राजतन्त्र हट्यो, हटेन सवारीको सास्ती



राष्ट्रपति भण्डारीको सवारी
राष्ट्रपति भण्डारीको सवारी

सेना दिवसको भोलिपल्ट जंगी अड्डामा आयोजित रात्रिभोजका लागि प्रस्थान गर्दा र त्यहाँबाट फर्कंदा विशिष्ठ तथा अति विशिष्ठ व्यक्तिको सुरक्षा कार्यविधिअनुसार प्रहरीले राष्ट्रपतिको आवागमन मार्ग बन्द गरायो।

राष्ट्रपतिको आवागमनले सर्वसाधारणलाई सास्ती नहोस् भनेर पहिलो पटक उनलाई बैकल्पिक मार्गबाट विमानस्थल लगियो।

तर अव्यवस्थित काठमाडौँ शहरको विशेषता नै हो, उपत्यकाका कुनै एक ठाउँको जामको असर तीनै शहरमा पुग्छ। एक घण्टासम्म सडकमै रोकिएका सर्वसाधारणले हर्न बजाएर बिरोध गरे। गृह मन्त्रालयले बनाएको कार्यविधि पालना गर्न प्रहरी बाध्य थियो।

त्यही कार्यविधिका कारण राष्ट्रपति भण्डारीको आवागमन अवधिभर बाटो थुनिएको थियो। सास्तीको यो श्रृंखला संवैधानिक राजतन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्ममा पनि कायमै छ। राष्ट्रपतिका लागि सडक खाली गरिँदा सास्ती पाएका सर्वसाधारणले पछिल्लो समय बिरोध जनाउन थालेका छन्।

भिडियो

‘विशिष्ठ तथा अति विशिष्ठ कार्यविधि विश्व प्रचलन र मापदण्ड अनुसार बनेको हो,’ गृहका एक उच्च अधिकारी भन्छन्, ‘राजनीतिक परिवर्तनसँगै यसमा केही परिमार्जन र सुधार आवश्यक छ। तर सुरक्षा निकायबीच समन्वयको अभावमा परिमार्जन र सुधार हुन सकेको छैन।’

यही कारण काठमाडौँ उपत्यकावासीले विशिष्ठ र अति विशिष्ठ स्वदेशी तथा विदेशी पाहुनाको आवागमनमा २ सय २४ दिनमा ८ सय ८३ पटकसम्म जामको सास्ती बेहोर्नु परेको छ।

सवारी आवागमनका कारण सर्वसाधारणले यति धेरै पटक कठिनाई बेहोर्नु परेको यो तथ्याङ्कसँगै सो कार्यविधि परिमार्जनको बहस सुरु भएको छ।

प्रहरी तथ्याङ्कअनुसार राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री जस्ता स्वदेशी अति विशिष्ठ र औपचारिक कार्यक्रम तथा भ्रमण र भेटघाटमा आउने विदेशी पर्यटकका कारण कार्यविधि अनुसारको सडकमा सुरक्षा व्यवस्था गरिएको हो।

१ भदौ २०७५ देखि २४ बैशाख २०७६ सम्म स्वदेशी तथा विदेशी विशिष्ठ र अति विशिष्ठ पाहुनाका लागि प्रहरीले ८ सय ८३ पटक सडक सुरक्षा प्रबन्ध गर्नु परेको छ।

यसमा पनि औपचारिकभन्दा अनौपचारिक कार्यक्रममा विशिष्ट र अति विशिष्ठ गइदिँदा सर्वसाधारणले आवागमनमा बढी कठिनाई बेहोर्नु परेको छ।

तथ्याङ्कअनुसार, यो अवधिमा राष्ट्रपति भण्डारी १३ औपचारिक र ३३ अनौपचारिक कार्यक्रममा सहभागी भएकी छन्। उपराष्ट्रपति नन्दबहादुर पुनले ९ वटा औपचारिक र १ सय ८ अनौपचारिक कार्यक्रममा सहभागी हुन उपत्यकाको सडक प्रयोग गरेका छन्।

प्रहरीले यी दुई अति विशिष्ठ व्यक्तिको आवागमनका लागि कार्यविधिमा व्यवस्था भए अनुसार एकतर्फी र दुबैतर्फको बाटो खाली गराएर आवागमन गराउनुपर्ने हुन्छ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले २ सय ६४ दिनमा औपचारिक ९ र अनौपचारिक १ सय ४० पटक अनौपचारिक कार्यक्रमका लागि सडक आवागमन गरेका छन्।

काठमाडौँमा विभिन्न समयमा आयोजना भएका अन्तर्राष्ट्रिय कार्यक्रम, औपचारिक भ्रमण र भेटघाटका कार्यक्रममा आएका विदेशी अति विशिष्ठ र विशिष्ठ पाहुनाले ३६ वटा औपचारिक र ५ सय ४५ वटा अनौपचारिक आवागमन गरेको प्रहरीको तथ्याङ्क छ।

प्रकाशित २५ बैशाख २०७६, बुधबार | 2019-05-08 17:16:53
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।