गहुँ र धानको फरक नबुझ्नेलाई अर्थमन्त्री बनाइयोः प्रदीप गिरी

‘सामाजिक न्याय र उच्च वृद्धिदर एकसाथ अगाडि जान सक्दैनन्’



 नेपाली कांग्रेसका नेता  प्रदीप गिरी
नेपाली कांग्रेसका नेता प्रदीप गिरी

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले अर्थमन्त्री पद विशेषज्ञको पद नभएको बताएका छन्।

उनले अर्थमन्त्रीलाई विशेषज्ञको पद बानाइएको भन्दै उनले त्यो गलत भएको बताए।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद गिरिले प्रजातन्त्रको पुर्नस्थापना सँगै कांग्रेसले पीएचडीवालालाई अर्थमन्त्री बनाउन थालेको र अहिलेसम्म त्यही परम्परा रहेको बताए।

‘पीएचडी गरेका, बाहिरबाट पढेर आएका तर नेपालको हकमा गहूँ र धानको फरक नबुझ्ने, प्याज र आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने कुरा भन्न नसक्ने मानिसहरु हाम्रा सरकारको पालामा मन्त्री भए’, उनले भने।

 सांसद गिरीले सामाजिक न्याय, समानता र उच्च वृद्धि दर  सँगसँगै जान नसक्ने भन्दै सरकारलाई प्राथमिकतामा स्पष्ट हुन आग्रह गरे। अर्थशास्त्रीय सिद्धान्त र बहस भन्दा पनि मुलुकको अवस्था अनुसारको सिद्धान्त र प्राथमिकता निर्धारणमा ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए।

उनले आर्थिक वृद्धिदर र सामाजिक न्यायमध्ये  एउटालाई प्राथमिकतामा राखेर कार्यक्रमहरु अघि बढाउन सुझाव दिए। ‘वृद्धि दरको धारणाको मोह र छाड्नुहोस् यदि तपाई सामाजिक न्याय कायम गर्न चाहनुहुन्छ भने वृद्धिदर अलग शब्द हो। विकास अलग शब्द हो। सँगसँगै आम जनताको उन्नति अलग शब्द हुन्’, उनले भने, ‘सिद्धान्तका हिसाबले कुरा गर्दा तपाईले संकेत गर्नुभएको दिगो अर्थव्यवस्थाको सिलसिलामा वृद्धिदरको मोह र माया छोडेर वैकल्पिक उर्जामा तपाई कति खर्च गर्ने वाला हुनुहुन्छ?’

सांसद गिरीले बीपी कोइराला पुजीवाद र माक्र्सको प्रभावमा सुरुमा अल्मिलिएको भन्दै उनले पछि अमेरिकी शैलीको विकासको मोडल नचाहिनेमा प्रस्ट भएको बताए। उनले बीपी त्यो मोडलले अत्याधिक मात्रामा ऊर्जा र भूमिमा र प्रजननमा आधारित रहेको भन्दै त्यो जीवनशैली पनि धान्न नसक्ने बताएको बताए।

बीपीले एउटा परिवारमा चार वटा गाडीवाल जीवनशैली नेपालले धान्न नसक्ने भन्दै त्यसबारे प्रस्ट पारेका उनको भनाइ थियो।

‘बीपीको त्यो कथनलाई बिर्सेर हाम्रा प्रधानमन्त्रीहरु हुनुभो उहाँहरुले आफ्नाबाट पीएचडी गरेका मान्छे खोज्नु भो त्यो पनि भरसक अमेरिकाबाट, जर्मनबाट’, उनले भने, ‘फलस्वरुप हामी तथाकथित आधुनिकीकरणको, विकासीकरणको, वृद्धिदरको अंग्रेजीमा प्रवेश गर्यौ।’

उनले त्यही सिद्धान्त र प्राथमिकतालाई विपरीत दिशाम लगेर वर्तमानमाथि प्रश्न चिन्ह खडा गर्नुपरेको बताए।

उनले विदेशका शर्त स्वीकार अर्थमन्त्रीको बाध्यता रहेको भन्दै उनले गाउँको सीप र ऊर्जालाई पनि कार्यक्रममा समेटने गरी कार्यक्रम ल्याएर संसरकै उदाहरणीय बन्न सुझाब समेत दिए। 

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 14:12:04
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...