किन जाँदैछन् ओली भियतनाम र कम्बोडिया



२३ जनवरी २०१९ मा डाभोसमा भियतनामी समकक्षीसँग भेटवार्तामा प्रधानमन्त्री ओली (फाइल फोटो)
२३ जनवरी २०१९ मा डाभोसमा भियतनामी समकक्षीसँग भेटवार्तामा प्रधानमन्त्री ओली (फाइल फोटो)
तीर्थ भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचौँ विदेश यात्राका रुपमा बैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडिया भ्रमणमा जाँदैछन्।

साउथ चाइना सी तटीय मुलुक भियतनामका प्रधानमन्त्री गुयन सुआन फुकको निमन्त्रणामा औपचारिक भ्रमणमा हनोइ जान लागेका ओलीले त्यहाँ चार दिन (वैशाख २६–३०) को कार्यक्रम तय गरेका छन्।

हनोइबाट प्रधानमन्त्री ओलीको भ्रमण दल ३० वैशाखमा भियतनामको छिमेकी देश कम्बोडियाको न्होमपेन उड्ने छ, जहाँ जेठ १ गतेसम्म दुई दिन रहने व्यवस्था मिलाइएको छ। प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ओली कम्बोडिया जान लागेका हुन्।

पछिल्लो समय सामान्यतः भारत र चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको वार्षिक साधारणसभामा सम्बोधन गर्न अमेरिकाको न्यूयोर्क जानेबाहेक नेपालका प्रधानमन्त्रीले अन्य देश भ्रमण गरेको पाइँदैन।

सयपाली पहिलो पटक विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका ओलीले नेपालको कुटनीतिक सम्बन्धलाई फराकिलो बनाउँदै भियतनाम र कम्बोडिया भ्रमण तय गरेका हुन्। नेपालीको त्यत्ति धेरै ओहोरदोहोर नहुने र व्यापार सम्बन्ध पनि खासै नभएका देशमा संभवतः पहिलो पटक नेपालका प्रधानमन्त्री औपचारिक भ्रमणमा जाने तय भएपछि धेरैमा किन र केका लागि यो भ्रमण हुँदैछ भने जिज्ञासा देखिएको छ।

चीनको छिमेकी देश भियतनामले पछिल्ला वर्षहरूमा राम्रो आर्थिक प्रगति गरिरहेको छ। पछिल्लो समय अमेरिका र चीनसँग शक्ति सन्तुलन गर्दै कम्युनिस्ट समर्थकबीच आदर्श मानिने हो चि मिन्हको नेतृत्वमा आर्थिक सुधार गरेकाले पनि भियतनामप्रति विकासशील देशहरूमा बढी चासो छ। केही साताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको दोस्रो शीखर वार्ताको आयोजक बनेपछि भियतनाम फेरि अन्तर्राष्ट्रिय जगतमा चर्चामा रहेको छ।

१५ मे १९७५ मा भियतनामसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पूरा भएको छ। तर आवासीय राजदूत समेत नहुँदा दुई पक्षीय सम्बन्ध खासै विस्तार हुन सकेको छैन। नेपाल र भियतनामको नीजि क्षेत्रबीच विस्तारै व्यापार कारोबार बढिरहेको छ। आर्थिक विकासको समाजवादी मोडलमा अघि बढिरहेको मुलुकको उच्च नेतृत्वसँग हुने छलफलबाट नेपालले फाइदा लिन सक्ने विश्वास गर्न सकिन्छ।

यसपटक प्रधानमन्त्री ओली भियतनाम जानुको कारण चाहिँ हामीसँगै जोडिएको छ। लुम्बिनीमा जन्मिएका बुद्धको सम्मान र सम्झनामा संयुक्त राष्ट्रसंघले सन् २००० देखि बेशाक दिवस मनाइरहेको छ। यस वर्ष संयुक्त राष्ट्रसंघको उक्त दिवस भियतनाममा मनाइँदैछ। त्यसमा बुद्ध जन्मेको देशका प्रधानमन्त्रीलाई सम्मानका साथ बोलाइनु नेपालका लागि खुसीको कुरा हो। डाभोस फोरममा भेट हुँदा भियतनामी प्रतिनिधिमण्डलले त्यस विषयमा प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका आधारमा निमन्त्रणा गरिएको हो। विश्वका विभिन्न देशबाट सहभागी हुने उच्चपदस्थ व्यक्तित्वहरुका अगाडि बुद्धको जन्मभूमिका तर्फबाट उच्च तहको उपस्थिति हुनु स्वाभाविक हुन्छ।

गत वर्ष श्रीलंकामा आयोजित यस्तै कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन। त्यसले पनि बौद्धमार्गी समुदायबीच नेपाललाई प्रबद्र्धन गर्नमा मद्दत मिलेको मानिएको थियो।

