विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’



नेत्रविक्रम चन्द विप्लव
नेत्रविक्रम चन्द विप्लव

नेपालका एक प्रतिष्ठित व्यवसायीलाई मंगलबारदेखि प्रहरी सुरक्षा दिईएको छ। ती व्यवसायीको कालिमाटी क्षेत्रमा रहेको घर र उनका परिवारका लागि समेत सुरक्षा प्रबन्ध गरिएको छ।

नेपालकै ख्यातिप्राप्त सवारी साधनको आधिकारिक बिक्रेताका सञ्चालकलाई केही दिन अघि एउटा रहस्यमय पत्र आयो। पत्रमा प्रेषकको विवरण र नाम छैन। आफूहरुलाई ५० लाख रुपैयाँ दिनुपर्ने माग गरिएको पत्रमा माग गरिए बमोजिम रकम नदिए ‘जे पनि हुनसक्ने’ चेतावनी दिइएको छ।

अज्ञात ब्यक्तिको हस्तलिखित पत्र कार्यालयमै पुगेपछि नेपालका ठूला व्यवसायीमध्ये एक उनी प्रहरीको सम्पर्कमा पुगे। प्रहरीले ती व्यवसायी र उनको परिवारका लागि सुरक्षा प्रवन्ध मिलाएको हो। साथै पत्रका बिषयमा समेत अनुसन्धान सुरु भएको छ।

‘पत्र प्राप्त भएपछि उहाँ हाम्रो सम्पर्कमा आउनु भयो,’ प्रहरीका वरिष्ठ अधिकारी भन्छन् ‘ठूलो रकम माग भएपछि उहाँ आउनु भएको हो, २–४ लाख भए घटना हामीसम्म आउँदैनन्।’ ती अधिकारीका अनुसार, यसरी व्यक्तिपिच्छे सुरक्षा प्रवन्ध मिलाउन सक्ने अवस्था पनि प्रहरीसँग छैन।

प्रहरीले घटनाको अनुसन्धान थालेपनि पत्र पठाउने शैली र पहुँचका आधारमा यसमा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नताको आशंका गरेको छ। त्यसबाहेक विप्लवकै शैली प्रयोग गरेर अर्काे कुनै आपराधिक समूह समेत रकम असुलीमा सक्रिय हुनसक्ने प्रहरी आशंकामा यो घटनाले बल पु¥याएको छ।

महानगरीय अपराध महाशाखाका अधिकारीसँग व्यक्तिगत सम्बन्ध रहेका केही ठूला व्यापारीले समेत पछिल्लो समय आफूहरुलाई रकम बुझाउन विभिन्न माध्यमबाट धम्की आइरहेको मौखिक उजुरी गरेका छन्। उनीहरुको संकेत पनि विप्लव समूहप्रति नै छ।

तर प्रहरीले भने विप्लव समूहबाट भन्दा उसको नाममा आपराधिक र चन्दा असुलीमा संलग्न गिरोहमा संलग्नहरु अवैध असुलीमा संलग्न भएको आशंका गरेको छ।

‘अवैध चन्दा अपराध हो, तर कोही खुलेर भन्न आउँदैन,’ महाशाखाका एक अधिकारी भन्छन्, ‘हामीले कुनै माध्यमबाट थाहा पाएर सोधपुछ थाल्यौँ भने पनि ‘तपाईहरु नआउनुहोस, परेमा म आफै आउँछु’ भन्ने जवाफ दिन्छन्।’

काठमाडौँ उपत्यकाका नाम चलेका र प्रहरीकै उच्च अधिकारीसँग हिमचिम रहेका दर्जनौँ सानाठूला व्यापारीले विप्लव समूहलाई लाखौँ चन्दा दिएको सूची प्रहरीसँग छ। विप्लव समूह खुला राजनीतिमै रहँदा महाधिवेशन र पार्टी सञ्चालनका नाममा ख्यातिप्राप्त विद्यालय सञ्चालक र घरजग्गा व्यवसायीले लाखौँ रकम चन्दा दिएका हुन्।

‘विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिकोसबैभन्दा ठूलो समस्या उनीहरुको चन्दा आतंक भएको छ,’ महाशाखाका ती अधिकारी भन्छन् ‘यसको जानकारी सरकारका मन्त्री र प्रधानमन्त्रीसम्म पुगेको छ।’

