उपेन्द्रलाई यसरी बुझाए बाबुरामले पार्टीको नाम, झण्डा र चुनावचिन्ह



भट्टराई र यादव
भट्टराई र यादव
तस्वीरहरुः प्रबिन कोइराला

झण्डै एक बर्ष पुग्न लागिसक्यो, सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले छिट्टै एकता टुङ्ग्याउँछौँ भनिरहेको। पार्टीका त्यस्ता कुनै आन्तरिक कार्यक्रम नहोला, जहाँ ओली–प्रचण्डले छिट्टै एकता टुङ्ग्याउँछौँ नभनेका होउन्!

एकताको तीन महिनाभित्र अर्थात् साउन (०७५) मा टुङ्ग्याउने भनिएको नेकपाको एकता अझै टुङ्गिएको छैन। पोलिटब्यूरो, विभिन्न विभाग, मोर्चा, आयोग, जनवर्गीय संगठन अझै भिन्दाभिन्दै रुपमा सञ्चालित छन्। तरपनि ओली–प्रचण्डले ‘सरप्राइज दिने गरी एकता टुङ्ग्याउँछौँ’ भन्न छाडेका छैनन्।

ओली–प्रचण्डले दिन नसकेको ‘सरप्राइज’ नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले यसै हप्ता दिएका छन्। शुक्रबार रातारात पार्टी एकताको सम्पूर्ण तयारी टुङ्ग्याएका यी दुई नेताले भट्टराई र यादवले सोमबार पार्टी एकताको घोषणा नै गरेर राजनीतिमा निकै ठूलो ‘सरप्राइज’ दिएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजना गरिएको एकता घोषणा कार्यक्रममा दुई पार्टीको एकताका सैद्धान्तिक आधार सार्वजनिक गरिएको छ। नेतृत्वको सूचीपनि सार्वजनिक भएको छ। ९ बुँदे एकता सम्बन्धी सहमति पत्रमा धेरै कुरा सार्वजनिक गरिएका छन्।

तर, एकतापछि ‘समाजवादी पार्टी, नेपाल’ को राजनीतिमा निकै अर्थ राख्ने केही कुरा चाहिँ सार्वजनिक भएको सहमतिपत्रमा उल्लेख छैन। तीमध्ये दुई हुन्, पार्टीको झण्डा र चुनाव चिन्ह।

यसअघि नयाँशक्तिको झण्डामा रातो पृष्ठभूमिमा बीचमा एउटा ठूलो तारासहित दायाँ–बायाँ २–२ तारा थिए भने संघीय समाजवादी फोरमको झण्डामा चाहिँ माथि रातो र तल हरियो पृष्ठभूमिसहित बीचमा ठूलो तारा थियो।

एकता घोषणा सभामा फोरमको त्यही झण्डा प्रयोग गरिएको थियो। स्रोतका भनाईमा, फोरमकै झण्डालाई ‘समाजवादी पार्टी, नेपाल’ को पनि झण्डा मान्ने आन्तरिक सहमति भए अनुरुप एकता घोषणा कार्यक्रममा फोरमले प्रयोग गर्दै आएको झण्डा राखिएको हो। यद्यपी, मञ्चको पोडियममा चाहिँ नयाँशक्ति र फोरम दुबैको सानो आकारका झण्डा टाँगिएका थिए।

झण्डामात्र होइन, नयाँशक्तिले पार्टीको नामपनि यादव नेतृत्वको फोरमकै जस्तो स्वीकार गरेको छ। यादव नेतृत्वको पार्टीको नाम यसअघि ‘संघीय समाजवादी फोरम, नेपाल’ थियो। नयाँशक्तिसँगको एकतापछि ‘समाजवादी पार्टी, नेपाल’ राखिएको छ। यस हिसावले नाममा पनि यादव नेतृत्वकै फोरमले बाजी मार्न सफल भएको छ।

