काठमाडौं

बिचारमा अलमल रहिरहे नेकपाले दुर्गति भोग्नुपर्छः उपप्रधानमन्त्री पोखरेल



ईश्वर पोखरेल
ईश्वर पोखरेल

नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचार र राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन्।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका नेता पोखरेलले युवा संघ नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दे एकताबद्ध भएको पार्टी विचारमा सुस्पष्ट हुनुपर्ने धारणा राखेका हुन्।

विश्वमा भएका घटना नेपालमा पनि दोहोरिन सक्ने भन्दै उहाँले विचारको स्पष्टतालाई नेतृत्वले विशेष महत्व दिनुपर्नेमा जोड दिए। उनले विचारमा स्पष्ट हुन नसके कम्युनिष्ट पार्टी एकताबद्ध भएर ठुलो बनेपनि निर्णायक जीत हासिल गर्न नसक्ने तर्क गरे।

उनले भने, ‘संसारमा हामीले देख्यौ कम्युनिष्ट पार्टीहरु ठुला ठुला बने। राज्यसत्ता कब्जा गरे। शासन संचालन गरे। तर ती कम्युनिष्ट पार्टीहरु पूँजीवादीहरुले एउटा पनि गोली प्रहार नगरिकन तासका महल ढले जस्तो भएर ढले। हाम्रो एकतावद्ध भएको कम्युनिष्ट पार्टी कुनै हालतमा पनि त्यस्तो हुनुहुन्न। हामी सबैले यसमा खबरदारी गर्नुपर्ने जरुरी छ।’

आर्थिक विकास र सम्मृद्धिको कुरा गरिरहदा ठोस नीति, कार्यक्रम, योजना र आचरण स्पष्ट हुनुपर्नेमा उनले जोड दिए। राजनीतिक कार्यदिशाले सम्बोधन गर्ने विषय सार्थक ढंगले आउन नसके पार्टी एकढिक्का भएपनि दिशाहिन अवस्थामा पुग्ने उनको तर्क थियो।

उनले भने, ‘हाम्रो पोलिटिक्स अब आर्थिक विकास र सम्मृद्धिमा कसरी केन्द्रीत हुने हो? यसको बारेमा छलफल हुनुपर्दछ। यदि यो छलफल भएर हामी ठिक ढंगले निष्कर्षमा पुग्न सकेनौ भने बास्तवमा हामी न हाँसको चाल न कुखुराको चाल हुन पुग्छ। त्यो र्दुभाग्यपुर्ण स्थिति आउन दिन हुदैन।’

विचारमा स्पष्ट हुन नसके सिंगो पार्टी नै अलमलमा पर्ने र अन्तत कम्युनिष्ट पार्टीले नै दुर्गति भोगनुपर्ने भन्दै उनले त्यसतर्फ सधै चनाखो हुनुपर्ने आवश्यकता औल्याए।

उनले भने, ‘हाम्रो राजनीतिक कार्यदिशासंग गासिएका कुराहरुमा हाम्रो स्पष्टताको जरुरत छ। विचारको मामिलामा हामी स्पष्टताका साथ अगाडि बढ्नु पर्दछ। राजनीतिक कार्यदिशाका सन्र्दभमा पनि स्पष्टता हासिल गरेनौ भने हामी अलमलमा पर्छौ। अलमलमा परेको कम्युनिष्ट पार्टी दुरगति भोग्नु बाहेक अर्को उपलब्धि हुन सक्दैन। र हामी दुरगतिलाई स्वीकार गर्न सक्दैनौ।’

उनले विगतको अभ्यास भन्दा फरक अभ्यास र प्रणालीबाट अघि बढ्नुपर्ने भएकाले संगठनात्मक सदृढताको खाँचो औल्याए। उनले भने, ‘श्रृंखलावद्ध कमिटी प्रणाली नहुने हो भने कम्युनिष्टहरु भीडमा शक्ति प्राप्त गर्न सक्दैनन्। संगठनमा मात्रै शक्ति प्राप्त गर्छन्। र यो संगठन भनेको श्रृंखलावद्ध कमिटी प्रणालीमा प्रकट हुन्छ। प्रकट हुनुपर्दछ।’

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 17:30:56
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...