अमेरिकाद्वारा काभ्रेका ३ विद्यालय हस्तान्तरण (फोटो/भिडियो)



काभ्रेमा निर्माण भएका ३ वटा विद्यालय भवन नेपालका लागि अमेरिकी राजदूत ऱ्याडी डब्लु बेरीले मंगलबार समुदायलाई हस्तान्तरण गरेका छन्।

भूकम्पमा भत्किएका विद्यालयहरु अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी) मार्फत् निर्माण भएका हुन्।

विद्यालय भवन हस्तान्तरण समारोहमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरु जागिर ठाउँ नभई देश बनाउने स्थल भएको बताए।

‘म प्रधानाध्यापक, शिक्षक साथीहरुलाई भन्न चाहन्छु स्कूलहरु जागिर खाने ठाउँ होइनन्’, उनले भने, ‘यी नयाँ पुस्ता तयार गर्ने ठाउँ हुन्।’

राजदूत बेरीले ७२ वर्षदेखि नेपाल–अमेरिकाबीच सवल र चिरस्थायी साझेदारी रहिआएको स्मरण गरे। ‘हामी एक विश्वासिलो र भरपर्दौ साझेदारका रुपमा काम गर्दै आएका छौं’, उनले भने, ‘हामी आज हस्तान्तरण गरेका तीन विद्यालयहरु वर्तमान र भावी पुस्ताका निम्ति अमेरिकी जनताको दीर्घकालीन प्रतिबद्धताको सच्चा प्रतिविम्ब हुन्।’

भिडियाे: 

राजदूत बेरीले काभ्रे पाँचखाल नगरपालिका–९, भीमसेनस्थानस्थित जनजागरण प्रावि तथा जिल्लाका अन्य भागमा रहेका गंगगादेवी र महादेव प्राथमिक विद्यालय भवन संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू एक पूर्व शिक्षक भएको स्मरण गरे। ‘म एक पूर्व शिक्षक भएको नाताले बालबालिकाहरुका लागि शिक्षाको महत्व कति हुन्छ बुझ्न सक्छु’, राजदूत बेरीले भने, ‘हामीले शिक्षाको महत्व बुझेरै विद्यालय भवन पुनःनिर्माणमा सहयोग गरेका हौं।’

वि.सं. २०७२ सालको विनाशकारी भूकम्पको क्षतिपछि २० लाख बढी बालबालिकाको शिक्षा अवरुद्ध भएको थियो। त्यतिबेला युएसएआइडीले तत्कालै विस्तृत बृहद योजना निर्माण गरी कार्यान्वयनमा गएको थियो। जसका कारण ९३ हजार नेपाली बालबालिकाले आफ्नो शिक्षालाई निरन्तरता दिन सक्षम भएका थिए। युएसएआइडीले भूकम्पबाट अति प्रभावित ७ जिल्लामा २९ वटा भूकम्प प्रतिरोधी एवं बालबालिका तथा अपांगमैत्री विद्यालय निर्माणका लागि प्रयास थालेको थियो।

अमेरिकाले एशियाली विकास बैंकसँगको साझेदारीमा निर्माण गरेका ७ वटा भूकम्प प्रतिरोधी आधुनिक विद्यालय भवन हस्तान्तरण गरिसकेको छ। यो वर्ष थप ७ वटा भवन हस्तान्तरण गर्ने अपेक्षा छ। भूकम्प प्रतिरोधी यी विद्यालयहरुले भविष्यका ठूला प्राकृतिक विपद् पश्चात पनि बालबालिकाहरु विद्यालयमा रहन सकून भन्ने सुनिश्चत गर्नेछ। पाँच जिल्लामा निर्माण हुने २९ विद्यालय भवनबाट ८ हजार ८ सयभन्दा बढी विद्यार्थी लाभान्वित हुनेछन्।

वि.सं. २०७२ को भूकम्पपछिको पुनःनिर्माणमा अमेरिकाले १९ करोडभन्दा बढी अमेरिकी डलर लगानी गरेको छ।

तस्विर/भिडियो: प्रबिन कोइराला

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल

मेरिकी राजदूत डब्लु र्‍यान्डी बेरी

मेरिकी राजदूत डब्लु र्‍यान्डी बेरी

प्रकाशित १७ बैशाख २०७६, मंगलबार | 2019-04-30 17:23:29
Nepal Sarkar
Max TV
Max TV
Vianet

प्रबिन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...