एनसेलको पक्षमा सर्वोच्चको अन्तरिम आदेश



एनसेल
एनसेल

सर्वोच्च अदालतले मंगलबार ठूला करदाता कार्यालयले निर्धारण गरेको कर चुक्ता गर्न आनकानी गरिरहेको एनसेलको पक्षमा अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले एनसेललाई तत्काल करचुक्ता नगर्नु पर्ने गरी अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङगानाको संयुक्त इजलासले एनसेललाई तत्काल करचुक्ता नगर्नुपर्ने गरि अन्तरिम आदेश जारी गरेको हो। 

जेठ २१ मा बृहत् इजलासकाे अर्को पेशीका लागि प्रधानन्यायाधीश समक्ष पेश गर्न आदेश भएकाे हाे।  साेही बृहत इजलासमा २०७४ असार १३ काे फैसला उपर परेकाे निवेदन समेत सँगै राखेर सुनवाइ हुने उल्लेख छ। यस्तै साे इजलासमा ठुला करदाता कार्यालयबाट भएकाे निर्णयकाे सक्कल फाइल समेत झिकाउन आदेश भएकाे हाे। 

सर्वाेच्चले लाभकर एनसेलले नै तिर्नुपर्ने बृहत इजलासकाे फैसलाकै अधिनमा रहेर आदेश गरेकाे हाे। आदेशमा एनसेललाइ कर निर्धारणपछि सफाइकाे माैका नदिएकाेले लिखित जवाफ पेश गरेपछिसम्मका लागि यसअघिकाे अल्पकालिन अन्तरिम आदेशलाइ निरन्तरता दिने उल्लेख छ। 

एनसेलले ठुला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकर चित्तबुझ्दो नभएको भन्दै सर्वोच्च अदातलमा बैशाख ९ मा रिट दायर गरेको थियो।

वैशाख ३ गते ठूला करदाता कार्यालयले एनसेलले चुक्ता गर्नुपर्ने लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रूपैयाँ निर्धारण गरेको थियो। तर उक्त रकम चित्त बुझ्दो नरहेको भन्दै एनसेलले सर्वोच्च गएको हो।

टेलियासोनेरा कम्पनीले मलेसियाको अजियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेल र अजियटाले नै तिर्नुपर्ने फैसला सर्वोच्च अदालतले गरेको थियो। उक्त फैसलाको पूर्णपाठ आएपछि ठूला करदाताले कर निर्धारण गरी १ हप्ताभित्र उक्त रकम चुक्ता गर्न भनेको थियो।

सर्वोच्चले गरेको उक्त फैसलाअनुसार ठूला करदाता कार्यालयले टेलियासोनेराले अजियटालाई बेच्दा १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार पुँजीगत लाभ भएको थियो। त्यसको कर ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ निर्धारण भएको थियो।

सर्वोच्चले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ अग्रिम रूपमा तिरिसकेको एनसलेबाट बाँकी कर असुल गर्नुपर्ने भनेको छ।

यस्ताे छ सर्वाेच्चकाे अन्तरिम आदेशः

सर्वाेच्चले मंगलबार गरेकाे अन्तरिम आदेश

सर्वाेच्चले मंगलबार गरेकाे अन्तरिम आदेश

प्रकाशित २४ बैशाख २०७६, मंगलबार | 2019-05-07 17:49:46
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...