अक्सफोर्ड पढेकी शिक्षा अभियन्ताको राजनीतिक परीक्षा



आप उम्मेदवार अतिशी (रातो कुर्ता लगाउने)
आप उम्मेदवार अतिशी (रातो कुर्ता लगाउने)

'तपाईले खेलिरहुन भएको खेल निष्पक्ष छैन भन्ने थाहा भएपछि पनि शुरुमा त्यो खेल जितेर मात्रै अहिले भएको नियमलाई परिवर्तन गर्नसक्नु हुन्छ।'

अतिशीले विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय पढिन्। गाउँमा काम गरिन्। भ्रष्टाचारविरोधी अभियानको हिस्सा बनिन्। यो उनले राजनीति प्रवेश गर्नुअघिको कुरा हो।

राजनीतिमा अतिशीको रोजाइ भ्रष्टाचारविरोधी पृष्ठभूमिबाट जन्मिएको आम आदमी पार्टी बन्यो। उनको अवधारणामा आपको दिल्ली सरकारले सरकारी विद्यालयको स्तरवृद्धिमा गजबको सफलता पाएसँगै पार्टीले लोकसभा निर्वाचनमा उम्मदेवार बनाएको छ।

यो सामग्री उनै अतिशीको राजनीतिक यात्राबारे हो।

केही समयअघिसम्म भारतको राजधानी दिल्लीमा आम आद्मी पार्टी (आप)को प्रतिनिधित्व गर्दै टेलिभिजन बहसहरुमा भाग लिन उनी आउँदा विपक्षीहरुले पनि 'अतिशीजी तपाईँले राम्रो काम गर्नु भएको छ, त्यसमा हाम्रो सहमति छ' भन्थे। दिल्लीका शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकारको रुपमा अतिशीको नेतृत्वमा दिल्लीका सरकारी स्कुलहरुले राष्ट्रिय परिक्षामा निजीभन्दा राम्रो परिणाम दिएका थिए।

भौतिकपूर्वाधारको अभावलाई हटाउन ८ हजार कक्षा कोठा थपिए। र सबै स्कुलमा पहिलो पटक अभिभावक–शिक्षकको बैठकहरु आयोजना गरिए। तर उनलाई सो जिम्मेवारीमा थप बस्न दिइएन। केन्द्र सरकारबाट स्वीकृति नभएको दरबन्दी भन्दै भारतको गृहमन्त्रालयले गत वर्ष उनको पदै खारेज गरिदियो। केन्द्र सरकारको त्यो निर्णयबाट बचिलित नभएको उनले हाँस्दै सुनाइन्, 'दिल्ली सरकार यस्ता फ्रस्टेसनसँग बानी परिसक्यो।'

अतिशीले प्रतिनिधित्व गर्ने दल आपको उदय २०१४ को संसदीय चुनावमा सरकार परिवर्तन गराउने सन् २०१२ को भ्रष्टाचार विरोधी अभियानबाट भएको हो। त्यही चुनावबाटै प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी९भाजपा०को सत्तामा पुगे। तर आप र भाजपा एक अर्कालाई देखि सहँदैनन्।

सन् २०१५ मा आपले दिल्ली विधानसभाको चुनाव जित्यो र सरकार चलाउँदै आएको छ। दिल्ली पूर्ण राज्यको मान्यता पाएको छैन। प्रहरी र सर्वाजनिक सेवादेखि नियुक्तिहरुसम्मका विषयमा मोदी सरकार (केन्द्र) नियन्त्रणमा छन्।

अतिशीले सल्लाहकारको रुपमा एक रुपैयाँ लिने गरेकी थिइन्। जब उनलाई हटाइयो त्यसको चौतर्फी आलोचना भयो। उनी आम मानिसको आँखामा बस्न सफल भइन्। त्यो निर्णयले संसदीय चुनाव लड्ने योजनासहित केही समय काम गर्न थालिन्।

'यो बरदान जस्तो भयो। उनले आफ्नो पदबाट राजिनामा (चुनाव लड्न) दिएकी होइनन्', आम आद्मी पार्टीका सोसल मिडिया इन्चार्ज अंकित लाल भन्छन्। अतिशी पूर्वी दिल्लीको संसदीय क्षेत्रबाट चुनाव लडेकी छिन्। आइतबार मात्रै सो निर्वाचन क्षेत्रमा मतदान भएको छ।

