भूतपूर्व गोर्खाली सेनाको समस्या समाधान गर्ने रक्षामन्त्री पोखरेलेको आश्वासन



Anjan Shrestha Photojournalist

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बुधबार पोखरामा उनै भूतपूर्व गोर्खा सैनिकले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी बने।

कुनै बेला गोर्खा भर्तिकेन्द्रको चर्को बिरोध गर्ने पार्टीबाटै राजनीतिमा ठाउँ बनाएका पोखरेलले भूतपूर्व गोर्खा सैनिकको अगाडि भर्तिकेन्द्र बन्दको कुरै उठाएनन्। बरु, उनले गोर्खा सैनिकको १ सय ४ वर्षे इतिहास सम्झे अनि नेपाली नागरिकताबिनै गोर्खाली फौजमा भर्ती भएकाहरुको समस्या समाधानको लागि मित्रराष्ट्रहरुसँग पहल गर्ने बताए।

नेपाली नागरिकता नहुँदै गोर्खा भर्तीमा तानिएकाहरुको समस्याबारे बोल्दै उनले यो समस्याबारे सरकार जानकार रहेको पनि बताए।

संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पोखरामा आयोजना गरेको पाँचौँ वीर गोरखा दिवसको अवसरमा उनले भने, ‘नेपाल सरकारले एक किसिमको ब्यवस्था मिलाई छिमेकी मुलुक भारत सरकारसँग वार्ता गरी छिट्टै यसको टुङगो लगाउँछ।’

उनले गाउँगाउँमा पहुँच रहेको भुतपूर्व सैनिक संगठनसँग सरकारले सहकार्य गर्दै सैन्य अवधिमा हासिल गरेका ज्ञान, सीप, दक्षता र प्रविधीलाई प्रयोग गर्ने उद्घोष पनि गरे।

गोर्खा भुतपूर्व सैनिकहरुको बारेमा नेपाल सरकारसँग प्रस्ट तथ्याङ्क नभएको बताउँदै मन्त्री पोख्रेलले सरकारको मन्त्रालय, रक्षा वा गृह मन्त्रालयसँग परामर्श गरी अभिभावकविहीन जस्तै बनेका भुपुहरुको समस्याको पहिचान र डाटा संकलनलाई समेत ध्यान दिने बताए।

भुपू सैनिकहरु पछिल्लो समय अवकाश प्राप्त गरिसकेपछि पनि विदेशमा नै पलायन हुने परम्परा तीव्र गतीमा बढिरहेको बताउँदै उनले अवकाश प्राप्त गरेपछि पनि आफ्नै भुमिमा बस्ने ब्यवस्था सरकारले मिलाउने उद्घोष गरे।

सो अवसरमा वोल्दै संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका सह अध्यक्ष डाक्टर लक्ष्मीकान्त पाण्डेले नेपाल सरकारले अझैसम्म पनि बेलायत र भारतिय सेनामा रहेका सैनिकहरुको प्रष्ट आँकडा राख्न नसकेको र नागरिकतामा समस्या परेकैले हजारौ भुपू सैनिकका परिवारले पाएको दुःख नदेखेको गुनासो गरे।

कार्यक्रममा भारतीय सेनामा कार्यरत रही विरगति प्राप्त गरेका सैनिक जवानका आठ जना श्रीमतीहरु दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो। संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका अध्यक्ष कर्णेल धनबहादुर थापाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 19:50:10
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...