मध्य कमाण्ड ईञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) पक्राउ परेपछि सो जिम्मेवारी आर्थिक विभाग हेर्दै आएका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई दिइएको अनुमान प्रहरीले गरेको छ। प्रकाण्डले नै यो कमाण्ड पाएपछि काठमाडौँ उपत्यकामा चन्दा आतंक अझै बढ्ने विश्लेषण प्रहरीले गरेको छ।

आजकल प्रकाण्ड नेतृत्वको विभागमा रहेकाहरु अर्धभूमिगत रुपमै व्यापारीहरुको सम्पर्कमा पुगेर पार्टी सञ्चालनका लागि भन्दै चन्दा माग्न थालेका छन्। यसको सूचना भएपनि प्रहरीलाई कारवाही अघि बढाउनबाट रोक्न तिनै व्यापारीहरुले नै दबाब दिन थालेका छन्।

‘उनीहरु समस्याको समाधान आफै खाेज्छन’ महाशाखाका ती अधिकारीले नेपालखबरसँग भने, ‘यसरी व्यापारीहरुले विप्लव समूहलाई आर्थिक सहयोग गरिरहने हो भने प्रहरी कारवाहीबाट मात्र विप्लव समूह निमट्यान्न पार्न सकिँदैन।’

प्रतिवन्धपछि पक्राउ तर मुद्दाको अन्यौलता
महानगरीय प्रहरी परिसर भक्तपुरले केही दिनअघि विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज यादव ढुङ्गेललाई पक्राउ ग¥यो। उनी विरुद्ध सार्वजनिक अपराधमा कारवाही अघि बढाएको परिसरले प्रचलित कानून अनुसार २४ दिन थुनामा राख्यो।

परिसरले रिहा गरेलगत्तै प्रदेश–३ प्रहरी कार्यालयको टोलीले ढुङ्गेललाई पक्राउ गरी रामेछाप पु¥याएको छ।

नख्खु बम बिस्फोटमै प्रत्यक्ष संलग्नता रहेका सूर्य भुजेल बन्दीप्रत्यक्षीकरणको रिट निवेदनपछि सर्वोच्चबाट रिहा भए। उनलाई काठमाडौँ परिसरले सार्वजनिक अपराधमा थुनामा राखेको छ। उनका विषयमा बुधबार (११ बैशाख) ललितपुर जिल्ला अदालतको आदेशको प्रतिक्षामा प्रहरी छ। ललितपुरबाट पनि भुजेलकै पक्षमा आदेश आए उनलाई रिहा गर्नुको बिकल्प प्रहरीसँग छैन।

यी दुई त प्रतिनिधिमूलक घटनामात्र हुन्।

‘घटना विशेषमा बाहेक पक्राउ गरेका विप्लव नेता कार्यकर्तालाई प्रहरी चौकी भ्रमण गराउदैछौँ, प्रहरी प्रधान कार्यालयका वरिष्ठ अधिकारी भन्छन्, ‘सरकारले प्रतिवन्धसँगै पार्टीमा आवद्धलाई के कारबाही हुने भन्ने बिषय अन्यौलमै छ।’

झनै जनत्रास
सरकारले २८ फागुन २०७५ मा विप्लव समूहमाथि प्रतिवन्धको घोषणा गरेसँगै सोमबारसम्म २ सय ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार प्रतिवन्ध अघि विप्लव समूह विरुद्ध १ हजार ३ सय ५ थान मुद्दा दर्ता भएको थियो।

यस्तै गृहमन्त्रालयले १ चैत्र २०७५ मा ३५ दिने सूचना निकाल्दै वैध–अवैध हतियार सरकारलाई बुझाउन सूचना जारी गरेको थियो। यो सूचना विप्लव समूह लक्षित थियो। तर अपेक्षित हतियार जिल्ला प्रशासन कार्यालयहरुमा बुझाईएको छैन। हालसम्म ६ सय थान हतियार सर्वसाधारणले सरकारलाई बुझाएका छन्। विप्लव समूहमा आवद्ध कसैले पनि हतियार बुझाएका छैनन्।

‘पूर्व योजना बिना प्रतिवन्धको घोषणा गरियो’ एक प्रहरी अधिकारी भन्छन्, ‘वार्ता हुँदैछ भन्ने सुन्छौँ, यस्तो बेला कसलाई समाउने हो र पक्राउ परेकाहरुको सन्दर्भमा कसरी मुद्दा अघि बढाउने भन्ने स्पष्ट निर्देशन छैन।’

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 11:51:25
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...