अन्तर्राष्ट्रिय प्रांगारिक कृषि सम्मेलन सम्पन्न



दुई दिने अन्तर्राष्ट्रिय प्रांगारिक कृषि सम्मेलन सकिएको छ।

गत ३१ र १ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा भएको सम्मेलन प्रांगारिक कृषि प्रवद्र्धनका लागि भएका प्रयासबारे अन्तक्र्रिया गर्दै सम्पन्न भएको हो।

प्राङगारिक कृषि प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अनुभव र प्रयासहरुको बारेमा जानकारी लिन यो कार्यक्रम आयोजना गरेको सम्मेलनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललगायतले सहभागिता जनाएका थिए। सम्मेलनमा क्युवा, भुटान र भारतका प्राङगारिक कृषिसंग सम्बन्धित विशेषज्ञ, अभियन्ता र वैज्ञानिकहरुले आ आफ्ना देशमा प्राङगारिक कृषि प्रवद्र्धनका लागि भएका प्रयासहरुका बारेमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

यसै क्रममा नेपाली कृषकहरुले पनि प्राङगारिक कृषिसंग सम्बँिधत आफ्ना अनुभवहरु आदान प्रदान गरेका थिए ।

कार्यक्रममा नेपालका संघीय कृषि तथा पशुपन्छी बिकास मन्त्रालयमा मन्त्री र राज्य मन्त्री, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीहरु, संघीय तथा प्रदेश सांसदहरु, कृषि क्षेत्रका उच्च पदस्थ सरकारी कर्मचारीहरु, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरु, स्थानीय तहका प्रमुखहरु, प्राङगारिक कृषिका अभियन्ताहरु, किसान सघसंगठनहरु, गैर सरकारी क्षेत्रका प्रतिनिधिहरु, कृषि व्यवसायीहरुलगायतका विभिन्न क्षेत्रको सहभागिता रहेको थियो ।

सम्मेलनले हाम्रो जस्तो देशको अवको कृषि विकासको बाटो भनेको प्राङगारिक कृषि नै भएकोले यस तर्फ राज्यले प्राथमिकताका साथ दीर्घकालीन नीति, कार्यक्रम बनाई अघि बढ्नुपर्ने, रासायनिक मल र विषादीको विकल्पका प्रविधिहरुको विकास र विस्तार गरी कृत्रिम रसायन, रसायनमा आधारित विषादी, हर्मोन र नसड्ने प्लाष्टिक बिस्थापित गर्नु पर्ने, सबैतहको शैक्षिक पाठ्यक्रममा प्रकृति, खेतीपाती र पोषिलो खाना समावेश गर्नुपर्ने, आम नागरिकको जागरणका कामहरु गर्नुपर्नेलगायतका सुझाव सम्मेलनले दिएको छ।

त्यस्तै प्राङ्गारिक कृषि प्रवद्र्धनका लागि तिनै तहका सरकारहरुमा छुट्टै संस्थागत संरचनाहरु आवश्यक पर्ने, रसायन प्रयोग नै नभएका क्षेत्रहरुको पहिचान गरी प्राङ्गारिक क्षेत्र विस्तार गर्नुपर्नेलगायतका विषयहरुमा पनि सम्मेलनका सहभागीले जोड दिएका थिए।

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 17:56:11
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...