चिनियाँ राजदूतलाई कुराएपछि प्रचण्डले माफी मागे



होउ यान्छी
होउ यान्छी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीसँग माफी मागेका छन्।

चिनियाँ राजदुत होउ यान्छीलाई भेट्न खुमलटारस्थित घरमा बोलाएका प्रचण्डले आफैले दिएको समयमा भेट्न नपुगेपछि परिवारका सदस्यमार्फत माफी मागेका हुन्।

तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ औँ स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सम्बोधन गर्न आएका दाहाले कार्यक्रममा आफू तनावमा परेको भन्दै चिनियाँ राजदुतलाई भेट गर्ने समय दिएर जान नसकेपछि परिवारका सदस्य मार्फत माफी मागेको जानकारी दिएका हुन्।

उनी युवा संघको कार्यक्रममा दिउँसो १ बजेतिर पुगेका थिए। चिनियाँ राजदूत यान्छीले ४ बजे भेटवार्ताका लागि दाहालसँग समय लिएकी थिइन। निर्धारित समयअनुसार उनी भेटवार्ताका लागि दाहाल खुमलटार समेत पुगेकी थिइन।

तर, कार्यक्रम लम्बिएर ४ बजे आफ्नो सम्बोधनको पालो आएपछि दाहालले सार्वजनिक रुपमै आफू तनावमा परेका बताएका थिए। समय अभाव भएको भन्दै उनले पूर्ववक्ताको भनाईमा समर्थन जनाउँदै आफ्नो सम्बोधनसमेत छोट्याएका थिए। 

दाहालले भनेका थिएः

‘यस समारोहमा हाम्रा नेता साथीहरुले गम्भीर कुराहरु राख्नुभयो। तपाईहरुले देख्नुभयो होला यहाँ अन्तिम अन्तिमतिर आउँदा म टेन्सनमा छु थोरै। मैले घडी हेरेनछु, तपाईहरुको कुरा सुन्दा, तपाईहरुसँग बस्दै गर्दा। मजाले बसेछु म त। तर, ४ बजे मैले चिनियाँ राजदूतसँग मिटिङ्ग थियो अहिले। ४ यहाँ बजिसक्यो, उहाँ खुमलटार पुगिसक्नुभएछ। अब मलाई टेन्स नहुने त कुरै भएन। मैले खबर त गरे, एकछिन चिया खुवाएर राख्नु, माफ माग्नु भनेर भनेको छु। तर, यहाँ तपाईहरुमाँझ प्रस्तुत गर्ने सबै विषय गोलमाल भयो। त्यसकारण अगाडिकै साथीहरुको धेरै कुरामा समर्थन गरेकै छु मैले। म एक दुइटा कुरा मात्रै भन्न चाहन्छु।’

युवा संगठनको एकीकरण घोषणा जेठ ३ मा

त्यसअघि दाहालले संक्षिप्त मन्तब्य राख्दै पार्टीका युवा संगठनहरुको एकीकरणको काम दुई दिन भित्र टुंगो लगाइने घोषणा गरेका थिए।

अध्यक्ष दाहालले जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको पनि स्पष्ट पारे। उनले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकीकरणको काम सम्पन्न हुने गरी भोली बिहान पार्टीको सचिबालयको बैठक बोलाइएको पनि जानकारी दिए।

अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने अध्यक्ष दाहालको भनाई छ। अध्यक्ष दाहालले पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण पनि गराए। उनले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताए। तर उहाँले के गर्न खोजेको हो भन्ने चाँही स्पष्ट पारेनन्।

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 18:30:10
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...