चीनले नेपाललाई दियो साढे १६ अर्ब अनुदान



बेइजिङको ग्रेटहलमा राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै चीनका राष्ट्रपति सी
बेइजिङको ग्रेटहलमा राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै चीनका राष्ट्रपति सी
राष्ट्रपति कार्यालय

चीनले नेपाललाई १ अर्ब युआन (करिब साढे १६ अर्ब रुपैयाँ) अनुदान सहयोग दिने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको अवसर पारेर सोमबार चीनले यस्तो घोषणा गरेको हो।

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सोमबार दुई पक्षीय भेटवार्ता भएसँगै चीनले यस्तो घोषणा गरेको थियो।

बेइजिङस्थित नेपाली राजदूतावासले चीनले नेपालमा सञ्चालन गरेका विभिन्न परियोजना, नेपालको उत्तरी क्षेत्रका जनताको जीवनस्तर बृद्धि, भूकम्पले पुर्याएपछिको पुनर्निर्माण लगायतका कार्यमा खर्च हुने गरि यो अनुदान दिइएको जनाएको छ। 

चीनले सहयोगको यस्तो घोषणा गर्नुअघि बेइजिङमा नेपाल–चीनबीच विभिन्न सात वटा सहमति–समझदारी भएका थिए। तिनैमा समेटिएका योजनाहरुलाई सहयोग पुग्ने गरी बेइजिङले सहयोगको घोषणा गरेको हो।

द्विपक्षीय वार्ताका क्रममा राष्ट्रपति सीले बेल्ट एण्ड रोड (बीआरआई) परियोजनामा र बीआरआईको दोस्रो बैठकमा नेपाल सहभागी भएकोमा खुसी व्यक्त गरेका थिए।

ग्रेट हल अफ दि पिपुलमा भएको सो भेटवार्ताका क्रममा दुई शीर्ष नेताहरुबीच द्विदेशीय सम्बन्धलाई अझ मजवुत र आपसी सहयोगलाई अझ अभिबृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो। 

त्यसक्रममा राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो फोरम सफलतापूर्वक सम्पन्न भएकोमा राष्ट्रपति सीलाई बधाई दिएकी थिइन् र बीआरआईका कारण कनेक्टिभिटी र पूर्वाधार निर्माणमार्फत् आर्थिक विकासको लक्ष्य हासिल हुने विश्वास व्यक्त गरेकी थिइन्।

राष्ट्रपति सीले नेपालले लिएको एक चीन नीतिको प्रसंशा गरेका थिए। र, बीआरआईको दोस्रो फोरमपछि जारी संयुक्त विज्ञप्तीमा उल्लेखित सीमापार बहुउद्देश्यीय कनेक्टिभिटी नेटवर्कको उल्लेख गर्दै राष्ट्रपति सीले नेपाल–चीनबीच रेलमार्गको पूर्वाधार निर्माणमा चीनले सहयोग गर्ने बताएका थिए। 

त्यसक्रममा चिनियाँ राष्ट्रपतिले नेपाल सरकारले लिएको ‘सम्बृद्ध नेपालः सुखी नेपाली’ र नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न चीनले सहयोग गर्ने बचन दिएका थिए। र, भनेका थिए, ‘यो नारालाई सफल पार्न हामी धेरै चिनियाँ पर्यटक पठाउन उत्प्रेरित गर्नेछौँ।’

भेटावार्ताको सुरुमै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीलाई नेपालको राजकीय भ्रमणका लागि निमन्त्रणा गरेकी थिइन। सीले ‘नेपाल जस्तो सुन्दर देशमा आउन इच्छुक रहेको’ भन्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जवाफ दिएका थिए।

राष्ट्रपति भण्डारीको सम्मानमा सोमबार चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिका सदस्य तथा अनुशासन आयोगका प्रमुख झाओ लेजीले उनी बसेको देउथाइ स्टेट गेष्ट हाउसमा रात्रीभोज आयोजना गरे। राष्ट्रपति सीको तर्फबाट झाओले रात्रीभोज आयोजना गरेका हुन्। त्यसक्रममा राष्ट्रपति भण्डारी र झाओबीच दुई पक्षीय हितका विषयमा छलफल भएको थियो।

प्रकाशित १६ बैशाख २०७६, सोमबार | 2019-04-29 22:02:19
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...