बजेटको प्राथमिकता क्षेत्रगत होइन, नीतिगतः अर्थमन्त्री खतिवडा



 डा‍. युवराज खतिवडा
डा‍. युवराज खतिवडा

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दीगो विकासको अवधारणालाई बजेटले आत्मसात गर्ने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले द्वन्द्व नबढाउने, शान्ति प्रक्रियालाई बलियो बनाउने, असमानता घटाउने, पूँजीले श्रमको शोषण नगर्ने र भएको आर्थिक वृद्धिको समन्यायीक वितरण लाई नै बजेटले आत्मसाथ गर्ने बताए।

उनले क्षेत्रगत भन्दा नीतिगत प्राथमिकतालाई बजेटले आत्मसाथ गर्ने स्पष्ट पारे। खासवर्ग र क्षेत्रबाट निर्देशित आर्थिक वृद्धि अर्थात् वित्तिय पूँजीवाद र प्रविधिमा आधारित पूँजीवादले श्रमको शोषण गर्ने भएकाले दीगो नहुने दाबी उनले गरे। आर्थिक वृद्धिको आधार फराकिलो भए मात्रै दिगो विकास हुने उल्लेख गर्दै उनले आर्थिक वृद्धि सँगसंँगैै सामाजिक न्याय र वितरण प्रणाली तथा सबैलाई सामाजिक संरक्षण र सुरक्षा जस्ता राज्यका निर्देशक सिद्धान्तबाट नै बजेट निर्देशित हुने स्पष्ट पारे।

सरकारले अपनाएको राजनीतिक, आर्थिक प्रणाली तथा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध भित्र रहेर बजेटको मोडल तयार गर्नुपर्ने बताए। संविधान र राज्यको निर्देशक सिद्धान्त अनुसार नै बजेटको मोडल तयार गरिने भन्दै उनले त्यो मोडलले मुलुकको सम्मृद्धिलाई समाजवाद तर्फको बाटोमा अघि बढाउने विश्वास व्यक्त गरे। आर्थिक वृद्धि विनाको वितरण गरिवीको मात्रै वितरण हुने, आर्थिक वृद्धि न्यायोचित नभए दीगो नहुने र अन्तत त्यसले बढाउने असमानताले द्धन्द्ध निम्त्याउने तर्क उनले गरे।

उनले वित्तिय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँडको विषयमा आवश्यक कानुनहरु बनेकाले यसले विस्तारै पुर्णता पाउने बताए। संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपुरक भुमिका अनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुने तथा आयोजना कार्यान्वयनका सम्बन्धमा निश्चित मापदण्ड बनाएर अघि बढ्ने भएकाले दुविधा नहुने स्पष्ट पारे। उनले साधन, स्रोत, जनसंख्या र भुगोल तथा मानवविकास सूचकांक लगायतलाई आधार बनाउँदै सन्तुलित बजेट आउने विश्वास दिलाए।

मन्त्री खतिवडाले ग्रहणयोग्य सुझावहरु बजेट तर्जुमा गर्दा समावेश गरिने र कार्यान्वयनलाई प्राथमिकता दिईने बताए। योजना कार्यान्वयनका क्रममा खरिद ऐन तथा सांगठनिक र निर्णय प्रक्रियामा देखिएका समस्यालाई संसद मार्फत संसोधन गरेर अघि बढीने उहाँले स्पष्ट पारे।

प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ ६ गते ११ बजेका लागि बोलाईएको छ।

 

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 14:48:53
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...