमरमा



अध्यक्ष उपेन्द्र यादव
अध्यक्ष उपेन्द्र यादव
फाइल फोटो

केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार छाड्ने नछाड्ने विषयमा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा उपप्रधानमन्त्री अझै धरमरमा देखिएका छन्।

यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम दुई बुँदे सहमतिमार्फत् सरकारमा सामेल भएको डेढ बर्ष बितिसकेको छ। तर, फोरमको माग अनुरुप संविधान संसोधनको प्रक्रिया बढेको छैन।

प्रतिपक्षी बेञ्चमा रहेको डा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालसँग एकता गरी ‘समाजवादी पार्टी, नेपाल’ गठन गरेपछि यादव सत्ताबाट बाहिरिने अनुमान गरिँदै आएको छ।

एकतापछि सो पार्टीले पहिलो पटक राजधानीको एक होटलमा अनलाइन, राष्ट्रिय दैनिक र टेलिभिजनका सम्पादकहरुसँग बुधबार एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो, जहाँ दुई बुँदे सहमति अनुसार संविधान संसोधन नभएको स्थितिमा समाजवादी पार्टीले सरकार छाड्छ वा छाड्दैन? भन्ने प्रश्न उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग सम्पादकहरुले गरे।

‘हामीलाई पनि सरकारमा जानुपर्ने आवस्यकता थिएन, हामीलाई नलगी बहुमत नपुग्ने स्थिति नेकपालाई पनि थिएन’ यादवले जवाफ दिए, ‘संविधान संसोधन र राष्ट्रिय समस्या समाधानको दुई बुँदे सहमति भएपछि हामी सरकारमा गएका हौँ, यिनै दुई मिसन लिएर सरकारमा सहभागी भएका हौँ।’

यति जानकारी गराइसकेपछि उनले मिसन सफल नभए आफूहरु सरकारबाट ‘ब्याक’ हुने बताए। तर, ‘यो डेढबर्षको अवधिमा ‘मिसन सफल’ हुने छाँटकाँट छ कि छैन त?’ भन्ने प्रश्नको भने स्पष्ट जवाफ दिएनन्।

‘स्थिति कस्तो छ, तपाईंहरुले देखिहाल्नु भएको छ’, उनले भने,  ‘मिसन अघि बढ्यो भने सरकारलाई हामी सहयोग गर्छाैँ, मिसन अघि बढेन भने चाहिँ सरकारबाट ब्याक हुन्छौँ।’

दुई बुँदे सहमतिमार्फत् यादव नेतृत्वको तत्कालिन फोरमलाई सरकारमा सामेल गरी सरकारको पक्षमा दुई तिहाई बहुमत पुर्याएका प्रधानमन्त्री ओलीले आवस्यकता र औचित्यताका आधारमा संविधान संसोधन हुने बताउँदै आएका छन्। सम्पादकहरुले ओलीको यो भनाईको स्मरण पनि यादवलाई गराए।

‘त्यस (आवस्यकता र औचित्यका आधारमा संविधान संसोधन गरिने कुरा) को व्याख्या उहाँहरु (ओली र प्रचण्ड) नै गर्नुहोला’ यादवले भने, ‘यदि सहमति अनुसार गर्नुभएन भने राजनीतिक दुर्घटना हुन्छ, त्यो स्थितिमा संघीय गणतन्त्र नै धरापमा पर्छ।’ 

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 18:49:48
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...