स्रोतका अनुसार, अन्तिम टुङ्गो नलागेपनि ‘समाजवादी पार्टी, नेपाल’ को चुनाव चिन्हपनि फोरमकै हुने पक्कापक्की छ। गत निर्वाचनमा नयाँशक्तिले ‘वायाँ आँखा’ लाई चुनाव चिन्हको रुपमा प्रयोग गरेको थियो भने ०६४ को निर्वाचनदेखि नै ‘हातले बोकिरहेको मशाल’ प्रयोग गरिरहेको छ। स्थानीय तह निर्वाचनमा नयाँशक्तिले फोरमसँग सहकार्य गरी यसै चुनाव चिन्हमार्फत् निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो।

बहस हुँदा फोरमकै चुनाव चिन्ह प्रयोग गर्दा सहज हुने निष्कर्षपछि नयाँशक्ति पक्षले पनि फोरमकै ‘मशाल’ लाई चुनाव चिन्हका रुपमा स्वीकार्न सहमति जनाएको हो।

तीन कारणले फोरमको चुनाव चिन्ह स्वीकार गर्न भट्टराई तयार भएको एकतामा संलग्न नेताहरु बताउँछन्।

एक, स्थापित चिन्ह भएकाले
किनभने, यो चिन्हमार्फत् फोरमले झण्डै आधा दर्जन पटक निर्वाचनमा प्रतिस्पर्धा गरेको छ। र, अधिकांसमा सफलता पाएको छ। ०६४ को पहिलो संविधान सभा निर्वाचनमा यही चिन्ह लिएर उसले सफतला पाएको थियो। ०७० को निर्वाचनमा पनि उ यही चिन्ह लिएर निर्वाचनमा उत्रियो। ०७४ को स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि यही चिन्ह लिएर जाँदा उसले अपेक्षित सफलता पाउन सक्यो।

दुई, नयाँशक्तिले पनि प्रयोग गरेकाले
माओवादीबाट अलग भएर ‘नयाँशक्ति पार्टी, नेपाल’ स्थापना गरेको डेढ बर्षपछि ०७४ को स्थानीय तह निर्वाचनमा नयाँशक्तिले फोरमकै निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेको थियो।

एकताको सम्भावना रहँदा नयाँशक्तिलाई यो चिन्ह प्रयोग गर्न दिएपनि सम्भावना टर्न थालेपछि नयाँशक्तिले त्यो अवसर पाएन। र, उसले तत्कालिन नेकपा (संयुक्त) को निर्वाचन चिन्ह ‘हँसिया’ लिएर निर्वाचन लड्यो।

एउटा निर्वाचनमा ‘मशाल’ लिएर प्रतिस्पर्धा गरेकाले पनि सहज रुपमा लिन अप्ठेरो परेन। त्यसैले, भट्टराईले यही चुनाव चिन्ह स्वीकार गरेका छन्।

तीन, आँखालाई परेको अप्ठेरो
गत साल सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा चाहिँ नयाँशक्तिले आफ्नो चुनाव चिन्ह पायो, देब्र आँखा। ‘राम्रोसँग आँखा खोलौँ, बैकल्पिक शक्तिका रुपमा नयाँशक्तिलाई मतदान गरौँ’ भन्ने नारा लिएर निर्वाचनमा गएपनि नयाँशक्तिले डा भट्टराईको व्यक्तित्व अनुसारको मत पाउन सकेन।

एकता घोषणा कार्यक्रम

एकता घोषणा कार्यक्रम

त्यसमाथि नयाँशक्तिको जस्तै अर्काे चुनाव चिन्हपनि उस्तै परेकाले निर्वाचनमा उसलाई असहज भयो। किनभने, नयाँशक्तिले ‘देब्रे आँखा’ चुनाव चिन्ह पाएको थियो।

तर, स्वतन्त्र उम्मेदवारले प्रयोग गर्न पाउने ‘दुई आँखा’ पनि मतपत्रमा राखिएको थियो। यसले गर्दा नयाँशक्ति अप्ठेरोमा पनि पर्यो।

नयाँशक्तिको चुनाव चिन्ह लिँदा पहिलेकै समस्या बेहोर्नुपर्ने विश्लेषणपछि भट्टराई र नयाँशक्ति पंक्ति फोरमकै चुनाव चिन्हलाई नयाँ पार्टीको चुनाव चिन्हको रुपमा स्वीकार गर्न राजी भएका हुन्।

प्रकाशित २३ बैशाख २०७६, सोमबार | 2019-05-06 18:28:30
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...