हिमालयपार बहुआयामिक कनेक्टिभिटीमा चीन प्रतिवद्ध छः सी



बीआरआई गोलमेच बैठकमा राष्ट्रपति भण्डारीको सामुन्ने सी
बीआरआई गोलमेच बैठकमा राष्ट्रपति भण्डारीको सामुन्ने सी
प्रदीप ज्ञवाली

बेइजिङमा शनिबार सम्पन्न बीआरआई दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपालका लागि कनेक्टिभिटि परियोजना समावेश गरिएको छ।

बेइजिङमा तीन दिनसम्म चलेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपाल–चीन हिमालयपार बहुआयामिक कनेक्टिभिटी नेटवर्क तथा नेपाल–चीन सिमापार रेलमार्गबारे समेत छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

बीआरआई सम्मेलनमा सहभागी भएका नेपाली अधिकारीहरूले यो घोषणाले केरुङ–काठमाडौं रेलमार्गसँगै नेपालमा बीअआरआई परियोजनाहरू कार्यान्वयन गर्न अनुकूल वातावरण बनेको टिप्पणी गरेका छन्।

दुई वर्षअघि नेपालले चीनसँग बीआरआई परियोजनामा हस्ताक्षर गरेपनि नेपालमा त्यस सम्बन्धी काममा खासै प्रगती भएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष चीन भ्रमण गर्दा हिमालयपार बहुआयामी कनेक्टिभिटी नेटवर्क स्थापना गर्ने सहमती भएको थियो।

संयुक्त वक्तव्य आउनुअघि शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालयपार बहुआयामिक कनेक्टिभिटी विकास र ‘समृद्ध नेपाल, खुशी नेपाली’ लक्ष्यमा पुग्न नेपाललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।

शनिबार बिहान बीआरआई दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा आयोजना गरिएको शीर्ष नेताहरूको गोलमेच बैठक सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनपछि चीनका राष्ट्रपतिले यस्तो जवाफ दिएका थिए।

गोलमेच छलफलमा संलग्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै ट्वीटमा भनेका छन्, ‘राष्ट्रपति सीले पनि समृद्ध नेपाल, खुशी नेपालीको लक्ष्य साकार तुल्याउन नेपालको समर्थन गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।’

शनिबार बिहान उत्तरपूर्वी बेइजिङमा अवस्थित यान्छी ताल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चिनियाँ राष्ट्रपति सी चिनफिङले दोस्रो बीआरआई सम्मेलनमा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र विशिष्ट अतिथिहरूलाई स्वागत गरेका थिए।

त्यसलगत्तै बीआरआई सम्मेलनमा सहभागी हुन आएका शीर्ष नेताहरूको गोलमेच बैठक आयोजना गरिएको थियो, जहाँ राष्ट्रपति भण्डारीले पनि सम्बोधन गरिन्।

‘समृद्धि तर्फको यात्राको पहिलो कदम सडक निर्माण’ भन्ने चिनियाँ भनाइबाट आफ्नो सम्बोधन सुरु गरेकी राष्ट्रपति भण्डारीले नेपाल अहिले पूर्वाधार निर्माणमा जुटेको बताइन।

‘बीआरआई अन्तर्गत नेपालले मूलतः हिमालयपार बहुआयामिक कनेक्टिभिटी निर्माणमा जोड दिएको छ’, बीआरआई परियोजनामा नेपालको संलग्नता उल्लेख गर्दै भण्डारीले भनिन्।

राष्ट्रपति भण्डारीले सम्बोधन गरेको सत्रमा फिलिपिन्स, पोर्तुगल, चेक गणतन्त्र, स्विटजरल्याण्डका राष्ट्रपति सहभागी भएका थिए।

राष्ट्रपति भण्डारीको सम्बोधनपछि चीनका राष्ट्रपति सीले सागरमाथा क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रतिकूल प्रभावमाथि चिन्ता व्यक्त गरे।

‘सीले हिमालयपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कमा अगाडि बढ्ने चीनको प्रतिबद्धता दोहोर्याएका छन्, जसले नेपाललाई ल्याण्डलक्डबाट ल्याण्डलिंक राष्ट्रमा रुपान्तरण गर्नेछ’, ज्ञवालीले भनेका छन्।

शीर्ष नेताहरूको गोलमेच बैठकसँगै चीनले आयोजना गरेको बीआरआई दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सकिएको छ।

बीआरआई सम्मेलन सफलता पूर्वक सकिएपछि सीले राष्ट्रपति भण्डारी सहित अन्य देशका राष्ट्र र सरकार प्रमुखहरूलाई धन्यवाद दिए। राष्ट्रपति सीले भण्डारीलाई सम्मेलन कक्षबाट धन्यवाद सहित बिदाई गरेका थिए।

राष्ट्रपति भण्डारी–सी

राष्ट्रपति भण्डारी–सी

बिहिबारदेखि तीन दिनसम्म चलेको बीआरआई सम्मेलनमा नेपाल सहित ३७ देशका राष्ट्र र सरकार प्रमुख सहभागी भएका थिए। राष्ट्रपति भण्डारीले शुक्रबार सम्मेलनलाई सम्बोधन गरेकी थिइन्।

राष्ट्रपति भण्डारी र सीबीच सोमबार द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ।

बीआरआई सम्मेलन समापनपछि बेइजिङस्थित नेपाली दूतावासले शनिबार राष्ट्रपतिको सम्मानमा रात्रीभोजको आयोजना गरेको छ। चीनमा रहेका करिब चार सय नेपाली सहभागी भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी थिइन।

 

प्रकाशित १४ बैशाख २०७६, शनिबार | 2019-04-27 21:57:09
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...