दिल्ली विश्वविद्यालयकी टपर र शिक्षामा रोड स्कुलको फेलो अतिशी पतिसँग मिलेर मध्य प्रदेशमा गाउँहरुमा अर्गानिक फर्मिङ, स्कुल, गाउँ सभा र पञ्चायतु मा काम गरिन्। त्यो समयमा दिल्लीमा भ्रष्टाचारविरोधी अभियान शुरु भएको थियो।

ग्रामीण क्षेत्रमा पाँच वर्ष काम गरेपछि ठूलो परिणाममा परिवर्तन ल्याउने हो भने राजनीतिक 'एक्सन' चाहिने उनले बुझिन्। 'त्यो समयमा भ्रष्टाचारविरोधी अभियान भारतमा शुरु भएको थियो। यो धेरै नै चाखलाग्दो थियो धेरै मानिस सडकमा आएको परिवर्तनको माग गरिरहेका थिए', उनले स्मरण गरिन्।

प्रसिद्ध वकिल तथा सो अभियानका नेता प्रशान्त भूषणसँग उनको हिमाञ्चलमा भेट भयो। उनले अतिशीलाई पार्टी भित्र्याए। उनी नेता बनिन्। प्रारम्भमा अतिशीले उनीहरुको अनुसन्धान समूहमा काम गरेकी थिइन्। पार्टी नेताहरुमध्ये एक योगेन्द्र यादवको नेतृत्वमा पहिलो घोषणा पत्र तयार पारेको श्रेय पनि उनलाई जान्छ।

सन् २०१३ र त्यसपछि सन् २०१५ मा भएको विधानसभाको चुनावमा पुग्दा अतिशी पार्टीको टेलिभिजन फेस बनिसकेकी थिइन्। 'विषयबस्तुमा उनको बुझाइ व्यापक छ। उनी हिन्दी र अंग्रेजी दुवैमा राम्रोसँग संवाद गर्न सक्छिन्। त्यही कुराले उनलाई अघि बढाएको हो', पार्टीमा शुरुका दिनदेखि अतिशीको काम देखेका एक नेता भन्छन्, 'यो बाहेक समाज र राजनीतिपरक विषयवस्तुमा उनको राम्रो ज्ञान छ।'

सन् २०१५ मा पार्टीको आन्तरिक विवादमा अरविन्द केजरीवाल हावी भए भुषण र यादव दुवै पार्टीबाट निलम्बित भए। अतिशीले केजरिवालसँगै रहिन्।

यादवले स्वराज इन्डिया नामको नयाँ दल गठन गरे। स्वराज इन्डियाले दिल्लीको मतदाताहरुलाई नोटा (नन अफ द एभव) बटम दबाउन आह्वान गरेको थियो। स्वराजको यो आह्वान भाजपालाई जिताउन सहयोगी हुने ठान्नेहरुले यादवको आलोचना गरेका छन्।

अतिशी केजरीवाल जस्तो मास लिडर भने होइनन्। अन्तर्वार्ता क्रममा उनको शान्त स्वाभव देखिन्छ। भद्र रूपमै उनी विपक्षीलाई तर्क तथ्यको आधारमा हायलकायल बनाउँछिन्। ३७ वर्षिया अतिशी आपले दिल्लीमा उम्मेदवार बनाएको सातमध्ये एक मात्रै महिला उम्मेदवार हुन्। पार्टीको निर्णय गर्ने सर्वोच्च निकाय ८ सदस्यीय राजनीतिक मामिला समितिको पनि एक मात्रै महिला नेतृ हुन्। 

स्कुलमै फर्कौ
सन् २०१५ जुलाईबाट दिल्लीको शिक्षा सल्लाहकार बनेपछि अतिशीले बृहत रुपमा सुधारको कार्यक्रम शुरु गरिन्। जसमा शिक्षकलाई तालिमदेखि शौचालयको सरसफाइसम्म रहेको छ। भारतको सरकारी तथा निजी स्कुलबीच स्पष्ट खाडल छ। 'कुनै पनि अभिभावकहरुको विकल्प बाँकी हुन्जेलसम्म आफ्नो छोराछोरीलाई सरकारी स्कुल पठाउन चाहादैनन्', दिल्लीको निजी स्कुल पढेकी अतिशी भन्छिन्। भारतको राजधानीमा पछिल्लो समय यो परिदृश फेरिँदै गएको छ।

