पार्टी एकता गरेर ‘राजनीतिक सरप्राइज’ दिने डा बाबुराम र उपेन्द्रको तयारी



बाबुराम भट्टराई र उपेन्द्र यादव
बाबुराम भट्टराई र उपेन्द्र यादव

डा बाबुराम भट्टराई नेतृत्वको नेतृत्वको नयाँशक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले राजनीतिक रंगमञ्चमा ‘सरप्राइज’ दिने गरी एकता प्रयास सुरु गरेका छन्।

भित्रभित्रै अगाडि बढाइएको एकता वार्ताले सफलता पाउने नपाउने यसै हप्ता टुङ्गो लागिसक्ने जानकारी एकता वार्तामा सहभागी दुबै दलका नेताहरुले दिएका छन्।

अघिल्लो बर्ष भएको स्थानीय निर्वाचन लगत्तै सुरु भएको एकता प्रयासले सफलता नपाएपछि दुबै दल झण्डै साढे एक बर्ष एकताको सम्बन्धमा निस्क्रिय जस्तै थिए।

तर, केही अघिदेखि फेरि एकताको प्रयास सुरु भएको र एकताका लागि पहिले भन्दा सकरात्मक स्थिति बन्दै गएको जानकारी स्रोतहरुले दिएका छन्।

‘निकै सकरात्मक स्थिति बन्दै गएको छ, छिट्टै एकताको निर्णय हुनसक्छ’ स्रोतले भन्यो, ‘तर, विभिन्न शक्तिले खेलेर एकता प्रयास बिगारिदेलान् भनेर यसलाई गोप्य राखिएको छ।’

संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले पनि एकताका लागि वार्ता चलिरहेको कुराको पुष्टि गरे, तर एकता हुने नहुने अहिल्यै भन्न नसकिने बताए।

‘हामी अहिले महाधिवेशनको तयारीमा छौँ, त्यसैले हाम्रो ध्यान एकता भन्दा महाधिवेशनमा केन्द्रित छ’ राईले भने, ‘तर, एकता प्रयास चाहिँ जारी छ, सकरात्मक स्थिति नै बनिसकेको भने होइन।’

फोरमले आफ्नो दोस्रो महाधिवेशन बैशाखको २८, २९ र ३० मा गर्दैछ। त्यसअघि आगामी शनिबार (२१ बैशाख) मा उसले केन्द्रीय समितिको बैठक बोलाएको छ।

जानकारहरु के बताउँछन् भने, नयाँशक्तिसँगको एकता प्रक्रिया सकरात्मक ढंगले अघि बढे सोही बैठकले महाधिवेशन अघि नै एकता सम्बन्धी कुनै निर्णय गर्न सक्छ।

नयाँशक्तिका नेता डम्बर खतिवडाले पनि अघिल्लो बर्ष हुन एकता हुन नसकेपनि पछिल्लो समय फेरि एकताका लागि वार्ता प्रक्रियालाई अघि बढाइएको बताए।

‘तर, तपाईंहरुले समाचार लेखिहाल्ने ‘लेवल’ एकता वार्ता पुगिसकेको छैन’ उनले भने, ‘के हुन्छ, अन्तिम टुङ्गो र ‘ब्रेकिङ न्यूज’ लागि २० बैशाख साँझसम्म कुनुपर्ला।’

अघिल्लो बर्ष भएको स्थानीय तह निर्वाचनमा खराव नतिजा आएसँगै दुबै दलले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अगावै पार्टी एकताको प्रयास गरेका थिए।

तर, सबै कुरा मिलेर पनि नेतृत्वका विषयमा कुरा नमिल्दा एकता हुन सकेको थिए। डा भट्टराई र यादव दुबैले पहिलो नम्बरको नेता बन्न खोज्दा समस्या आएको थियो।

नेतृत्वका सम्बन्धमा कुन ‘मोडालिटी’ कुरा भइरहेको छ भन्ने दुबै दलका नेताहरु बताउन चाहँदैनन्। सम्भवतः नेतृत्व सम्बन्धमा पहिले जे समस्या थियो, त्यो अहिले पनि यथावत छ।

स्थानीय तह निर्वाचनपछि फोरम र नयाँशक्तिबीचको एकता प्रयासले सफलता नपाएपनि एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रियासँगै यी दुई दललाई पनि त्यसमा सामेल गर्ने प्रयास भएको थियो।

तर, पार्टीको नाम के राख्ने र टिकट बाँडफाँटमा कुरा नमिल्दा एकतामा यी दुई दल सामेल भएनन्, एमाले–माओवादी केन्द्रबीचमात्र एकता हुन सक्यो।

नयाँशक्ति र फोरमबीच एकता भएमा प्रतिनिधि सभामा राष्ट्रिय जनता पार्टी (राजपा) ले पाएको तेस्रो ठूलो दलको ताज खोसिनेछ र डा भट्टराई–यादव नेतृत्वको नयाँ दलले यो ताज हात पार्नेछ। 

प्रतिनिधि सभामा १७ सिट सहित राजपा तेस्रो स्थानमा छ भने फोरम १६ सिट सहित चौँथो ठूलो दलको रुपमा छ। तर, प्रदेश– २ मा चाहिँ फोरम नै सबैभन्दा ठूलो दलको रुपमा स्थापित छ।

नयाँशक्तिसँग एकता भएमा प्रतिनिधि सभामा नयाँ दलको सांसद संख्या पनि १७ नै हुनेछ। तर, निर्वाचनमा प्राप्त मत र प्रदेश सभाको सिट संख्याको आधारमा नयाँ दल तेस्रो ठूलो दलको रुपमा रहनेछ।

प्रदेश– २ मा आफै सरकारको नेतृत्व गरेको फोरम संघीय सरकारमा चाहिँ अध्यक्ष यादवकै नेतृत्वमा नेकपाको सरकारमा सामेल छ, तर डा भट्टराई नेतृत्वको नयाँशक्ति भने सबैतिर विपक्षी बेञ्चमा छ।

सरकारमा भएपनि संविधान संसोधनसम्बन्धी सहमति कार्यान्वयन नभएकोमा अध्यक्ष यादव प्रधानमन्त्री ओलीसँग सन्तुष्ट छैनन्। चुलिँदो असन्तुष्टिसँगै फोरमले सरकार छाड्ने चर्चा पनि राजनीतिक बृत्तमा चलिरहेको छ।

यस्तो बेला विपक्षी बेञ्चमा रहेको डा भट्टराई नेतृत्वको नयाँशक्तिसँग एकता प्रयासले सफलता पाएमा फोरमले सरकार छाड्ने र पार्टी एकताको घोषणा सँगसँगै हुनसक्छ।

प्रकाशित १७ बैशाख २०७६, मंगलबार | 2019-04-30 16:19:51
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...