डिग्री पढेकाहरुसँग प्रम ओलीको नेपाली व्याकरण सम्बन्धी रोचक प्रश्न



केपी शर्मा ओली
केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाले व्यक्तिलाई स्वरोजगारको अवसर दिनु पर्ने बताएका छन्। यस क्रममा डिग्री लिपी र ध्वनी सम्बन्धी प्रसङ्ग पनि उप्काएका छन्।

‘एम.एम.पढेको मान्छेले ध्वनिलाई लिपी र लिपीलाई ध्वनिमा परिणत मात्र गर्न सक्ने भने त्यसको के काम?’ प्रम ओलीको प्रश्न छ, ‘हामीलाई साक्षर बनाउने मात्र होइन, जीवन निर्वाह गर्न सिकाउने शिक्षा चाहिएको छ।’

सञ्चारमन्त्री गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेपलान्चोकको सञ्जिवनी नमूना माध्यमिक विद्यालय धुलिखेलमा भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओली सो कुरा बताएका हुन्।

त्यसक्रममा प्रम ओलीले शिक्षामा नैतिकता र इमानदारिताको पाटो कमजोर हुँदै गएको भन्दै चिन्ता पनि व्यक्त गरे।

‘जसले बढी अपमानजनक शब्द प्रयोग गर्छ, त्यही सुरो हुने, जसले अफवाह फैलाउँछ, त्यही ठुलो सुचनादाता हुने’ ओलीले भने, ‘यस्तो अवस्थाबाट समाजलाई बाहिर ल्याउनु पर्छ।’

उनले थपे, ‘शिक्षक शिक्षक जस्तै भद्र हुनुपर्‍यो, पत्रकार पत्रकार जस्तै सही सूचनाको संवाहक बन्नु पर्‍यो, जो जुन पेशामा छ, त्यो पेशाको मर्यादा कायम राख्न सक्ने हुनुपर्‍यो।’

ओलीले सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तर उठाउन सरकारले सहयोग गर्ने आश्वासन पनि दिए।

‘सामुदायिक विद्यालयमा गुणस्तर कायम हुन नसक्दा निजीमा महङ्गो पैसा तिरेर छोराछोरी पढाउनु परेको छ’ ओलीले भने, ‘सामुदायिक विद्यालयका शिक्षकले पनि निजीसँग प्रतिष्पर्धा गर्न सक्ने गरीका विद्यार्थी उत्पादन गर्नुहोस्। यसमा सरकारको साथ रहन्छ।’

त्यसक्रममा ओलीले भूकम्पपछिको पुनर्निर्माणको काम तीब्र गतिमा अघि बढेको दावीपनि गरे। आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला गठन भएको प्राधिकरणले आफ्नो बहिर्गमनसँगै काम गर्न नसकेको दावी उनको थियो।

‘हामी सरकारबाट हटेपछि प्राधिकरणका प्रमुखलाई पनि हटाइयो, त्यसपछि पुनर्निर्माणमा ध्यान दिनुभन्दा राजनीति गर्ने प्रमुखहरु ल्याइए’ उनले भने, ‘त्यसले गर्दा पुनर्निमाणको गति एकदमै सुस्त भयो।’

उनले वर्तमान सरकार गठनसँगै प्राधिकरण काममा गति बढाएको दावीपनि गर्न चुकेनन्।

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 18:16:01
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।