अहिले उनले गरेको कामलाई पार्टीले आफ्नो प्रमुख विषयहरुको रुपमा उठाएको छ।

दिल्लीको आप सरकारले सरकारी स्कुल बाहिर पनि शिक्षामा काम गरेको छ। उनीहरुले निजी स्कुलमा शुल्क बढाउने विषयविरुद्ध कडा नीति अख्तियार गरेका छन्। ुपछिल्लो चार वर्षमा निजी स्कुलमा न्युन मात्रै शुल्क बढेको छु, अतिशीले भनिन्। उनले अघि सारेका केही विषय भने विवादमा पनि परे। जसमा सबै सरकारी स्कुलको कक्षा कोठामा सिसिटिभी क्यामेरा जडान गर्ने पनि एउटा हो। शारीरिक दण्ड र बुलिङ रोक्न त्यो कदम आवश्यक रहेको उनी बताउँछिन्।

अहिले उनको ध्यान उच्च शिक्षा सुधारमा केन्द्रित छ। दिल्लीले पूर्ण मान्यता पाए उनी दिल्लीमा कलेज बनाउने बताउँछिन्। सरकारले चलाउने यस्ता कलेजमा ८५ प्रतिशत सीट दिल्लीका स्थानीय बासिन्दाले भर्ना पाउनेछन्। चुनाबी दाैडमा उनले यो विषयलाइ पनि प्रचारको विषय बनाएकी छिन्।

नयाँ लडाइ

भारतमा जारी चुनावमा अतिशीको प्रतिस्पर्धीमा देशभर चिनिने पूर्व क्रिकेटर गौतमसँग भइरहेको छ। पूर्वी दिल्लीको यो क्षेत्रमा अतिशीको उम्मेदवारी निकै अघि घोषणा भएको हो। चुनावको केही दिनअघि मात्रै भाजपाले गम्भीरलाई टिकट दिएको हो। अतिशीले गम्भीरको मतदाता परिचय पत्र दुई स्थानमा रहेको भन्दै उनलाई अदालतमा समेत पुर्‍याएकी छिन्। उनले विषयहरुमा खुला बहसमा आउन गम्भीरलाई चुनौती दिएकी छिन् जसलाई गम्भीरले अस्वीकार गर्दै आएका छन्।

'दिल्ली कहिले पनि सेलिब्रिटी उम्मेदवारका लागि होइन। यहाँ धेरै सेलिब्रिटीहरुले चुनाव हारेका छन्', उनले भनिन्।

दिल्ली विश्वविद्यालयमा पढाउने उनका बामपन्थी बाबुआमाले मार्क्स र लेनिनको नामलाई मिलाएर उनको नाम मार्लेन राखिदिएका थिए। यो नाम क्रिश्चियन जस्तो सुनिन्छ। हिन्दु बाहुल रहेको उनको निर्वाचन क्षेत्रमा त्यसले बेफाइदा पुर्‍याउने देखिएपछि उनले सो नाम हटाएकी छिन्। उनी क्रिस्चियन भएको भन्दै ुआरएरएस९राष्ट्रिय स्वयम सेवक संघ०ले पूर्वी दिल्लीको पञ्जावी पकेट क्षेत्रमा हल्ला फैलाएको थियो।

भाजपा आरएसएसको राजनीतिक इकाइ हो। सन् १९४७ मा भारत पाकिस्तान विभाजित हुँदा पाकिस्तानबाट लखेटिएहरुको पञ्जावीहरुको बस्ती पूर्वी दिल्लीमा रहेको छ। अतिशीले वर्षां पहिले आफ्नो नामबाट थर सिंह हटाएजस्तै मार्लेन हटाएको बताउँछिन्। सिंह राजपुत हो।

जात र धर्मभन्दा पनि मानिस काममा केन्द्रित होस् भनेर सिंह छाडेको उनी बताउँछिन्। तर पहिचानको राजनीति उच्च रहेको भारतमा उनको दलले पनि उनको जातको विषयमा प्रचार भने गरेको थियो। 'राजनीतिमा सधैँ कम खराब र बढी खराबको छनोट विषय हुँदै आएको छ', अतिशीले भन्छिन्, 'तपाईले खेलिरहुन भएको खेल निष्पक्ष छैन भन्ने थाहा भए भने पनि शुरुमा त्यो खेल जितेर मात्रै अहिले भएको नियमलाई परिवर्तन गर्नसक्नु हुन्छ।' (क्वाटर्ज इन्डियाबाट अनुवाद)

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 11:09:25
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...