प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा भियतनाम र कम्बोडियासँग व्यापारसँग सम्बन्धित केही सम्झौताहरु हुने तय भएको छ। दुई मुलुकबीच व्यापार र साझेदारीका सम्भावनाहरु पहिल्याउन यस्ता भ्रमणहरुले मद्दत गर्दछन्। कम्बोडिया कुनै बेला नेपाल जस्तै युद्धबाट आक्रान्त मुलुक हो। त्यहाँका प्रधानमन्त्री हुन सेनले केही महिनाअघि नेपाल भ्रमण गरेकाले रिटर्न भिजिटका रुपमा यो भ्रमण हुन लागेको देखिन्छ।

यतिबेला नेपालले आफ्नो छवि अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउने उपयुक्त मौका छ। देशभित्र द्वन्द्व, संक्रमण र अराजकता हुँदा बाहिरतिर निस्किँदा पनि अरुलाई सुनाउने कुरा हुँदैन। विदेशी लगानीको कुरा उठ्नासाथ ‘तिम्रो देशभित्र शान्ति सुरक्षा छैन, लगानीको वातावरण छैन’ भन्ने उत्तर आउँछ भने उच्चस्तरीय भ्रमणका लागि निमन्त्रणा गर्दा ‘पहिला देशभित्रको परिस्थिति राम्रो होस्’ भन्दै टार्न खोजिन्छ।

अहिले नेपाल यी सबै कठिन र पीडादायी चरणहरु पार गरेर सहज अवस्थामा आइपुगेको छ। द्वन्द्व सकिएको छ, राजनीतिक संक्रमण अन्त्य भएको छ, संधिवान बनेको छ, मुलुकमा स्थिर सरकार बनेको छ र सबै हिसावले वातावरण शान्त भएको छ। यस्तो अवस्थामा नेपाल अरुका लागि उदाहरणको रुपमा पनि उभिएको छ। त्यसैले राजनीतिक नेतृत्वका लागि अन्तर्राष्ट्रिय छवि राम्रो बनाएर देशको हितमा काम गर्ने यो राम्रो अवसर हो।

प्रधानमन्त्री ओलीले यसअघि गरेका चारवटा विदेश भ्रमणहरुलाई पनि यहाँनेर सम्झना गर्नु उपयुक्त हुन्छ। ती चारैवटा भ्रमण महत्वपूर्ण सावित भएका छन्। प्रधानमन्त्री हुनासाथ भारत भ्रमण गरेर ओलीले त्यहाँको राजनीतिक नेतृत्वलाई विश्वासमा लिने र विगतमा उसैका कारण देखिएका कतिपय असझदारी र अविश्वासहरुलाई हटाउने काम गरेका छन्। रेललगायतका केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्नुका साथै भारतका जायज सरोकारहरुमा आफू बेखबर नरहेको सन्देश पनि दिएका छन्।

त्यसलगत्तै उत्तरी छिमेकी चीनको भ्रमण गरेर आफूले अघि सारेका अवधारणाहरुलाई साकार रुप दिने कोसिस ओलीबाट भएको छ। ओलीले संयुक्त राष्ट्रसंघ पुगेर नेपालमा स्थायित्व र शान्तिको जगमा विकास र समृद्धि अघि बढाउने आफ्नो अवधारणा विश्व समुदासमक्ष राखेका छन्।

नेपालप्रति विश्व समुदायको ध्यानाकर्षण भएको अर्को कार्यक्रम हो– स्वीट्जरल्यान्डको डाभोस फोरम। नेपालको आर्थिक विकासका सम्भावनाहरुबारे चर्चा गर्न प्रधानमन्त्री ओलीले विश्व आर्थिक मञ्चलाई राम्ररी उपयोग गर्ने प्रयास गरे। डाभोस फोरमलाई प्रधानमन्त्रीले लगानीकर्ता र विज्ञहरुको ध्यानाकर्षण गराउने मञ्चका रुपमा उपयोग गरे।

प्रधानमन्त्री ओलीको कम्बोडिया भ्रमणको पृष्ठभूमि चाहिँ एसियाली राजनीतिक दलहरुको संगठन–आइक्यापसँग पनि जोडिएको छ, जुन मञ्चमा ओली र हुन सेन लामो समयदेखि सहकार्य गर्दैछन्।

प्रधानमन्त्री ओलीको भियतनाम भ्रमण अर्को वर्ष तय गरिएको नेपाल भ्रमण वर्षललाई सफल बनाउने एउटा कडी पनि बन्न सक्छ। चीनबाट जसरी अहिले नेपाल आउने पर्यटकको संख्या बढिरहेको छ, बौद्धमार्गीको ठूलो संख्या रहेको भियतनाम, कम्बोडिया लगायतका पूर्वी एशियाली देशहरूबाट नेपालले पर्यटक आकर्षित गर्न पहल गर्नु पर्छ।

तसर्थ नेपालको कुटनीतिक दायरा फराकिलो बनाउने त छँदैछ, प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमण नेपालको पर्यटन व्यवसाय प्रवद्र्धनमा एउटा ‘ब्रेक थ्रु’ हुन पनि सक्छ।

प्रकाशित २५ बैशाख २०७६, बुधबार | 2019-05-08 17:57:27
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...